२५ पुष २०८२, शुक्रबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

दिगो विकासका लक्ष्य पूरा हुनेगरी बजेट व्यवस्था गरिनुपर्ने माग

२८ बैशाख २०८२, आईतवार १३:४८

काठमाडौँ | प्रतिनिधिसभाको आजको बैठकमा सांसदहरूले दिगो विकासका लक्ष्य पूरा हुनेगरी बजेट व्यवस्था गरिनुपर्नेमा जोड दिनुभएको छ ।

नीति तथा कार्यक्रममाथिको छलफलमा भाग लिँदै सांसद डा नारायण खड्काले दिगो विकासका लक्ष्य पूरा गर्न सात वर्षमा रु २१ खर्ब बजेट आवश्यक पर्ने राष्ट्रिय योजना आयोगले जनाएकाले सोही अनुसार व्यवस्था गरिनुपर्ने माग गर्नुभयो ।

परराष्ट्र नीति प्रभावकारी कार्यान्वयन गर्ने वातावरण बनाउनुपर्ने भन्दै उहाँले नीति तथा कार्यक्रममा समावेश भएका योजना सकारात्मक भए पनि कार्यान्वयनमा समस्या आउने गरेकाले अहिलेदेखि प्रभावकारी कार्यान्वयनको वातावरण बनाउनुपर्नेमा जोड दिनुभयो ।

सांसद महेश बर्तौलाले अनुसन्धानमा आधारित उच्च शिक्षासम्बन्धी नीति तथा कार्यक्रमले जोड दिएको बताउनुभयो । ‘कमाउँदै पढ्दै’ जस्ता कार्यक्रम सकारात्मक रहेका बताउँदै उहाँले कृषिसम्बन्धी प्रस्तुत गरिएका कार्यक्रमले कृषक र कृषि क्षेत्रमा उल्लेख्य परिवर्तन गर्ने विश्वास व्यक्त गर्नुभयो ।

सांसद सन्तोष परियारले मात्रात्मकबाट गुणात्मक फड्को मार्ने किसिमले नीति तथा कार्यक्रम नआएको बताउनुभयो । जनताको मौलिक अधिकार कार्यान्वयन गर्न नीति तथा कार्यक्रम र बजेटले महत्त्वपूर्ण भूमिका निर्वाह गर्ने भएकाले सोही अनुसार बजेट विनियोजना गर्नुपर्नेमा जोड दिनुभयो ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
बाँकेमा पहिलो पटक आमाको नामबाट वंशजको नागरिकता जारी ग्रिनल्यान्डबारे रुबियो–डेनमार्क वार्ता तय घिसिङसँगको सहमति औपचारिक प्रक्रियामाः सभापति लामिछाने यमन नेता तस्करीको आरोपले साउदी–युएई तनाव राष्ट्रपतिसँग बिदाइ भेट ‘भाइरल’ बन्नुभन्दा टिकिरहन गाह्रो : अभिनेता सौगात मल्ल संविधानको रक्षाका लागि निर्वाचन अनिवार्य शर्त होः गृहमन्त्री काठमाडौँका १० वटै निर्वाचन क्षेत्रमा एमालेका उम्मेदवार सिफारिस पेट्रो–ट्रम्प टकरावले कोलम्बिया कूटनीतिक दोधारमा श्रम मन्त्रालयद्वारा ‘इपिएस’ परीक्षा पास गरेकाका पक्षमा निर्णय आगामी प्रतिनिधिसभा निर्वाचनमा ८० हजार सेना परिचालन हुने कञ्चनजङ्घा आधार शिविर सुनसान शङ्खरापुर दुर्घटनाः मृत्यु हुनेको सङ्ख्या पाँच पुग्यो सुनचाँदीको मूल्यमा गिरावट कांग्रेसका सभापति देउवा र राप्रपाका अध्यक्ष लिङ्देनबीच भेटवार्ता आचारसंहितामा नयाँ बुँदा थपियो मेरो इमानको सुरुवात देशभक्तिबाट सुरु हुन्छ : केपी शर्मा ओली सञ्चारमन्त्री खरेलद्वारा जिम्मेवार र जवाफदेही पत्रकारिता गर्न अनुरोध पेरिसमा १४० उडान रद्द नेप्से १३ दशमलव ३५ अङ्कले घट्यो