२ माघ २०८२, बिहीबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

छिटो न्याय सम्पादन र जनआस्था वृद्धि गर्न अहोरात्र खटिरहेका छौँः प्रधानन्यायाधीश राउत

२४ असार २०८२, मंगलवार १३:१३

काठमाडौँ । प्रधानन्यायाधीश प्रकाशमानसिंह राउतले छिटो न्याय सम्पादन र जनआस्था वृद्धि गर्न अहोरात्र खटिरहेको बताउनुभएको छ ।

सर्वोच्च अदालतमा आज आयोजित गोला प्रक्रियाबारे पत्रकारलाई जानकारी गराउँदै प्रधानन्यायाधीश राउतले भन्नुभयो, “संविधानले प्रधानन्यायाधीशसहित २१ न्यायाधीशको व्यवस्था गरेको भए पनि पूर्ण रुपमा न्यायाधीश हुन सकेको छैन, आज तीन जना आएपछि २० जना भयौँ, छिटोछरितो न्याय दिने दायित्व निर्वाह गरिरहेका छौँ, कसरी राम्रो गर्न सकिन्छ भनेर दैनिक निर्मम समीक्षा गर्ने गरेका छौँ ।”

ऊर्जावान् तीन न्यायाधीश भित्र्याउने अवसर मिलेको र यो सङ्ख्या थप भएसँगै न्यायापालिकाप्रतिका जनताको विश्वास र चाँडो न्याय सम्पादनका लागि काममा ध्यान दिन सबैलाई आग्रहसमेत गर्नुभयो ।

सर्वोच्च अदालतको आजसम्म जम्मा मुद्दा २४ हजार ८४६ रहेको छ । त्यसमध्ये पाँच वर्ष नाघेका मुद्दाको सङ्ख्या एक हजार ४११ रहेको छ । दुई वर्ष नाघेका मुद्दाको सङ्ख्या नौ हजार २७२ रहेको छ । आठ वर्ष नाघेको एउटा मुद्दा थियो । त्यो आज निर्णय सुनाउने भएर टुङ्गिँदैछ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
बङ्गलादेशमा निर्वाचन अघि आगमन भिसा निशेध कांग्रेसका दुई महामन्त्री र सहमहामन्त्रीमाथि कारबाही नेप्से परिसूचकमा झिनो अङ्कको सुधार के–पपको तालमा जापान–दक्षिण कोरिया निकटता कांग्रेस केन्द्रीय कार्यसमिति बैठक सुरु गाजामा युद्धविरामपछि सय भन्दा बढी बालबालिकाको मृत्यु : युनिसेफ काठमाडौँबाट चुनावी अभियान सुरु गर्दै एमाले चीनको व्यापार अधिशेष ऐतिहासिक उचाइमा ‘निर्वाचनलाई सफल बनाउनु हाम्रो दायित्व हो’ सुशासन र समृद्धिका लागि स्वजागरण कार्यक्रम पार्टीको एकता जोगाउन सभापति देउवा लचक इरानमा हिंसा बढ्दै, ट्रम्पद्वारा संयम अपनाउन आग्रह मोटरसाइकलको ठक्करबाट वृद्धाको मृत्यु, चालक घाइते सुनचाँदीको मुल्य उच्च विन्दुमा कांग्रेस विशेष महाधिवेशन : आज निर्वाचनको कार्यक्रम सुशासन कार्यान्वयन गर्न सानो प्रयास पनि पर्याप्त छ : सञ्चारमन्त्री खरेल लोकतन्त्रको आत्मा निर्वाचन : आयुक्त तुलाधर किसानको आक्रोश संसद्सम्म नेप्से परिसूचकमा सामान्य अङ्कको सुधार सावधान ! चुरोटभन्दा हानिकारक हुक्का