२ माघ २०८२, बिहीबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

रास्वपा सभापति लामिछानेको पक्षमा हस्ताक्षर गर्ने प्रहरी अधिकृतलाई जिम्मेवारीबाट हटाइयो

२० असार २०८२, शुक्रबार १६:२४

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेको पक्षमा हस्ताक्षर गरेपछि नेपाल प्रहरीका नायब निरीक्षक (सइ) माथि प्रहरी प्रधान कार्यालयले छानबिन थालेको छ। ट्राफिक कार्यालय, नेपालगन्जमा कार्यरत सइ कमल खड्कालाई जिम्मेवारीबाट हटाएर छानबिन थालिएको हो।

रास्वपाले लामिछानेमाथि प्रतिशोध भएको भन्दै देशैभरि हाल हस्ताक्षर अभियान चलाएको छ। सइ खड्काले पनि केही दिनअघि नेपालगन्जमा हस्ताक्षर गरेका थिए। युनिफर्ममै उनले लामिछानेको पक्षमा हस्ताक्षर गरेको फोटो बाहिरिएपछि प्रहरी प्रधान कार्यालयले छानबिन थालेको हो। प्रहरी प्रवक्ता डिआइजी विनोद घिमिरेले उनीमाथि छानबिन थालिएको पुष्टि गरे।

सहकारी ठगीको मुद्दामा लामिछाने हाल भैरहवा कारागारमा छन्। सहकारीमा संलग्न नै नभएको र गोर्खा मिडियाको तत्कालीन सञ्चालक भएकै आधारमा आफूविरुद्ध मुद्दा दायर गरी थुनामा राखिएकाले उनीविरुद्ध राज्य नै लागेको आरोप रास्वपाका नेताहरूले लगाउँदै आएका छन्।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
सुनचाँदीको मूल्यमा सामान्य गिरावट कसैको शिर निहुरिन दिने छैन, कांग्रेसको शान राख्छुः नवनिर्वाचित सभापति थापा ‘सडकमा छाडिएको कुकुर अमेरिका पुग्यो’ बङ्गलादेशमा निर्वाचन अघि आगमन भिसा निशेध कांग्रेसका दुई महामन्त्री र सहमहामन्त्रीमाथि कारबाही नेप्से परिसूचकमा झिनो अङ्कको सुधार के–पपको तालमा जापान–दक्षिण कोरिया निकटता कांग्रेस केन्द्रीय कार्यसमिति बैठक सुरु गाजामा युद्धविरामपछि सय भन्दा बढी बालबालिकाको मृत्यु : युनिसेफ काठमाडौँबाट चुनावी अभियान सुरु गर्दै एमाले चीनको व्यापार अधिशेष ऐतिहासिक उचाइमा ‘निर्वाचनलाई सफल बनाउनु हाम्रो दायित्व हो’ सुशासन र समृद्धिका लागि स्वजागरण कार्यक्रम पार्टीको एकता जोगाउन सभापति देउवा लचक इरानमा हिंसा बढ्दै, ट्रम्पद्वारा संयम अपनाउन आग्रह मोटरसाइकलको ठक्करबाट वृद्धाको मृत्यु, चालक घाइते सुनचाँदीको मुल्य उच्च विन्दुमा कांग्रेस विशेष महाधिवेशन : आज निर्वाचनको कार्यक्रम सुशासन कार्यान्वयन गर्न सानो प्रयास पनि पर्याप्त छ : सञ्चारमन्त्री खरेल लोकतन्त्रको आत्मा निर्वाचन : आयुक्त तुलाधर