२० मंसिर २०८२, शुक्रबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

अर्थ/विकास

चितवनमा पुँजीगत खर्च ७७ प्रतिशत मात्र

३ श्रावण २०८२, शुक्रबार १३:२१
काठमाडौँ |  चितवनको विकासका लागि सङ्घीय सरकारले आर्थिक वर्ष २०८१/८२ मा विनियोजन गरेको बजेटमध्ये ७७  दशमलब ८५ प्रतिशत मात्र खर्च भएको छ ।
पुँजीगत खर्चका लागि रु १० अर्ब चार करोड ९५ लाख ८० हजार ६९१ बजेट विनियोजन गरिएकामा रु सात अर्ब ८२ करोड ३८ लाख ८० हजार ६२७ खर्च भएको हो । कोष तथा लेखा नियन्त्रण कार्यालय चितवनका सूचना अधिकारी पूर्णभद्र पौडेलका अनुसार चालुतर्फ ९६ दशमलब २२ प्रतिशत बजेट खर्च भएको छ ।
रु १३ अर्ब ५६ करोड ५६ लाख ८७ हजार ८३१ विनियोजन भएकामा रु १३ अर्ब पाँच करोड ४० लाख चार हजार ५६१ मात्र खर्च भएको हो ।
सङ्घीय सरकारले जिल्लाको विकासका लागि  विनियोजन गरेको बजेट आठ वटा कार्यालयमध्ये सघन सहरी तथा भवन आयोजनाको बजेट धेरै फ्रिज भएको छ । उक्त कार्यालयलाई विनियोजित बजेट रु तीन अर्ब २९ करोड सात लाख एक हजारमध्ये रु दुई अर्ब १३ करोड ७५ हजार २३ लाख ३३२ मात्र खर्च भएको उहाँले जानकारी दिनुभयो ।
सरकारले यस कार्यालयमा अन्तिम समयमा रु ५० करोड थप गरेको थियो, जुन बजेट खर्च हुन नसक्दा फ्रिज हुने बजेट बढेको हो । यस्तै, नारायणगढ–मुग्लिन सडक खण्डमा पुँजीगत खर्चका लागि रु एक अर्ब ३८ करोड १३ लाख ६० हजार बजेट विनियोजन भएकामा रु ९७ करोड ५४ लाख ३० हजार ३३८ मात्र खर्च भएको छ । सडक डिभिजन कार्यालयमा रु एक अर्ब १६ करोड १६ लाख २६ हजार ६९१ विनियोजन भएकामा रु एक अर्ब दुई करोड ९६ लाख ३१ हजार ५८५ मात्र खर्च भएको उहाँले जानकारी दिनुभयो ।
राष्ट्रपति चुरे संरक्षण विकास समिति कार्यान्वयन इकाई भरतपुर, नारायणी नदी व्यवस्थापन आयोजना, सङ्घीय खानेपानी तथा ढल व्यवस्थापन आयोजना लगायतले विनियोजित बजेटभन्दा कम खर्च गरेका हुन् ।
यस्तै, बागमती प्रदेश सरकारले जिल्लामा विनियोजन गरेको पुँजीगत खर्चतर्फ ८८ दशमलव १८ प्रतिशत खर्च भएको छ । प्रदेश सरकारले जिल्लामा विनियोजन गरेको रु एक अर्ब ९९ करोड चार लाख १४ हजारमध्ये रु एक अर्ब ६१ करोड ७९ लाख ५६ हजार ४५० खर्च भएको छ ।
प्रदेश लेखा इकाई कार्यालय चितवनका सूचना अधिकारी राजेन्द्रकुमार दराइका अनुसार चालु खर्चतर्फ ८३ दशमलव ४६ प्रतिशत मात्र खर्च भएको छ । रु एक अर्ब ६२ करोड ९४ लाख ६५ हजार ९८८ विनियोजन गरेकामा रु एक अर्ब ३६ करोड ८८ हजार ३११ मात्र खर्च भएको छ ।
प्रदेश सरकारका तर्फबाट जिल्लामा कूल विनियोजित बजेटमध्ये ८२ दशमलव २६ प्रतिशत खर्च भएको छ । यस मातहतमा रहेका कार्यालयमध्ये पूर्वाधार विकास कार्यालयमार्फत पुँजीगत खर्चमा विनियोजित बजेटमध्ये कम बजेट खर्च भएको छ । उक्त कार्यालयमा रु एक अर्ब एक करोड ८४ लाख विनियोजन गरिएको भए पनि रु ७४ करोड ९४ लाख ९८ हजार ३४८ मात्र खर्च भएको छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
अमेरिकी व्यापार दबाबपछि भारतले ब्याज दर घटायो सवारी चालक र सहचालकप्रति हेर्ने दृष्टिकोण सकारात्मक हुनुपर्छः मन्त्री गुप्ता मानसिक स्वास्थ्य सुधारका लागि मनोपरामर्शसँगै आध्यात्मिक जीवनशैली उपयोगी हुन्छः स्वास्थ्यमन्त्री गौतम विभिन्न संस्थान र निकायमा सरकारको नौ खर्ब ३० अर्ब लगानी दिल्लीमा मोदी–पुटिन भेट : रणनीतिक साझेदारीको नयाँ चरण प्रधानमन्त्री कार्कीको आह्वानमा आज सर्वपक्षीय बैठक बस्दै अस्ट्रेलियामा चार अर्ब ६० करोड डलरको एआई केन्द्र आज अन्तरराष्ट्रिय स्वयंसेवक दिवस, विश्व माटो दिवस पनि आजै समानुपातिक निर्वाचन प्रणालीतर्फ भाग लिने दलहरूलाई निवेदन दिन आह्वान एनपिएलः लुम्बिनी लायन्स र जनकपुर बोल्ट्स खेल्दै सुनचाँदीको मूल्यमा सामान्य गिरावट क्रिस लिनको अर्धशतकमा सुदूरपश्चिमले चितवनलाई दियो १७० रनको लक्ष्य नारायणगढ–बुटवल सडक, भौतिक प्रगति ७६ प्रतिशत ज्यापू दिवस संस्कृति, पहिचान र माटोप्रतिको सम्मान हो : उपप्रमुख डङ्गोल बुढानिलकण्ठलाई विश्व सम्पदा सूचीमा समावेश गर्न पहल एनपिएलः चितवन टस जितेर बलिङ गर्दै ‘नागरिकको सुझाव माग्न घरदैलोमा सरकार’ घोषित मितिमै निर्वाचन गर्ने लक्ष्यसहित सरकार अघि बढ्दैछ : प्रधानमन्त्री कार्की रूसबाट युक्रेनी बालबालिका फिर्ता गर्न राष्ट्रसङ्घको माग मलामी गएका युवक महाकालीमा बेपत्ता