१ माघ २०८२, बुधबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

वैदेशिक रोजगारीमा विभिन्न देश पठाइदिन्छु भन्दै रकम ठगी गर्ने ४ जना पक्राउ

६ भाद्र २०८२, शुक्रबार १३:३३

काठमाडौँ | वैदेशिक रोजगारीमा आकर्षक तलबको प्रलोभनमा पारी विभिन्न देश पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा ४ जनालाई प्रहरीले पक्राउ गरेको छ ।

पक्राउ पर्नेहरूमा टोखा नगरपालिका-३ बस्ने प्युठान, प्युठान नगरपालिका-८ घर भएका ३९ वर्षीय शान्त बहादुर विक, काठमाडौँ महानगरपालिका-३२ बस्ने काभ्रे भुम्लु गाउँपालिका-१ घर भएका २६ वर्षीय प्रल्हाद खत्री, काभ्रे बनेपा नगरपालिका-८ बस्ने सिराहा कर्जन्हा नगरपालिका-८ घर भएका ४४ वर्षीय महमद हातीम र काठमाडौँ बुढानिलकण्ठ नगरपालिका-२ बस्ने खोटाङ हलेसी तुवाचुङ नगरपालिका-४ घर भएका ४६ वर्षीय तारा बस्नेत तामाङ रहेका छन् ।

पक्राउ मध्ये शान्त बहादुरले क्यानडा पठाइदिन्छु भन्दै १ जना पीडितबाट ६ लाख रूपैयाँ, प्रल्हादले कतार पठाइदिन्छु भन्दै ३ जना पीडितहरूबाट ७ लाख रूपैयाँ, महमदले कतार पठाइदिन्छु भन्दै १ जना पीडितबाट ३ लाख रूपैयाँ र ताराले दक्षिण अफ्रिका पठाइदिन्छु भन्दै १ जना पीडितबाट ५ लाख १७ हजार रूपैयाँ लिई सम्पर्कबिहीन भएको भन्ने पीडितहरूको उजुरीको आधारमा काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालय टेकुबाट खटिएको प्रहरीले शान्त बहादुरलाई काठमाडौँ महानगरपालिका-२९ बाट, प्रल्हादलाई काठमाडौँ महानगरपालिका-२६ बाट र महमदलाई काभ्रे बनेपा नगरपालिका-७ बाट बुधबार तथा तारालाई बुढानिलकण्ठ नगरपालिका-२ बाट बिहीबार पक्राउ गरेको हो ।

उनीहरूलाई आवश्यक अनुसन्धान तथा कारवाहीको लागि वैदेशिक रोजगार विभाग ताहाचल काठमाडौँ पठाइएको जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
कांग्रेसका दुई महामन्त्री र सहमहामन्त्रीमाथि कारबाही नेप्से परिसूचकमा झिनो अङ्कको सुधार के–पपको तालमा जापान–दक्षिण कोरिया निकटता कांग्रेस केन्द्रीय कार्यसमिति बैठक सुरु गाजामा युद्धविरामपछि सय भन्दा बढी बालबालिकाको मृत्यु : युनिसेफ काठमाडौँबाट चुनावी अभियान सुरु गर्दै एमाले चीनको व्यापार अधिशेष ऐतिहासिक उचाइमा ‘निर्वाचनलाई सफल बनाउनु हाम्रो दायित्व हो’ सुशासन र समृद्धिका लागि स्वजागरण कार्यक्रम पार्टीको एकता जोगाउन सभापति देउवा लचक इरानमा हिंसा बढ्दै, ट्रम्पद्वारा संयम अपनाउन आग्रह मोटरसाइकलको ठक्करबाट वृद्धाको मृत्यु, चालक घाइते सुनचाँदीको मुल्य उच्च विन्दुमा कांग्रेस विशेष महाधिवेशन : आज निर्वाचनको कार्यक्रम सुशासन कार्यान्वयन गर्न सानो प्रयास पनि पर्याप्त छ : सञ्चारमन्त्री खरेल लोकतन्त्रको आत्मा निर्वाचन : आयुक्त तुलाधर किसानको आक्रोश संसद्सम्म नेप्से परिसूचकमा सामान्य अङ्कको सुधार सावधान ! चुरोटभन्दा हानिकारक हुक्का इरानमा आंशिक छुट, मृतक सङ्ख्या ६४६ पुग्यो