४ माघ २०८२, शनिबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

महानगरपालिकाको प्रहरी प्रमुख राजुनथा पाण्डे र मेयर बालेनका स्वकिय सचिवलाई कारबाहीको माग

२८ चैत्र २०८१, बिहीबार १४:४८

काठमाडौँ | विभिन्न पेशागत संगठनले काठमाडौँ महानगरपालिकाको प्रहरी प्रमुख राजुनथा पाण्डे र मेयर बालेन्द्र शाह (बालेन) का स्वकिय सचिव भूपदेव शाहलाई कारबाहीको माग गरेका छन् । स्थानीय तहमा क्रियाशील पेशागत संगठनहरूले चैत २१ गते महानगर कार्यालयमा भएको घटनाको छानविनको माग गर्दै कारबाही गर्न महानगरका प्रमुख प्रशासकीय अधिकृत सरोग गुरागाईसँग माग गरेका हुन् ।

स्थानीय तह कर्मचारी यूनियन, नेपाल, स्थानीय तह कर्मचारी संघ नेपाल, महानगर कर्मचारी परिषद्, नेपाल यातायात स्वतन्त्र मजदुर संगठन र नेपाल वातावरण तथा सरसफाई श्रमिक संघले कारबाहीको माग गरेका हुन् । तीन संगठनहरुले तीन दिनभित्र अधिकारसम्पन्न छानबिन समिति गठन गर्न माग गरेका छन् ।

‘कार्यालयको प्रशासनिक प्रमुखको रूपमा नेपाल सरकारले खटाएको प्रमुख प्रशासकीय अधिकृतलाई काठमाडौँ महानगर प्रहरी बलका प्रमुख र उनका कर्मचारीहरूले प्रशासनिक कार्यमा बाधा पु¥याउने कार्य गरेका छन्, जसका कारण प्रमुख प्रशासकीय अधिकृत, जनप्रतिनिधि र कर्मचारीहरूलाई धरपकड र अपत्तिजनक भनाइहरूको सामना गर्नुपरेको छ ।’, ज्ञापनपत्रमा भनिएको छ ।

‘अनधिकृत व्यक्तिले मौखिक आदेश दिने, त्यस्तो आदेश नमान्ने कर्मचारीलाई अपमानित गर्ने, धम्क्याउने प्रवृत्ति बढ्दै गएकाले यस्तो प्रवृत्ति व्यवहारिकरुपमा नै अन्त्य गरियोस् र अड्डा प्रशासनलाई प्रमुख प्रशासकीय अधिकृतमार्फत कानूनसम्मत ढंगले सञ्चालन गर्ने वातावरण निर्माण गरियोस्,’ कर्मचारी संगठनहरुको माग छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
रवि लामिछानेको मुद्दा फिर्ता गर्नेे निर्णयमा बारको आपत्ति भूकम्पलगायत विपद्बाट हुनसक्ने क्षति न्यूनीकरण गर्न एकढिक्का भएर लाग्न गृहमन्त्रीको आह्वान केन्द्रीय कार्यसमितिको अधिकार मिचेर गरिएको भेलालाई आयोगले वैधता दिनेछैन– कार्यवाहक सभापति खड्का बैंक लुटपाटमा संलग्न सात जना पक्राउ चीन–क्यानाडा सम्बन्ध सुधारको सङ्केत मन्त्री चौलागाईंसँग जापानी राजदूतको भेटवार्ता निर्वाचन तोकिएकै समयमा हुन्छः संयोजक दाहाल लागूऔषध खैरो हेरोइन सहित एक जना पक्राउ गाजा शान्ति परिषद् गठन गर्ने ट्रम्पको घोषणा सुशासनको सुरुआत आफूबाटै हुनुपर्छः मन्त्री इङ्नाम युनलाई पाँच वर्ष कैद प्रधानमन्त्री कार्कीसँग घेदुङको प्रतिनिधिमण्डल भेट भूकम्पीय क्षति घटाउन पूर्वतयारी आवश्यक छः गृहमन्त्री अर्याल विगतका निर्णय र नजिरका आधारमा कांग्रेसको विवाद समाधान गर्न कार्यवाहक सभापति खड्काको आग्रह अन्तर्राष्ट्रिय लगानी र कूटनीतिक संवादतर्फ भेनेजुएलाको नयाँ दृष्टिकोण प्रतिनिधिसभा निर्वाचनः आज निर्वाचन अधिकृतको कार्यालय स्थापना हुँदै यस्तो रहने छ आजको मौसम सुनचाँदीको मूल्य वृद्धि धरान उपमहानगर प्रमुख राई सम्मानित ‘भाषा, लिपी, कला र संस्कृतिको संरक्षणमा सहकार्य र समन्वय आवश्यक छ’