२०८२, ३० चैत्र सोमबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

कलेजका विद्यार्थीलाई लुट्ने र स्कुटर चोर्ने समूह पक्राउ

२०८२, ४ भाद्र बुधबार १२:३३

काठमाडौँ | पाँच दिनअघि लैनचौरस्थित निस्ट कलेजमा पढ्ने एक जना विद्यार्थी अपहरणमा परे । अपरिचित व्यक्तिहरूले उनलाई स्कुटरमा राखेर एकान्तमा लगे । उनीसँग भएको मोबाइल सहितका सामान लुटपाट गरे अनि, उनलाई छाडिदिए । त्यसबारे अनुसन्धान गर्दै जाँदा प्रहरीले विद्यार्थीलाई लुट्ने र स्कुटर चारी गर्ने समूहलाई पक्राउ गरेको छ । मंगलबार काठमाडौँको म्हेपी पुलबाट दुई जना र काभ्रेस्थलीबाट चार जना पक्राउ परेका हुन् ।

पक्राउ पर्नेमा रामेछापको रस्नालु घर भएर ग्राण्डी बस्ने २० वर्षीय प्रकाश तामाङ, काभ्रे घर भएका २२ वर्षीय मिलन तामाङ छन् । उनीहरूलाई म्हेपी पुल नजिकैबाट पक्राउ गरिएको जिल्ला प्रहरी परिसर काठमाडौँका एसपी अपिल बोहराले बताए । त्यस्तै नुवाकोटको लिखु घर भएका २५ वर्षीय संग्राम राई, सुनसरी घर भएका २१ वर्षीय दिपेश लिम्बु, स्याङ्जा घर भएका १६ वर्षीय साहिल क्षेत्री, मकवानपुर घर भएर टोखा बस्ने २७ वर्षीय शम्भु माझीलाई प्रहरीले काभ्रेस्थलीबाट पक्राउ गरेको छ ।

प्रहरी प्रभाग गोङ्गबुका इन्स्पेक्टर शरणविक्रम शाह र उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले अनुसन्धानपछि उनीहरूलाई पक्राउ गरेको हो । स्कुटर चोर्ने र त्यहाँ स्कुटर प्रयोग गरेर उनीहरूले लुटपाट धन्दा चलाउने गरेको अनुसन्धानमा संलग्न अधिकृतहरू बताउँछन् । मकवानपुरको बागमती घर भएर टोखा नगरपालिका–८ बस्ने शम्भु माझीको साथबाट प्रहरीले चोरीको स्कुटर बरामद गरेको छ । माझीले सो स्कुटर आफूले अरूसँग खरिद गरेको बयान दिएका छन् । आरोपीहरूको साथबाट प्रहरीले दुई वटा चोरीको स्कुटर पनि बरामद गरेको छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
क्रियाशील सदस्यता खारेज गर्ने होइन, अद्यावधिक गर्दैछौं : महामन्त्री पौडेल ओलीको पित्तथैलीको शल्यक्रिया हुदै सुनचाँदीको मूल्य घट्यो सुन चाँदीको मूल्य बढ्यो राष्ट्रिय हितमाथि कहीँकतैबाट प्रहार भयो भने हामी सदनभित्र र बाहिरबाट प्रतिवाद गर्छौँ: प्रचण्ड स्रोत नखुलेको नगद ८ लाख रूपैयाँसहित २ जना पक्राउ सम्पूर्ण छानबिनका लागि म तयार छु: प्रचण्ड यात्रुवाहक सवारीमा आरक्षित सिट नराखे कारबाही गरिने हालको निराशालाई सङ्कल्पमा बदल्ने छौँ र सङ्कल्पलाई आशामा बदल्ने छौ: शङ्कर पोखरेल वैदेशिक रोजगारीमा जानेले विमानस्थलमा रसिद पेस गर्नु नपर्ने ग्रामीण पर्यटन आर्थिक समृद्धिको बलियो आधार हो: नारायणप्रसाद दाहाल काठमाडौँ उपत्यकामा सार्वजनिक सवारीमा न्यूनतम भाडा २४ रुपैयाँ रुखले किचेर एक जनाको मृत्यु, दुई जना घाइते वैदेशिक रोजगारीमा विभिन्न देश पठाइदिन्छु भन्दै ठगी गर्ने दुई जना पक्राउ दुर्गा प्रसाईंविरुद्ध मुद्दा दायर कलाकार सागर लम्साल हाजिर जमानीमा छुटे उपसभामुखमा रुबी कुमारी निर्वाचित लागूऔषधसहित दुई जना पक्राउ संसद्‌मा टेबुलको सट्टा ताली बजाउँदा कति राम्रो होला : हर्क साम्पाङ इरानले होर्मुजमा शुल्क लगाउनु हुदैन : ट्रम्प