१ माघ २०८२, बुधबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

चितवन - CTW

१४ वर्षपछि आमाको अँगालोमा फर्किइन् छोरि, बाबुले सडकमा छोडेर फरार भएका थिए

१७ वैशाख २०६८ मा बाबुले ‘खानेकुरा ल्याइदिन्छु’ भन्दै धुलिखेलको सडकछेउमा छोडेर उनका बुवा फरार भएका थिए
७ श्रावण २०८२, मंगलवार १४:०१

काठमाडौँ | १७ वैशाख २०६८ मा बाबुले ‘खानेकुरा ल्याइदिन्छु’ भन्दै धुलिखेलको सडकछेउमा छोडेर उनका बुवा फरार भएका थिए भने अहिले छोरी स्वस्तिका केसी १४ वर्षपछि आमासँग पुनर्मिलन भएको छ। त्यो दिन ६ वर्षीया स्वस्तिका अहिले १८ वर्षकी भइसकेकी छन्।

धुलिखेल नगरपालिका–७ मा बाबुले छाडेर गएपछि स्वस्तिकालाई राधा माकजुले उद्धार गरिन्। एक वर्ष सँगै राखेर पढाइन् पनि। त्यस पछि उनि अमेरिका जानु परेपछि स्वस्तिकालाई सिद्धार्थ बालगृहमा जिम्मा दिइयो। त्यहाँ शर्मिला श्रेष्ठको संरक्षणमा रहेर उनले विद्यालय शिक्षा पूरा गरिन्।

नागरिकता बनाउन अभिभावक खोज्ने क्रममा शर्मिला श्रेष्ठले सामाजिक अभियन्ता अर्जुन भुसाललाई सघाउने जिम्मा दिइन्। अर्जुनले सामाजिक सञ्जालमा भिडियो सार्वजनिक गरे, जसपछि अप्रत्याशित रूपमा स्वस्तिकाकी आमा मञ्जु केसी चितवनबाट सम्पर्कमा आइन्।

१४ वर्षपछि आमाको अँगालोमा बेरिएकी छोरीको आँखामा न आँसु रोकिएको थियो न माया । ‘म सानै थिएँ, पहिलेका कुरा सम्झन त सक्दिनँ, तर ठूलो हुँदै गएपछि आफ्नो परिवारको बारेमा सधैं एउटै कुरा मनमा खेल्थ्यो- कहाँ होलान्, के गर्दै होलान् ।’ आफ्नी आमालाई भेटेपछि भने मनमा खुसी मिलेको उनको भनाइ छ ।

‘आमालाई पहिलोपटक देख्दा खुसी लग्यो आमा खोज्दै चितवन पुगेकी स्वस्तिकाले भनिन्। सामाजिक अभियन्ता भुसालले स्वस्तिकालाई चितवन पुर्‍याएर आमा मञ्जुसँग भेट गराएका थिए।

भेटपछि आमाले छोरीलाई अँगालोमा बेरेर रुन थालिन्। स्वस्तिकाको आँखामा पनि आँसु रोकिएन। आमाले दोस्रो विवाह गरी अर्को परिवार बनाइसकेकी भए पनि छोरीको भिडियो हेरेर भावुक बनेर भेट गर्न चाहेको भुसालले जानकारी दिए।

अहिले स्वस्तिका आमासँग पुनः सम्पर्कमा छिन्। अभियन्ता भुसालले अब उनको बाबुको खोजी जारी राखिएको जानकारी दिए।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
सुशासन कार्यान्वयन गर्न सानो प्रयास पनि पर्याप्त छ : सञ्चारमन्त्री खरेल लोकतन्त्रको आत्मा निर्वाचन : आयुक्त तुलाधर किसानको आक्रोश संसद्सम्म नेप्से परिसूचकमा सामान्य अङ्कको सुधार सावधान ! चुरोटभन्दा हानिकारक हुक्का इरानमा आंशिक छुट, मृतक सङ्ख्या ६४६ पुग्यो निर्वाचन समितिद्वारा निर्वाचन कार्यतालिका सार्वजनिक भरतपुरमा बृहत् चक्रपथ उद्घाटन जापान–दक्षिण कोरिया शिखर सम्मेलन : अर्थतन्त्र र क्षेत्रीय चुनौतीमा केन्द्रित छलफल कांग्रेस केन्द्रीय कार्यसमिति बैठक सुनचाँदीको मूल्य आज पनि बढ्यो अत्यधिक चिसो बढेपछि यारी भन्सार कार्यालय तीनमहिनाका लागि बन्द विशेष महाधिवेशन मङ्गलबारसम्म लम्बिने राष्ट्रपतिद्वारा राष्ट्रियसभाको अधिवेशन आह्वान महामन्त्री शर्माको प्रस्तावः ‘पार्टीको विधान, कार्यशैली र कार्यक्रमलाई समयानुकूल बनाऔँ’ पाकिस्तान–अफगानिस्तान सीमा बन्द हुँदा अरबौंको घाटा, व्यापार र अर्थतन्त्रमा ठुलो झट्का त्रिवि शिक्षण अस्पतालद्वारा स्वास्थ्य बिमा कार्यक्रम बन्द प्रधानमन्त्री कार्कीसमक्ष इजरायली राजदूतको शिष्टाचार भेटवार्ता ग्रोकमाथि मलेसिया–इन्डोनेसियाको प्रतिबन्ध कांग्रेसलाई युवापुस्ताले विश्वास गर्नसक्ने बनाउने महामन्त्री थापाको प्रस्ताव