८ माघ २०८२, बुधबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

आरिफ शेखको कप्तानीमा पुलिसको टोली घोषणा

१९ पुष २०८१, शुक्रबार ११:३६

काठमाडौं । नेपाल पुलिस क्लबले जय ट्रफीको लागि टोली घोषणा गरेको छ । आरिफ शेखको कप्तानीमा १५ सदस्यीय टोली घोषणा गरेको हो ।

जय ट्रफी नेपाल क्रिकेट सङ्घ(क्यान)को आयोजनामा पुस २१ देखि २९ गतेसम्म जनकपुर र वीरगञ्जमा हुँदैछ ।

जय ट्रफीमा २०२४ को सुरुवातमा भएको प्रधानमन्त्री कप राष्ट्रिय एकदिवसीय क्रिकेट प्रतियोगिताका शीर्ष चार टोलीले भाग लिनेछन् । जसमा नेपाल पुलिस क्लब, त्रिभुवन आर्मी क्लब, बागमती प्रदेश तथा मधेस प्रदेश छन् ।

सिङ्गल राउण्ड रोबिन लिगका आधारमा सञ्चालन हुने प्रतियोगिताका शीर्ष २ टोलीबीचमा फाइनल हुनेछ । लिग चरणका खेल दुई दिवसीय र फाइनल तीन दिवसीय ढाँचामा खेलाइने छ ।

उद्घाटन खेलमा बागमती र मधेसबीच प्रतिस्पर्धा हुनेछ ।

टोली-

आरिफ शेख(कप्तान), कुशल भूर्तेल, गुल्शन झा, करण केसी, ललित राजवंशी, अमित श्रेष्ठ, दिलिप नाथ, श्रवण यादव, सुनिल दौल्यान, सागर ढकाल, शङ्कर राणा, अभिनाश कर्ण, राशिद खान, अर्जुन साउद, दिपक सेरेला ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
सर्वोच्चले गगन थापाविरुद्ध अन्तरिम आदेश जारी गर्न अस्वीकार गरे रवि लामिछानेले वारेसमार्फत गराए उम्मेदवारी दर्ता ऋषि धमलाले रौतहट–४ बाट उम्मेदवारी दर्ता गराए नेप्से परिसूचक ४२.२६ अंकले बढ्यो हाजिरी जमानीमा छुटे दुर्गा प्रसाईं केपी ओलीले गराए उमेदवारी दर्ता बालेन शाहले गराए उम्मेदवारी दर्ता हर्क साम्पाङले सुनसरी–१ बाट मनोनयन दर्ता गराए प्रचण्ड बाजागाजासहित उम्मेदवारी दर्ता गर्न पुगे रवि लामिछानेको मुद्दा संशोधन विवाद : सर्वोच्चमा सुनुवाइ सुरू रिक्त मन्त्रालयको कार्यभार प्रधानमन्त्री सुशीला कार्कीले सम्हाल्ने शिक्षामन्त्रीबाट राजीनामा दिएका महावीर पुन म्याग्दीबाट स्वतन्त्र उम्मेदवार सुनचाँदीको मूल्यमा निरन्तर नयाँ रेकर्ड बन्दै शिक्षामन्त्री महाविर पुनले दिए राजीनामा सञ्चारमन्त्री जगदीश खरेलले राजीनामा दिने म काम गर्ने मान्छे हुँ, भाषण होइन: बालेन शाह दुर्गा प्रसाईं पोखराबाट पक्राउ रवि लामिछानेले देश र मधेशलाई भएको अन्यायको हिसाब लिने बताए आफ्ना अधिकार प्रयोग गर्दा कर्तव्यलाई बिर्सनु हुँदैनः प्रधानमन्त्री कार्की विकास देखिने गरी हुनु पर्छः मन्त्री भण्डारी