२०८२, २७ फाल्गुन बुधबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

आज काठमाडौँको यी स्थानमा ७ घण्टा विद्युत् अवरूद्ध हुने

२०८१, ८ मंसिर शनिबार ०९:०३

काठमाडौं । काठमाडौंका विभिन्न स्थानहरूमा शनिबार पाँचदेखि साढे ६ देखि ७ घण्टासम्म विद्युत अवरूद्ध हुने भएको छ ।

नेपाल विद्युत प्राधिकरणले रत्नपार्क वितरणको केन्द्रको न्यूरोड फिडर, महाबौद्ध फिडर र कालीमाटी फिडर अन्तर्गतका विभिन्न स्थानहरूमा बिहानदेखि अपराह्नसम्म विद्युत् अवरुद्ध हुने जनाएको छ ।

न्युरोड फिडर अन्तर्गत पर्ने संकटा, न्युरोड गेट, पिपल बोट, गोरखा पत्र संस्थान, भूगोल पार्क, दमकल गेट, वसन्तपुर डवली, झोसे, ओमबहाल, हनुमानढोका लगायतका क्षेत्रमा बिहान साढे आठ बजेदेखि दिउँसो ३ बजेसम्म विद्युत अवरुद्ध हुनेछ ।

त्यस्तै महाबौध्द फिडर अन्तर्गत पर्ने महाबौध्द सव स्टेशन भित्र, न्युरोड गेट, रन्जना हल, विशालबजार सव स्टेशन भित्र, विशाल बजार अगाडि, गणेश स्थान ट्रमा हस्पिटल पछाडी केबुल हेडसम्म बिहान साढे ८ बजेदेखि दिउँसो ३ बजेसम्म विद्युत् अवरूद्ध हुनेछ ।

कालीमाटी फिडर अन्तर्गत पर्ने टेकु नेशनल ट्रेडिङ्ग हुदैं हनुमन्त भिमसेन स्थान, परोपकार, रामघाट, शान्ति निकेतन स्कुल, मरुहिटी, ढोकाटोल, नरदेवी हस्पिटल अगाडि, टंगाल, भुरुङ्गखेल क्षेत्रमा पनि बिहान ८ बजेदेखि दिउँसो २ बजेसम्म विद्युत प्राधिकरणले जनाएको छ ।

ती क्षेत्रहरूमा बांगो पोल सिधा गर्ने र जीर्ण भएका पोल तथा ट्रान्सफर्मर बदली गर्नका लागि फिडर सटडाउनमा राखिने प्राधिकरणले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
यूएईमा इरानको आक्रमणमा परेर हालसम्म १५ नेपाली घाइते वैदेशिक रोजगारीका लागि ग्रिस पठाइदिन्छु भन्दै ठगी गर्ने व्यक्ति पक्राउ सुर्खेतमा १६ वर्षीया बालिकाको मृत्यु प्रकरण : छानबिनको माग गर्दै पीडित परिवार आन्दोलित घाइते भएको हल्लाबीच इरानका सर्वोच्च नेता खामेनी सुरक्षित रहेको दाबी समानुपातिकतर्फको मतगणना सम्पन्न वायु प्रदूषणबाट सावधानी अपनाउन नेपाल प्रहरीको आग्रह रवि लामिछानेविरुद्धका मुद्दा फिर्ता विवादलाई पूर्ण इजलासमा पठाउन आदेश समानुपातिकतर्फको मतगणना अन्तिम चरणमा, रास्वपाको ५१ लाख ३९ हजार २३५ मत प्राप्त सुनको मूल्य बढ्यो, चाँदीको मूल्य स्थिर अबको प्रधानमन्त्री बालेन शाह हो, दायाँबायाँ कुरा गर्ने कसैलाई छुट छैन: राजुनाथ पाण्डे गृहमन्त्री र चिनियाँ राजदूतबीच भेटवार्ता पूर्वप्रधानमन्त्री भट्टराई भोलि भारत जाने एमालेका नेता विष्णु पौडेलको चुनाव खर्च २८ लाख उपभोक्ता ठग्ने ग्यास उद्योगी र विक्रेतालाई कारबाही गर्न महासंघको माग नेप्से परिसूचक ३२ अङ्कले घट्यो १६ वर्षीया किशोरीको बलात्कारपछि हत्या, ४ जना पक्राउ देशले दृष्टिकोण, योजना र काम गर्नसक्ने नेतृत्व खोजेको छ: कुलमान घिसिङ आमनिर्वाचन सफलतापूर्वक सम्पन्न भएकोमा पाकिस्तानद्वारा बधाई विवाहमा गएका दुई किशोरीको शव फेला अर्थमन्त्री खनालले फिर्ता गरे कूटनीतिक पासपोर्ट