८ माघ २०८२, बुधबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

बालिकाहरुलाई तरुनी हुन नदिउ : अनुराधा कोइराला

१६ मंसिर २०८१, आईतवार १३:०९

काठमाडौं । माइती नेपालकी अध्यक्ष अनुराधा कोइरालाले बालिकाहरुको अधिकार र संरक्षणप्रति गम्भीर बन्नुपर्ने आवश्यकता औंल्याउँदै बालिकाहरुलाई उनीहरुको बालापन नै जिउन दिनुपर्ने बताएकी छन् ।


राष्ट्रिय एचआइभी महासंघद्वारा आयोजित कार्यक्रममा बोल्दै उनले बालिकाहरुलाई समयभन्दा अगाडि परिपक्व बन्ने दबाब दिनु अनुचित रहेको बताइन् । उनले भनिन्, ‘बालिकाहरुलाई बालिका नै रहन दिउ । उनीहरुलाई तरुनी नबनाउ ।’
कोइरालाले बालिकाहरुको शिक्षामा सहज पहुँच, स्वास्थ्य सेवामा सरलता प्र्रदान गर्न आग्रह समेत गरेकी छन् । उनले भनिन्, ‘बालिकाहरुको उचित पालनपोषण, संरक्षण, र शिक्षाको पहुँच सुनिश्चित गर्नु हाम्रो सामूहिक दायित्व हो । उनीहरुको भविष्य सुनिश्चित गर्ने काम गर्न सबै पक्षले हातेमालो गर्नुपर्छ ।’


कोइरालाले एड्स दिवसलाई खासै मान्छेहरुले मान्यता नदिएको दुखेसो गरिन् । कार्यक्रममा एचआईभी÷एड्ससम्बन्धी जनचेतना फैलाउन समाजका सबै पक्षले सक्रिय सहभागिता जनाउनुपर्नेमा जोड दिइन ।
उनले देश हाँकिरहेकाहरुले एचआईभी÷एड्स न्यूनीकरण र वालिका बचाउ अभियानमा लाग्नुपर्ने बताइन । देश सफा गर्न सबै जुट्नुपर्नेमा कोइरालाको भनाइ थियो ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
पाँच उम्मेदवारविरुद्ध उजुरी दर्ता अमेरिकाले फेरि ८० जना नेपाली नागरिकलाई डिपोर्ट गर्‍यो बसको ठक्करबाट एकजना वृद्धा महिलाको मृत्यु निर्वाचनलाई देखाएर विकास निर्माणका काममा ढिला सुस्ती नगर्न निर्देशन: मुख्यमन्त्री कँडेल केन्द्रीय सुरक्षा समितिको बैठक : सुरक्षा व्यवस्था थप सुदृढ बनाउन निर्देशन नेप्से परिसूचक ९.४३ अंकले घट्यो सार्वजनिक क्षेत्रभित्र धूम्रपान गर्नेलाई कारबाही गर्न महानगर प्रहरीलाई निर्देशन स्याङ्जामा २ पदका लागि २८ जना चुनावी मैदानमा निर्वाचन आयोगमा ‘कल सेन्टर’ सञ्चालन चितवनमा स्वतन्त्र १६ सहित ६५ जनाको उम्मेदवारी सार्वजनिक सम्पत्ति आगजनी तथा तोडफोड गर्नेहरूलाई कडा कारबाही गर्नुपर्छ : केपी शर्मा ओली जनताले देश बनाउनेलाई मत दिन्छन् : महासचिव पोखरेल सुनको मूल्य आज १० हजार ४०० रुपैयाँले बढ्यो सर्वोच्चले गगन थापाविरुद्ध अन्तरिम आदेश जारी गर्न अस्वीकार गरे रवि लामिछानेले वारेसमार्फत गराए उम्मेदवारी दर्ता ऋषि धमलाले रौतहट–४ बाट उम्मेदवारी दर्ता गराए नेप्से परिसूचक ४२.२६ अंकले बढ्यो हाजिरी जमानीमा छुटे दुर्गा प्रसाईं केपी ओलीले गराए उमेदवारी दर्ता बालेन शाहले गराए उम्मेदवारी दर्ता