२०८२, ५ चैत्र बिहीबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

सुदूरपश्चिमका सभामुख भण्डारीका पीएसओ बोहराको दुर्घटनामा मृत्यु

२०८१, १९ फाल्गुन सोमबार १४:४३

कैलाली | कैलालीमा सवारी दुर्घटना हुँदा एक जना प्रहरी नायब निरीक्षकको मृत्यु भएको छ ।

जिल्ला प्रहरी कार्यालय कैलालीका अनुसार ३४ वर्षीय सई योगेन्द्रबहादुर बोहराको स्कुटर दुर्घटना हुँदा मृत्यु भएको हो । उनी सुदूरपश्चिमका सभामुख भीमबहादुर भण्डारीको व्यक्तिगत सुरक्षाका लागि खटिने निजी सुरक्षा गार्ड (पीएसओ) हुन् ।

जिल्ला प्रहरी कार्यालय कैलालीका प्रहरी निरीक्षक दर्शन खड्काका अनुसार धनगढी–अत्तरिया छ लेन सडकअन्तर्गत गोदावरी नगरपालिका– २ मा बोहरा सवार सु.प.प्र. ०१–००९ प ३४२९ नम्बरको स्कुटर दुर्घटना भएको थियो ।

‘सोमबार बिहान साढे ११ बजे स्कुटर आफैँ अनियन्त्रित भएर विद्युत्‌को पोलमा ठोक्किएर दुर्घटना हुँदा बोहरा गम्भीर घाइते भएका थिए,’ प्रहरी निरीक्षक खड्काले भने, ‘उपचारका लागि सेती प्रादेशिक अस्पतालमा ल्याइएकोमा सवा १२ बजेको बोहराको निधन भएको छ ।’

प्रहरी नायब निरीक्षक बोहराको घर बझाङको मष्टा गाउँपालिका–७ हो ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
सेयर बजारमा उच्च अंकको वृद्धि आशिकाविरुद्ध उत्रिए धादिङका पालिकाहरू मोटरसाइकल चालकहरूमाथि हातपात गरेको आरोपमा एक जना पक्राउ रवि लामिछानेविरूद्धको मुद्दा फिर्ताको रिटमा बहस सकियो माधव कुमार नेपालसहितको भ्रष्टाचार मुद्दाको सुनुवाइ स्थगित समानुपातिकतर्फका ११० सांसदहरुलाई निर्वाचन आयोगले दियो प्रमाणपत्र शपथ ग्रहण हुने छाँटकाँट अझै देखिएको छैन, त्यसैले आत्मकथाको किताब बेच्ने छु: महावीर पुन ट्रकले गोरुगाडालाई ठक्कर दिँदा एक दम्पतीको मृत्यु श्रीमान्, श्रीमतीमाथि गोली प्रहार, श्रीमतीको मृत्यु, श्रीमान् घाइते सुनको मूल्यमा भारी गिरावट सरकारले ल्याउने दीर्घकालीन परियोजनामा नागरिक लगानी कोषको लगानी आवश्यक: अर्थमन्त्री खनाल निर्वाचन आयोगले भोलि समानुपातिक सांसदलाई प्रमाण पत्र दिने सावधानी अपनाएर सवारीसाधन चलाउन हर्क साम्पाङको अनुरोध कांग्रेसले केन्द्रीय समिति बैठक बोलायो नवनिर्वाचित सांसदहरूको शपथग्रहण १२ चैतमा हुने विज्ञताका आधारमा मन्त्री छनोट हुन्छः रवि लामिछाने जति ठूलो शक्ति त्यति ठूलो जिम्मेवारी प्राप्त गरेका छौँ: सभापति लामिछाने नारायणगढ-मुग्लिन सडक खण्डका ४३ ठाउँ पहिरोको जोखिममा खोटाङमा हेलिकप्टर दुर्घटना मलाई बोल्न आउँदैन भन्छन्, त्यसकै लागि क्लास राम्रोसँग लिइरहेको छु : आशिका तामाङ