१२ पुष २०८२, शनिबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

भक्तपुर - BKT

युवाले लिए परम्परागत बाजाको प्रशिक्षण

२४ चैत्र २०७८, बिहीबार १३:२३

चैत्र २४, भक्तपुर | भक्तपुर नगरपालिका वडा नम्बर १० महालक्ष्मीको स्थानीय महालक्ष्मी भजन दाफाको आयोजनामा लालाखिं (एक प्रकारको बाजा) तथा म्ये पिदानेगू ज्याझव (स्थानीय गीत गाउने प्रशिक्षण) कार्यक्रम बिहीबार सम्पन्न भएको छ ।

स्थानीयस्तरमा बाजागाजाको प्रशिक्षण सम्पन्न भएपछि पिदानेगू (दिक्षान्त समारोह जस्तै) गरिएको थियो । यो बेला प्रशिक्षार्थीलाई देवतास्थानमा लगेर बाजा प्रदर्शन गर्न लगाउने हुन्छ । 

बिहीबार स्थानीय नासद्य (देवता घर) मा पुगेर प्रशिक्षार्थीलाई बाजा बजाउन लगाएर प्रदर्शन गराइएको थियो । साथसाथै नेवार संस्कृति अनुसार त्यो बेला प्रशिक्षार्थीका आफन्तहरू आएर प्रशिक्षार्थीलाई सम्मान गर्ने गरिएको थियो । त्यस अवसरमा उनीहरू सामूहिक पैसा हालेर भोज पनि खाएका थिए ।   

कार्यक्रमका संयोजक पुन्यराम दुवालका अनुसार लालाखिंमा १३ जना र म्येमा ४ जना प्रशिक्षार्थी रहेका थिए । उनीहरू सबै आठवर्षदेखि ३२ वर्षसम्मका युवा रहेको उनले बताए ।

बाजाका प्रशिक्षार्थी इन्जिनियर सुमन दुवाललले आफ्नै टोलमा भएको लालाखिं बजाउने कला सिकेको बताए । इन्जिनियर भएर पनि आफ्नो बाबुबाजेदखि चल्दै आएको लालाखिं सिक्न ६ महिना लगाएर आफूले बाजा बजाउन सिकेको उनले बताए । 

"हाम्रो पुरानो बाजालाई पनि बचाउनुपर्छ, यसलाई मर्न दिनुहुन्न भनेर मैले पनि बाजा सिंके,' बाजा प्रशिक्षणको अन्तिम दिन बिहीबार बाजा बजाउँदै इन्जिनियर दुवालले भने, 'मैले मात्रै होइन, यो प्रशिक्षणमा टोलका आठ वर्षदेखि ३२ वर्षसम्मका युवा सहभागी छन् ।" 

प्रशिक्षण ६ महिना भएको थियो । लालाखिंको प्रशिक्षण कृष्णराम देउपाला, म्ये शंकर सुवालले सिकाएका थिए ।

कार्यक्रममा विष्णुभक्त दुवाललगायतलाई सम्मान गरिएको थियो । साथै स्वगं वियगू ज्या (सगुन दिने कार्यक्रम) पनि भएको थियो । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
आइतबार एमाले सचिवालय बैठक निर्वाचनमा सहभागी हुने प्रमुख दलका शीर्ष नेताहरूको प्रतिबद्धता निर्वाचनलाई सफल बनाउन दलहरुसँग प्रधानमन्त्रीको आग्रह प्रधानमन्त्री कार्की र तीन शीष नेताबीच छलफल जारी जेनजी आन्दोलनमा फरार कैदीको भारतमा मृत्यु सरकारले नागरिकमा विश्वास र आशा जगाउने प्रयास गरेको छः गृहमन्त्री अर्याल जापानको टोकियो नजिकै सडक दुर्घटना, दर्जनौँ घाइते कानुनी र प्रक्रियागत अवरोध नहटाएसम्म द्रुत विकासको सपना पूरा हुँदैनः मन्त्री घिसिङ शान्ति प्रक्रियामा ६० दिनको युद्धविराम आवश्यकः जेलेन्स्की देश नयाँ शिराबाट अगाडि बढ्छः मन्त्री घिसिङ ‘पहाड भो मलाई’ बोलको गीत सार्वजनिक प्रधानमन्त्री कार्कीसँग प्रमुख दलका शीर्ष नेताबीच छलफल हुँदै शान्ति प्रयासमा कूटनीतिक समन्वय आवश्यकः ट्रम्प ७५० केजी गाँजासहित दुई जना पक्राउ लागुऔषध मुद्दामा कैद भुक्तान गरिरहेका फरार व्यक्ति पक्राउ यी स्थानमा काटिदैछ बिजुली गाडीको ठक्करबाट एक जनाको मृत्यु रोक लगाइएको २१ बर्षपछि इराकमा कार्यरत हजारौं नेपालीहरुले पाउने भए श्रम-स्वीकृति निर्वाचनको विकल्प छैन : संयोजक दाहाल राजनीतिमा धैर्यता र समर्पण आवश्यक : महासचिव पोखरेल