काठमाडौँ | काठमाडौँका छुट्टाछुट्टै स्थानमा दुई जना पुरुष मृत फेला परेका छन्।
काठमाडौँ महानगरपालिका-१४, बल्खुमा डेरा गरी बस्ने महोत्तरी भँगाह नगरपालिका-४ का ६५ वर्षीय लालबहादुर श्रेष्ठ मृत फेला परेका छन्।
उनी आफ्नै कोठामा आइतबार मृत अवस्थामा फेला परेको प्रहरीले जानकारी दिएको छ।
यस्तै, काठमाडौँ महानगरपालिका-२४ नरदेवीमा पनि अर्का पुरुष मृत फेला परेका छन्।
उनको हाल नाम, थर, वतन खुलेको छैन। अन्दाजी ६० वर्षीय देखिने पुरूषको पहिचान गर्न पहल भइरहेको र अनुसन्धान भइरहेको पनि प्रहरीको भनाइ छ।