२०८२, ७ चैत्र शनिबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

चितवन - CTW

१४ वर्षपछि आमाको अँगालोमा फर्किइन् छोरि, बाबुले सडकमा छोडेर फरार भएका थिए

१७ वैशाख २०६८ मा बाबुले ‘खानेकुरा ल्याइदिन्छु’ भन्दै धुलिखेलको सडकछेउमा छोडेर उनका बुवा फरार भएका थिए
२०८२, ७ श्रावण मंगलवार १४:०१

काठमाडौँ | १७ वैशाख २०६८ मा बाबुले ‘खानेकुरा ल्याइदिन्छु’ भन्दै धुलिखेलको सडकछेउमा छोडेर उनका बुवा फरार भएका थिए भने अहिले छोरी स्वस्तिका केसी १४ वर्षपछि आमासँग पुनर्मिलन भएको छ। त्यो दिन ६ वर्षीया स्वस्तिका अहिले १८ वर्षकी भइसकेकी छन्।

धुलिखेल नगरपालिका–७ मा बाबुले छाडेर गएपछि स्वस्तिकालाई राधा माकजुले उद्धार गरिन्। एक वर्ष सँगै राखेर पढाइन् पनि। त्यस पछि उनि अमेरिका जानु परेपछि स्वस्तिकालाई सिद्धार्थ बालगृहमा जिम्मा दिइयो। त्यहाँ शर्मिला श्रेष्ठको संरक्षणमा रहेर उनले विद्यालय शिक्षा पूरा गरिन्।

नागरिकता बनाउन अभिभावक खोज्ने क्रममा शर्मिला श्रेष्ठले सामाजिक अभियन्ता अर्जुन भुसाललाई सघाउने जिम्मा दिइन्। अर्जुनले सामाजिक सञ्जालमा भिडियो सार्वजनिक गरे, जसपछि अप्रत्याशित रूपमा स्वस्तिकाकी आमा मञ्जु केसी चितवनबाट सम्पर्कमा आइन्।

१४ वर्षपछि आमाको अँगालोमा बेरिएकी छोरीको आँखामा न आँसु रोकिएको थियो न माया । ‘म सानै थिएँ, पहिलेका कुरा सम्झन त सक्दिनँ, तर ठूलो हुँदै गएपछि आफ्नो परिवारको बारेमा सधैं एउटै कुरा मनमा खेल्थ्यो- कहाँ होलान्, के गर्दै होलान् ।’ आफ्नी आमालाई भेटेपछि भने मनमा खुसी मिलेको उनको भनाइ छ ।

‘आमालाई पहिलोपटक देख्दा खुसी लग्यो आमा खोज्दै चितवन पुगेकी स्वस्तिकाले भनिन्। सामाजिक अभियन्ता भुसालले स्वस्तिकालाई चितवन पुर्‍याएर आमा मञ्जुसँग भेट गराएका थिए।

भेटपछि आमाले छोरीलाई अँगालोमा बेरेर रुन थालिन्। स्वस्तिकाको आँखामा पनि आँसु रोकिएन। आमाले दोस्रो विवाह गरी अर्को परिवार बनाइसकेकी भए पनि छोरीको भिडियो हेरेर भावुक बनेर भेट गर्न चाहेको भुसालले जानकारी दिए।

अहिले स्वस्तिका आमासँग पुनः सम्पर्कमा छिन्। अभियन्ता भुसालले अब उनको बाबुको खोजी जारी राखिएको जानकारी दिए।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
इरानमाथि दबाब क्रमिक रूपमा घटाइन्छ: डोनाल्ड ट्रम्प ठगीमा संलग्न रहेको अभियोगमा सात जना पक्राउ बुटवल-नारायणगढ सडक अवरुद्ध पाथीभरामा पाँचौँ पटक हिमपात, दर्शनार्थीको घुइँचो इरानले नियन्त्रणमा लिएका नेपाली नागरिकको परिचय खुल्यो बसको ठक्करबाट दुई जना पैदल यात्रीको मृत्यु हावाहुरीसहितको वर्षाका कारण पहिरो खस्दा कान्ति लोकपथ अवरुद्ध बाबुको हत्या गरेर फरार रहेका छोरा डेढ महिनापछि पक्राउ गगन थापाको राजीनामा अस्वीकृत मौसम खराब भएपछि काठमाडौँको उडान प्रभावित काठमाडौँमा असिनासहितको वर्षा, दिउँसै अन्धकार हावाहुरीसहित असिना पानीको सम्भावना, सतर्कता अपनाउन आग्रह होर्मुजबाट एक नेपाली नागरिक इरानको कब्जामा विश्वप्रकाश शर्माले पार्टी पराजय हुनुमा चरम गुटबन्दी र चरम वितृष्णा भएको उल्लेख गरे सहकारीमा बचत गरेको रकम फिर्ता माग्दै सहकारी पीडित प्रदर्शनमा स्रोत नखुलेको २० लाख बढी रकम सहित एक जना पक्राउ कांग्रेसको केन्द्रीय कार्यसमिति बैठक सुरु प्रधानमन्त्री कार्कीले गरिन् जानकी मन्दिरकाे दर्शन सिकारीले हानेको गोली लागेर घाँस काट्न गएकी एक महिला गम्भीर घाइते गगन थापा केन्द्रीय कार्यसमिति बैठकमा सहभागी नहुने