२०८२, २१ फाल्गुन बिहीबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

निर्यात वृद्धि गर्नेगरी नयाँ कृषि नीति छिट्टै ल्याइनेछ : मन्त्री अधिकारी

२०८२, १५ बैशाख सोमबार १४:०२

काठमाडौँ | कृषि तथा पशुपक्षी विकासमन्त्री रामनाथ अधिकारीले मुलुकमा व्यावसायिक रूपमा आयात प्रतिस्थापन तथा निर्यात वृद्धि गर्नेगरी नयाँ कृषि नीति छिट्टै ल्याइने भएको छ ।

राष्ट्रिय चिया तथा कफी विकास बोर्डले २९ औँ राष्ट्रिय चिया दिवसका अवसरमा आज आयोजित कार्यक्रममा उहाँले कृषिको क्षेत्रको समग्र विकासका लागि उत्पादन र उत्पादकत्व वृद्धि, कृषि अनुदान र कृषि वित्तसम्बन्धी नीतिहरूलाई प्राथमिकतामा राखिएको बताउनुभयो ।

उक्त नीति अनुमोदनका लागि केही दिनमा मन्त्रिपरिषद् पेस गरिने बताउँदै उहाँले कृषि क्षेत्रका समग्र समस्या समाधान गर्न, यस क्षेत्रलाई थप आत्मनिर्भर बनाउन नीतिले सहयोग गर्ने विश्वास व्यक्त गर्नुभयो ।

देशको दिगो विकासका लागि कृषि क्षेत्रको विकास आवश्यक रहेको बताउँदै मन्त्री अधिकारीले कृषि उत्पादन, कृषकको आय वृद्धि तथा आर्थिक समृद्धिलाई सरकारले प्राथमिकतामा राखेको प्रष्ट पार्नुभयो ।

करिब ६० हजार रोजगारी सिर्जना गरेको चिया उद्योगलाई थप प्रोत्साहन गरी नेपाली चियालाई राष्ट्रिय तथा अन्तरराष्ट्रिय बजारमा प्रवर्द्धन गरिने उहाँको भनाइ थियो ।

कृषि सचिव गोविन्दप्रसाद शर्माले कृषिमा प्रविधिको प्रयोग, गुणस्तरीय वस्तुको उत्पादन तथा निर्यातजन्य वस्तुको उत्पादनलाई वृद्धि गर्न सम्बन्धित कृषकलाई आवश्यक सहुलियत उपलब्ध गराइने प्रतिबद्धता व्यक्त गर्नुभयो।

चियाविज्ञ चन्द्रभूषण सुब्बाले मुलुकमा उत्पादन हुने विभिन्न प्रकारका चियाको विशेषता तथा विश्व बजारमा नेपाली चियाको मागबारे कार्यपत्र प्रस्तुत गर्नुभयो ।

यस वर्ष ‘स्वस्थ चिया, दिगो बजार, समृद्ध नेपालको आधार !’ भन्ने मूल नाराका साथ आयोजना गरिएको दिवसका अवसरमा चिया प्रदर्शनी समेत गरिएको थियो । प्रदर्शनीमा विभिन्न जिल्लाका चिया कृषक, सहकारी, उद्योगी/व्यवसायीबीच छलफल गरिएको थियो ।

बोर्डको आव २०८०/८१ को तथ्याङ्कअनुसार नेपालमा कूल २० हजार १६० हेक्टर जमिनमा चिया रोपण गरिएको छ । यसअवधिमा दुई करोड ७० लाख केजी तयारी चिया उत्पादन भएको छ । नेपालमा १५ हजार २०३ चिया कृषक छन् । पछिल्लो नौ महिनामा करिब रु तीन अर्ब ५७ करोडको चिया निर्यात गरिएको जनाइएको छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
सिन्धुली दुर्घटना, मृतक स्कटुर चालकको परिचय खुल्यो मौन अवधिमा पोष्ट गरेको भिडियो हटाएर छुटे रतन कार्की निर्वाचनमा उत्साहपूर्वक र सक्रिय रूपमा सहभागी हुन मतदातालाई आयोग आग्रह भोट हाल्न गाउँ फर्किनेको लर्को, दुई दिनमा ८० हजार मानिसले छाडे उपत्यका निर्धक्क भएर मतदान गर्न निर्वाचन आयोगको आह्वान आशिका तामाङको उम्मेदवारी खारेजी हुने हल्ला भ्रामक मतपेटिका सेनाले लैजाने हल्ला गलत: गृहमन्त्री अर्याल पर्सामा शङ्कास्पद वस्तुसहित उम्मेदवार पक्राउ आज राति १२ बजेदेखी अतिआवश्यक सेवाबाहेक सवारी सञ्चालनमा रोक इरानमाथि अमेरिका-इजरायली आक्रमणको विरोधमा रुस र चीनको कूटनीतिक आवाज सुनचाँदीको मूल्यमा भारी गिरावट देशको परिस्थितिलाई सम्हाल्न सक्ने अवस्थामा कांग्रेस अघि बढिरहेको छ: विश्वप्रकाश शर्मा रामेछापमा निर्वाचनका कर्मचारी सवार गाडी दुर्घटना आफ्नै श्रीमतीको हत्या गरेको आरोपमा श्रीमान् पक्राउ करेन्ट लागेर एकजनाको मृत्यु वामपन्थी ध्रुवीकरण आजको आवश्यकताः प्रचण्ड इजरायल-अमेरिका-इरान द्वन्द्व चर्कियो : लेबनानमा ३१ को मृत्यु इरानी आक्रमणबाट यूएईमा ज्यान गुमाएका नेपालीको पहिचान खुल्यो आज राति १२ बजेदेखि निर्वाचनको प्रचारप्रसार गर्न निषेध प्रधानमन्त्री कार्कीको अपिल : निर्वाचनमा अनिवार्य सहभागी हुनुहोला