८ माघ २०८२, बुधबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

बालगायक सचिन परियारको निधनमा प्रधानमन्त्री ओलीले दिए श्रद्धाञ्जलि

१८ पुष २०८१, बिहीबार १६:३३

काठमाडौँ | प्रधानमन्त्री केपी शर्मा ओलीले बाल गायक सचिन परियारको निधनको खबरले दुःखी भएको बताएका छन् । सामाजिक सञ्जाल फेशबुकमार्फत प्रधानमन्त्री ओलीले सचिनप्रति हार्दिक श्रद्धाञ्जली व्यक्त गरेका हुन् ।

परिवारभित्रको बेमेल र सामाजिक सञ्जालमा भाइरल हुने प्रवृत्तिका कारण सचिनको जीवनमा परेको असरप्रति गहिरो दुख प्रकट गर्दै प्रधानमन्त्री ओलीले श्रद्धाञ्जली दिएका हुन् ।

प्रधानमन्त्री ओलीले फेसबुकमा लेखेका छन्, ‘ बाल गायक सचिन परियारको निधन भएको खबरले धेरै दुःखी छु । एक जना प्रतिभाशाली बालकमाथि पारिवारिक बेमेल र सामाजिक सञ्जालको भाइरल प्रवृत्तिको असर पुर्‍याएको यस घटनाले सामाजिक सम्बन्धका संवेदनशील विषयमा सजग भएर मात्र प्रतिक्रिया दिनु पर्छ भन्ने सबैलाई पाठ सिकाएको छ । बाल गायक सचिनलाई हार्दिक श्रद्धाञ्जली ।’

सचिनको निधनसँगै सामाजिक सञ्जालमा सचिनप्रतिको श्रद्धाञ्जलीका सन्देशहरू छाएका छन् । सामाजिक सञ्जालमा भाइरल हुँदाताका कतिपयले सचिनप्रति अनावश्यक दबाब सिर्जना गरेर दुरुपयोग गरेको भन्दै आलोचना समेत भएको छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
सर्वोच्चले गगन थापाविरुद्ध अन्तरिम आदेश जारी गर्न अस्वीकार गरे रवि लामिछानेले वारेसमार्फत गराए उम्मेदवारी दर्ता ऋषि धमलाले रौतहट–४ बाट उम्मेदवारी दर्ता गराए नेप्से परिसूचक ४२.२६ अंकले बढ्यो हाजिरी जमानीमा छुटे दुर्गा प्रसाईं केपी ओलीले गराए उमेदवारी दर्ता बालेन शाहले गराए उम्मेदवारी दर्ता हर्क साम्पाङले सुनसरी–१ बाट मनोनयन दर्ता गराए प्रचण्ड बाजागाजासहित उम्मेदवारी दर्ता गर्न पुगे रवि लामिछानेको मुद्दा संशोधन विवाद : सर्वोच्चमा सुनुवाइ सुरू रिक्त मन्त्रालयको कार्यभार प्रधानमन्त्री सुशीला कार्कीले सम्हाल्ने शिक्षामन्त्रीबाट राजीनामा दिएका महावीर पुन म्याग्दीबाट स्वतन्त्र उम्मेदवार सुनचाँदीको मूल्यमा निरन्तर नयाँ रेकर्ड बन्दै शिक्षामन्त्री महाविर पुनले दिए राजीनामा सञ्चारमन्त्री जगदीश खरेलले राजीनामा दिने म काम गर्ने मान्छे हुँ, भाषण होइन: बालेन शाह दुर्गा प्रसाईं पोखराबाट पक्राउ रवि लामिछानेले देश र मधेशलाई भएको अन्यायको हिसाब लिने बताए आफ्ना अधिकार प्रयोग गर्दा कर्तव्यलाई बिर्सनु हुँदैनः प्रधानमन्त्री कार्की विकास देखिने गरी हुनु पर्छः मन्त्री भण्डारी