२०८२, १४ चैत्र शनिबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

प्रतिनिधिसभा बैठकः समसामयिक विषयमा सरकारको ध्यानाकर्षण

२०८२, २६ बैशाख शुक्रबार १४:३७

काठमाडौँ | प्रतिनिधिसभाको आजको बैठकको शून्य समयमा भाग लिँदै सासंदहरूले कृषि–मलखाद तथा बीउबिजनको आपूर्ति तथा वितरण व्यवस्था, शिक्षा, स्वास्थ्य र रोजगारीलगायतका क्षेत्रसँग सम्बन्धित समसामयिक विषयमा सरकारको ध्यानाकर्षण गर्नुभयो ।

उहाँहरूले कार्यपालिका, न्यायपालिका र व्यवस्थापिकालगायत राज्यका निकायहरूलाई थप जिम्मेवार र उत्तरदायी बनाउनुपर्ने, पुँजीगत खर्च ४० प्रतिशतभन्दा बढी हुननसक्दा राजस्व सङ्कलन र रोजगारी सिर्जनमा समस्या आएकाले पुँजीगत बजेट वृद्धि गरी कार्यान्वयनमा जोड दिनुपर्ने र जनतालाई शुद्ध पिउने पानीको व्यवस्था गर्नुपर्ने धारणा व्यक्त गर्नुभयो ।

बैठकमा सांसद सुरेन्द्रराज आचार्यले “वर्षायाम सुरु हुँदैछ, किसानलाई आवश्यक मलखाद तथा बीउबिजन जोहो गर्न धौधौ छ, गत वर्ष पनि मलको अभावले किसान मर्कामा परका थिए, मलको वितरण प्रणाली नमिल्दा विचौलियाले कालोबजारी गर्दा किसानलाई थप पीडाको महसुस भएको थियो, भारत सिमाना नजिक रहेका किसानले लुकीछिपी मल नल्याए खेती नै गर्न पाउँदैन, त्यसतर्फ सरकारको तत्काल ध्यान जान जरुरी छ” भन्नुभयो ।

उहाँले कपिलवस्तु जिल्लाको दक्षिणी भेगमा शुद्ध पिउने पानीको अभाव रहेको उल्लेख गर्दै त्यस क्षेत्रमा निर्माणाधीन पानी ट्याङ्कीहरु बजेट अभावका कारण सञ्चालनमा आउन नसकेकाले आवश्यक बजेट व्यवस्थाका लागि सरकारको ध्यानाकर्षण गर्नुभयो ।

सांसद सूर्यप्रसाद ढकालले भन्नुभयो, “१५ मिनेटको बाटो एक घण्टा लाग्छ, काठमाडौँ उपत्यकाको जाम कम गर्ने उपाय र विधि के हुन सक्छ, चार हजारभन्दा बढी निवेदन सिटिइभिटीमा दर्ता भएको १३ वर्ष नाघिसक्योे, हामीलाई अनुमति दिनुहोस्, कर तिर्छौं, रोजगारी दिन्छौँ, विद्यार्थी पढाउँछौँ, सरकारले सिफारिस गरेका विद्यार्थीलाई निःशुल्क पढाउँछौँभन्दा पनि किन अनुमति दिन सक्दैनौँ, समस्या कहाँ हो, त्यसतर्फ सरकारको ध्यान जान आवश्यक छ ।”

बैठकमा सांसद सुनिता बराल, सुशीला श्रीपाली ठकुरी, सूर्यकुमारी श्रेष्ठलगायतका सदस्यले भाग लिनुभएको थियो ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
ओलीलाई गरिएको गिरफ्तारी गैरकानुनी र राजनीतिक प्रतिशोधपूर्ण कदम हो: रामकुमारी झाँक्री चार प्रमुख निर्णय गर्दै एमाले सचिवालय बैठक सम्पन्न काठमाडौँबाट रोल्पातर्फ जाँदै गरेको बस दुर्घटना ओली चिकित्सकको निगरानीमा, त्रिवि शिक्षण अस्पताल भर्ना ओली र लेखकको पक्राउ प्रतिशोध होइन, केवल न्यायको सुरुआत हो: गृहमन्त्री गुरुङ एमालेका अध्यक्ष ओलीको स्वास्थ्य परीक्षण गरियो ओली पक्राउ परेपछि सडकमा उत्रे एमाले कार्यकर्ता काठमाडौँलगायत विभिन्न जिल्लामा चट्याङसहित वर्षा पूजापाठ गरेर बालुवाटार प्रवेश गरे प्रधानमन्त्री बालेन शाह हामीले जनताका बीचमा गरेको बाचा पूरा गरेका छौँ: रवि लामिछाने सुशीला कार्कीद्वारा प्रधानमन्त्री बालेन्द्र शाहलाई बधाई मन्त्रिपरिषद् बैठक सुरु बालेन्द्र शाहले सम्हाले प्रधानमन्त्रीको जिम्मेवारी नवनिर्वाचित सरकारको पहिलो मन्त्रिपरिषद् बैठक बस्दै कार्की आयोगको प्रतिवेदन कार्यान्वयन गर्छौं : गृहमन्त्री गुरुङ नवनियुक्त गृहमन्त्री सुधन गुरुङले गरे पदभार ग्रहण अर्थमन्त्री वाग्लेको पहिलो निर्णय: राजस्व अनुसन्धानसहित १५ विभाग खारेज गर्ने महानगरमा जस्तै देशभर शैक्षिक सुधार गर्नेछौँ : सस्मित पोखरेल देउवाले दिए बालेन्द्रलाई बधाई नवनियुक्त १४ मन्त्रीहरुले पनि लिए सपथ