२ माघ २०८२, बिहीबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

ईभी गाडीले ठक्कर दिँदा पठाओ चालकको मृत्यु

२५ असार २०८२, बुधबार ११:४४

काठमाडौं । काठमाडौँको टोखामा ईभी गाडीले ठक्कर दिँदा पठाओ चालकको मृत्यु भएको छ।

टोखा नगरपालिका- ६ ग्राण्डि सडक खण्डमा बा.प्र-०१ ००२ ज ७३७८ नम्बरको ईभी माइक्रोले बा.प्र-०२-०४४ प ६४०५ नम्बरको स्कुटरलाई ठक्कर दिँदा २४ वर्षीय युवकको मृत्यु भएको हो। घटना मंगलबार दिउँसो साढे ३ बजेतिरको हो।

मृत्यु हुनेमा सर्लाहीको हरिवन नगरपालिका-१ बिलन्दी घर भइ हाल भक्तपुरको थलीमा बस्दै आएका २४ वर्षीय सोनाम योञ्जन छन्।

 

उनको शव हाल ग्राण्डी अस्पतालमा राखिएको छ। दुर्घटनामा गम्भीर घाइते भएका योञ्जनको उपचारको क्रममा ग्राण्डी अस्पताल टोखामा मृत्यु भएको प्रहरीले जनाएको छ।

तर, मृतकका बुवा राजकुमार योञ्जनले भने घटना शंकास्पद देखिएको बताएका छन्। आफ्नै लेनमा रहेको स्कुटरलाई अगाडीबाट आएको माइक्रोले ठक्कर दिँदा छोराको मृत्यु भएको उनले बताए। मृतकको शव अहिले ग्राण्डी अस्पतालमै छ।

घटनाको निष्पक्ष छानविन गरि दोषीमाथि कारबाहीको माग गर्दै पीडित पक्षले शव बुझन् मानेका छैनन्। मलेसियामा रोजगारी गरेर स्वदेश फर्किएका सोनामले एक वर्षदेखि काठमाडौँमा पठाओ चलाउँदै आएका थिए।

फुर्सदको बेला उनी मार्केटिङ पनि गर्थे। ‘आफ्नै देशमा केही गर्छु भनेर स्वदेश फर्किएको थियो,’ मृतक युवकका बुवा राजकुमारले भने, ‘उसको मृत्यु हुँदा नौ महिनाको नाती टुहोरो भयो, हामीले छोरा गुमायौँ।’

उनले घटना शंकास्पद देखिएको भन्दै प्रहरीलाई निस्पक्ष छानविन गर्न आग्रह गरे। ‘हामीलाई आज चक्रपथ प्रहरीले छलफलका लागि बोलाएको छ, म त्यता जाँदै छु,’ उनले भने।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
बङ्गलादेशमा निर्वाचन अघि आगमन भिसा निशेध कांग्रेसका दुई महामन्त्री र सहमहामन्त्रीमाथि कारबाही नेप्से परिसूचकमा झिनो अङ्कको सुधार के–पपको तालमा जापान–दक्षिण कोरिया निकटता कांग्रेस केन्द्रीय कार्यसमिति बैठक सुरु गाजामा युद्धविरामपछि सय भन्दा बढी बालबालिकाको मृत्यु : युनिसेफ काठमाडौँबाट चुनावी अभियान सुरु गर्दै एमाले चीनको व्यापार अधिशेष ऐतिहासिक उचाइमा ‘निर्वाचनलाई सफल बनाउनु हाम्रो दायित्व हो’ सुशासन र समृद्धिका लागि स्वजागरण कार्यक्रम पार्टीको एकता जोगाउन सभापति देउवा लचक इरानमा हिंसा बढ्दै, ट्रम्पद्वारा संयम अपनाउन आग्रह मोटरसाइकलको ठक्करबाट वृद्धाको मृत्यु, चालक घाइते सुनचाँदीको मुल्य उच्च विन्दुमा कांग्रेस विशेष महाधिवेशन : आज निर्वाचनको कार्यक्रम सुशासन कार्यान्वयन गर्न सानो प्रयास पनि पर्याप्त छ : सञ्चारमन्त्री खरेल लोकतन्त्रको आत्मा निर्वाचन : आयुक्त तुलाधर किसानको आक्रोश संसद्सम्म नेप्से परिसूचकमा सामान्य अङ्कको सुधार सावधान ! चुरोटभन्दा हानिकारक हुक्का