२८ पुष २०८२, सोमबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

श्रीमान-श्रीमती सवार कार दुर्घटनाग्रस्त,दुर्घटनापछि श्रीमतीलाइ छोडेर श्रीमान फरार,२ जना घाइते

२० श्रावण २०८२, सोमबार १२:१६

काठमाडौँ | काठमाडौंको जोरपाटीमा दुर्घटना भएको कारले दुई जना पैदलयात्रीलाई ठक्कर दिएको खुलेको छ।

गोकर्णेश्वर नगरपालिका-६ स्थित गोकर्णेश्वरबाट छहारी क्लब जाँदै गरेको बा १९ च ७७२४ नम्बरको कारले बिहान ६:५५ बजे सडकपेटीमा हिँडिरहेका दुई जनालाई ठक्कर दिएको घटनास्थलमा खटिएका प्रहरीले जनाएका छन्।

आफै अनियन्त्रित भएको कारले काभ्रे घर भइ हाल गोकर्णेश्वर बस्ने ६२ वर्षीय परशुराम पराजुली र ३४ वर्षीया सरिता केसीलाई ठक्कर दिएको थियो। परशुराम धान बोकेर मिलतर्फ जाँदै गरेको अवस्थामा कारले ठक्कर दिएको थियो। उनी गभ्मीर घाइते छन्। उनलाई उपचारका लागि बाँसबारीस्थित न्युरो अस्पताल लगिएको घटनास्थलमा खटिएको प्रहरीले जनाएको छ।

सरिता सामान्य घाइते भएकी छन्। उनको उपचार अत्तरखेलस्थित नेपाल मेडिकल कलेजमा उपचार भइरहेको छ। कार गोकर्णेश्वर नगरपालिकास्थित माकलबारी बस्ने ५१ वर्षीय कृष्णप्रसाद पाण्डेले चलाएका थिए। अनियन्त्रित भएर पैदलयात्रीलाई ठक्कर दिएपछि उक्त कार बिजुलीको दुइटा पोलको बीचमा छिरेर अड्किएको थियो।

दुर्घटनापछि चालक पाण्डे सम्पर्कविहीन रहेको काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयका एसपी दीपक गिरीले जानकारी दिए। घटनास्थलमा खटिएका प्रहरीका अनुसार कारमा श्रीमान-श्रीमती सवार थिए।

दुर्घटनापछि श्रीमान फरार रहेको र श्रीमती प्रहरीको सम्पर्कमा आएर उपचारमा संलग्न छिन्। दुर्घटनाग्रस्त कार घटनास्थलमै छ।

यसबारे थप अनुसन्धान भइरहेको एसपी गिरीले जानकारी दिए।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
विशेष महाधिवेशन मङ्गलबारसम्म लम्बिने राष्ट्रपतिद्वारा राष्ट्रियसभाको अधिवेशन आह्वान महामन्त्री शर्माको प्रस्तावः ‘पार्टीको विधान, कार्यशैली र कार्यक्रमलाई समयानुकूल बनाऔँ’ पाकिस्तान–अफगानिस्तान सीमा बन्द हुँदा अरबौंको घाटा, व्यापार र अर्थतन्त्रमा ठुलो झट्का त्रिवि शिक्षण अस्पतालद्वारा स्वास्थ्य बिमा कार्यक्रम बन्द प्रधानमन्त्री कार्कीसमक्ष इजरायली राजदूतको शिष्टाचार भेटवार्ता ग्रोकमाथि मलेसिया–इन्डोनेसियाको प्रतिबन्ध कांग्रेसलाई युवापुस्ताले विश्वास गर्नसक्ने बनाउने महामन्त्री थापाको प्रस्ताव नेप्से परिसूचकमा सामान्य अङ्कको गिरावट मुस्ताङमा ४८ घण्टादेखि विद्युत् सेवा अवरुद्ध महामन्त्री थापाद्वारा समसामयिक राजनीतिक प्रस्ताव पेस अमेरिकाले ग्रिनल्यान्डलाई ‘कुनै न कुनै तरिकाले’ लिनेछ : ट्रम्प इरान तनाव चर्किँदै, मृतक सङ्ख्या ५४४ पार्टीलाई विभाजन होइन, एकताबद्ध गरेर लैजान आवश्यक छ : नेता डा कोइराला कांग्रेस विशेष महाधिवेशन कार्यविधि पारित कांग्रेस विशेष महाधिवेशनको बन्दसत्र सुरु जिप दुर्घटना हुँदा तीनको मृत्यु कृत्रिम खुट्टाकै सहारामा सातै महादेशका शिखर आरोहण सुनचाँदीको मूल्य बढ्यो अल्पायुमै अस्ताए प्रशान्त…