२०८२, २३ चैत्र सोमबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

बालगायक सचिन परियारको निधनमा प्रधानमन्त्री ओलीले दिए श्रद्धाञ्जलि

२०८१, १८ पुष बिहीबार १६:३३

काठमाडौँ | प्रधानमन्त्री केपी शर्मा ओलीले बाल गायक सचिन परियारको निधनको खबरले दुःखी भएको बताएका छन् । सामाजिक सञ्जाल फेशबुकमार्फत प्रधानमन्त्री ओलीले सचिनप्रति हार्दिक श्रद्धाञ्जली व्यक्त गरेका हुन् ।

परिवारभित्रको बेमेल र सामाजिक सञ्जालमा भाइरल हुने प्रवृत्तिका कारण सचिनको जीवनमा परेको असरप्रति गहिरो दुख प्रकट गर्दै प्रधानमन्त्री ओलीले श्रद्धाञ्जली दिएका हुन् ।

प्रधानमन्त्री ओलीले फेसबुकमा लेखेका छन्, ‘ बाल गायक सचिन परियारको निधन भएको खबरले धेरै दुःखी छु । एक जना प्रतिभाशाली बालकमाथि पारिवारिक बेमेल र सामाजिक सञ्जालको भाइरल प्रवृत्तिको असर पुर्‍याएको यस घटनाले सामाजिक सम्बन्धका संवेदनशील विषयमा सजग भएर मात्र प्रतिक्रिया दिनु पर्छ भन्ने सबैलाई पाठ सिकाएको छ । बाल गायक सचिनलाई हार्दिक श्रद्धाञ्जली ।’

सचिनको निधनसँगै सामाजिक सञ्जालमा सचिनप्रतिको श्रद्धाञ्जलीका सन्देशहरू छाएका छन् । सामाजिक सञ्जालमा भाइरल हुँदाताका कतिपयले सचिनप्रति अनावश्यक दबाब सिर्जना गरेर दुरुपयोग गरेको भन्दै आलोचना समेत भएको छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
बारी जोत्ने क्रममा ट्याक्टर पल्टिँदा चालकको मृत्यु कुनै पनि सदस्यलाई दलगत सहभागिताका आधारमा भेदभाव हुने छैन: डिपी अर्याल ओली र लेखकको बन्दीप्रत्यक्षीकरणको रिटमाथिको सुनुवाइ सकियो नेप्से परिसूचक सोमबार ८३.३३ अङ्कले बढ्यो सामाजिक सुरक्षा पालना गर्न श्रम मन्त्रालयको आग्रह प्रतिनिधिसभाबाट तीनवटा अध्यादेश स्वीकृत राष्ट्रियसभामा आदिवासी जनजाति आयोगको प्रतिवेदन पेस राष्ट्रिय हितमा सहकार्य अनिवार्य छ: सांसद निशा डाँगी केपी शर्मा ओली र रमेश लेखकलाई बिनासर्त रिहा गरियोस् प्रतिनिधिसभा बैठक सुरु ओली र लेखकको बन्दी प्रत्यक्षीकरणको रिटमाथि सुनुवाइ सुरू ट्रम्पको चेतावनीपछि कच्चा तेलको मुल्य बढ्यो फेवाताल जग्गा प्रकरणमा ठगिँए, ठगी विरुद्ध कानुनी प्रक्रियामा अगाडि बढ्छु : गृहमन्त्री गुरुङ सुनचाँदीको मूल्य घट्यो श्रम स्वीकृति रोक्का र शुल्क कडाइको असर: वैदेशिक रोजगारको माग क्रमश खुम्चदै विदेश पठाउने भन्दै ७३ लाख ७० हजार ठगी गर्ने चार जना पक्राउ जिप दुर्घटना हुँदा १३ जना घाइते जुवातास खेलिरहेको अवस्थामा १९ जना पक्राउ स्वास्थ्यकर्मीलाई न्यूनतम पारिश्रमिक दिन मन्त्रालयको निर्देशन मतदाता नामावली भाेलिदेखि सङ्कलन गरिँदै