८ माघ २०८२, बुधबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

जागरण सभामा ओलीले भने- अमेरिकाको बैंकका आधा सम्पत्ति मेरै हो भन्दिए भो त

७ मंसिर २०८१, शुक्रबार १५:२९

काठमाडौँ | प्रधानमन्त्री केपी शर्मा ओलीले कांग्रेस-एमाले नेतृत्वको सरकारलाई कसैले हल्लाउन नसक्ने दाबी गरेका छन्। शुक्रबार दरबारमार्गमा आयोजित एमालेको जागरण सभामा सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले सरकार स्थिर र भ्रष्टाचारविरुद्ध प्रतिबद्ध रहेको बताएका हुन्।

प्रधानमन्त्री ओलीले वर्तमान सरकारलाई कमिसनखोरी र भ्रष्टाचारको आरोप लगाउनेहरूलाई चुनौती दिदै भने, “अहिलेको सरकार कमाउन आएको होइन। आफ्ना मान्छे भर्ती गर्न आएको होइन। एमालेतिर औँला ठड्याएर बोल्नेहरू तथ्य र प्रमाणका आधारमा बहस गर्न तयार हुनुहुन्छ?”

प्रधानमन्त्री ओलीले आफूविरुद्ध फैलाइएका अफवाहलाई खण्डन गर्दै कम्बोडियामा ३२ हजार करोड लगानी गरेको दाबीलाई “फाल्तु भ्रम” भनेका छन्।  ‘कम्बोडियामा ३२ हजार करोड, २१ हजार करोड डलर, स्वीस बैंकमा यति हजार, तपाइँहरू हेर्न त जान सक्नु हुन्न। भन्दिए भो। त्योमात्र किन भन्ने अमेरिकाको बैंकका आधा सम्पत्ति मेरै हो ल। भन्देउ न भन्दिनका लागि। यस्तो फाल्तु कुरा गरेर हुँदैन। कसले सात पुस्ता र गोरु बेचेको साइनोसम्मकालाई थुपारेर अर्बौं करोडौंको मालिक बनाएका छन्। त्यसका लागि हामी बहस गर्न तयार छौं,’ उनले भने।

प्रधानमन्त्री ओलीले देशभित्रै सात पुस्ता पुग्ने सम्पत्ति थुपार्नेहरूलाई इंगित गर्दै भ्रष्टाचारका मुद्दामा बहस गर्न तयार रहेको बताए। “गोरु बेचेको साइनोसम्म जोडेर अर्बौंको मालिक बन्नेहरूको बारेमा हामी खुला बहसमा जान्छौं,” उनले चुनौती दिए।

कार्यक्रममा ओलीले कांग्रेस-एमालेको सरकार स्थिर रहेको र कुनै पनि प्रकारको बाहिरी दबाबले सरकारको समीकरण नबिग्रने दाबी गरे। उनले भने, “एमालेलाई कसैले हल्लाउन सक्दैन। अहिलेको समीकरण र सरकारलाई कसैले भत्काउन सक्दैन।”

 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
पाँच उम्मेदवारविरुद्ध उजुरी दर्ता अमेरिकाले फेरि ८० जना नेपाली नागरिकलाई डिपोर्ट गर्‍यो बसको ठक्करबाट एकजना वृद्धा महिलाको मृत्यु निर्वाचनलाई देखाएर विकास निर्माणका काममा ढिला सुस्ती नगर्न निर्देशन: मुख्यमन्त्री कँडेल केन्द्रीय सुरक्षा समितिको बैठक : सुरक्षा व्यवस्था थप सुदृढ बनाउन निर्देशन नेप्से परिसूचक ९.४३ अंकले घट्यो सार्वजनिक क्षेत्रभित्र धूम्रपान गर्नेलाई कारबाही गर्न महानगर प्रहरीलाई निर्देशन स्याङ्जामा २ पदका लागि २८ जना चुनावी मैदानमा निर्वाचन आयोगमा ‘कल सेन्टर’ सञ्चालन चितवनमा स्वतन्त्र १६ सहित ६५ जनाको उम्मेदवारी सार्वजनिक सम्पत्ति आगजनी तथा तोडफोड गर्नेहरूलाई कडा कारबाही गर्नुपर्छ : केपी शर्मा ओली जनताले देश बनाउनेलाई मत दिन्छन् : महासचिव पोखरेल सुनको मूल्य आज १० हजार ४०० रुपैयाँले बढ्यो सर्वोच्चले गगन थापाविरुद्ध अन्तरिम आदेश जारी गर्न अस्वीकार गरे रवि लामिछानेले वारेसमार्फत गराए उम्मेदवारी दर्ता ऋषि धमलाले रौतहट–४ बाट उम्मेदवारी दर्ता गराए नेप्से परिसूचक ४२.२६ अंकले बढ्यो हाजिरी जमानीमा छुटे दुर्गा प्रसाईं केपी ओलीले गराए उमेदवारी दर्ता बालेन शाहले गराए उम्मेदवारी दर्ता