२०८२, १ चैत्र आईतवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

राजासहितको प्रजातन्त्र २१औं शताब्दीको सबैभन्दा विशिष्ट विचार रहेको : कुन्तीकुमारी शाही

२०८२, ८ बैशाख सोमबार ११:२७

काठमाडौँ | राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) की महामन्त्री कुन्तीकुमारी शाहीलेले राजासहितको प्रजातन्त्र २१औं शताब्दीको सबैभन्दा विशिष्ट विचार रहेको बताएकी छन् । हिजो (आइतबार) प्राइम टाइम्स टेलिभिजनको जनता जान्न चाहन्छन् कार्यक्रममा पत्रकार ऋषि धमलासँग संवाद गर्दै उनले २१औं शताब्दीको सबैभन्दा उत्कृष्ट विचार राप्रपाले बोकिरहेको बताएकी हुन् । उनले १३औं शताब्दीको विचार बोक्ने कम्युनिष्टहरु चाहीँ प्रतिगामी रहेको बताईन् ।

‘तपाईंले भन्नुभयो– हामी प्रतिगामी । राजासहितको प्रजातन्त्र विचार बोक्ने प्रतिगामी ? २१औं शताब्दीको सबैभन्दा विशिष्ट विचार भनेको राजासहितका प्रजातन्त्र हो । विश्व मानचित्रमा सबैभन्दा धनी देश, सबैभन्दा खुसी जनता भएको देशमा राजासहितको प्रजातन्त्र छ । उहाँ (कम्युनिष्ट) हरुले मानेको विचार १३औं शताब्दीको विचार बोकेर नेपाली जनतालाई भ्रम छर्दै हुनुहुन्छ,’– उनले भनिन् ।

साथै, फरक प्रसँगमा उनले तीनकुनेको हिंसात्मक घटनामा राप्रपालाई जोड्न नमिल्ने बताईन् । उनले त्यो प्रदर्शन राप्रपाको नभएर नितान्त दुर्गा प्रसाईँको रहेको बताईन् । उक्त घटनामा सरकारले न्यायिक आयोग गठन गरी निष्पक्ष छानविन गर्नुपर्ने महामन्त्री शाहीको माग छ । ‘हामी त सहभागी नै थिएनौं, जसले गरेको भएपनि न्यायिक आयोग गठन गरियोस् । जसले गरेको छ, कानुनको कठघरामा ल्याउनुस्,’– उनले भनिन् ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
फागुनमा पाथीभरामा ३१ लाखभन्दा बढी भेटी सङ्कलन एमालेमा नेतृत्व परिवर्तन हुँदैन: महेश बस्नेत प्रतिनिधिसभा निर्वाचनमा ४.७ प्रतिशत मत बदर स्वदेश फर्कन चाहने नेपालीहरूलाई आवेदन दिन कतारस्थित दूतावासको अनुरोध श्रम संस्कृति पार्टीले टुंग्यायो चार जना समानुपातिक सांसदकाे नाम सभापति थापालाई ३० बढी नेताहरूले पदबाट राजीनामा नदिन आग्रह ग्याँस र इन्धनको कृतिम अभाव सिर्जना गर्ने तथा कालोबजारी गर्नेमाथि महानगरपालिकाको निगरानी एमालेको सचिवालय बैठक जारी इनिशा बिक हत्या प्रकरणमा दोषीलाई कारबाहीको माग गर्दै विरोध प्रदर्शन मध्यपूर्वको द्वन्द्वप्रति सरकार गम्भीर छ : परराष्ट्रमन्त्री शर्मा कांग्रेसले केन्द्रीय कार्यसम्पादन समितिको बैठक बोलायो भैरहवामा ग्यासको अभाव हुँदा उपभोक्ता मारमा रास्वपाको सचिवालय बैठक सर्यो निर्वाचन समीक्षा र समानुपातिक सांसदको टुंगो लगाउन एमाले सचिवालय बैठक बस्दै साउदीमा इरानको भीषण आक्रमण, पाँच अमेरिकी विमान क्षतिग्रस्त कांग्रेस उठ्नेछ, जित्नेछ र देशलाई फेरि नेतृत्व गर्नेछ: देवराज चालिसे ज्ञानेन्द्र शाहीको चुनावी खर्च विवरण सार्वजनिक, खर्च २० लाख ५५ हजार इरानी नागरिकलाई आगमन भिसा नदिने गृह मन्त्रालयको निर्णय ऋषि धमलाको चुनावी खर्च विवरण सार्वजनिक, १२ लाख ६५ हजार खर्च कम्बोडियाबाट २१ नेपालीको उद्धार