१ माघ २०८२, बुधबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

भ्रामक समाचारमा विश्वास नगर्न सेनाको आग्रह

२७ भाद्र २०८२, शुक्रबार १२:३२

काठमाडौँ | नेपाली सेनाले भ्रामक र झुटा समाचारमा विश्वास नगर्न सबैलाई आग्रह गरेको छ । सैनिक जनसम्पर्क तथा सूचना निर्देशनालयले आज एक विज्ञप्ति जारी गरी विद्यमान परिस्थितिमा सेनालाई जोडेर विभिन्न प्रकारका टीकाटिप्पणी, धारणा र विश्लेषण सम्प्रेषण भएको भन्दै यस्तो आग्रह गरेको हो ।

सेनाले आफ्नो धारणा र गतिविधि नियमित रूरुपमा प्रेस विज्ञप्ति, प्रेस नोट र आधिकारिक सामाजिक सञ्जालमार्फत सार्वजनिक गर्दै आएको जनाएको छ । साथै सेनासम्बन्धी सूचना आदानप्रदानका लागि सूचना निर्देशनालयलगायत स्थानीय स्तरमा पृतना हेडक्वार्टरसँग समन्वय गर्न सकिनेसमेत जानकारी गराइएको छ ।

यसका लागि पूर्वी क्षेत्र (ताप्लेजुङ्ग, पाँचथर, इलाम, झापा, सङ्खुवासभा, तेह्रथुम, भोजपुर, धनकुटा, मोरङ, सुनसरी, खोटाङ, उदयपुर, सोलुखुम्बु, ओखलढुङ्गा) का लागि मोबाइल नं ९८५२०८१७०४, मध्यपूर्वी क्षेत्र (सप्तरी, सिराह, धनुषा, महोत्तरी, सर्लाही, रौतहट, बारा, पर्सा, सिन्धुली, रामेछाप र दोलखा) का लागि मोबाइल नं ९८५४०२०७७२, मध्य क्षेत्र (रसुवा, नुवाकोट, मकवानपुर, धादिङ, चितवन)का लागि मोबाइल नं ९८६३०२८८८४ र पश्चिम क्षेत्र (गोरखा, तनहुँ, स्याङ्जा, पर्वत, कास्की, मनाङ, लम्जुङ, बाग्लुङ, म्याग्दी र मुस्ताङ) का लागि मोबाइल नं ९८५६०११४३९ मा सम्पर्क गर्न सकिने विज्ञप्तिमा उल्लेख छ ।

यसैगरी, मध्यपश्चिम क्षेत्र (नवलपरासी पूर्व, नवलपरासी पश्चिम, रुपन्देही, पाल्पा, कपिलवस्तु, अर्घाखाँची, गुल्मी, दाङ, प्यूठान, रोल्पा, सल्यान, रुकुम पूर्व र रुकुम पश्चिम)का लागि मोबाइल नं ९८६३०२९१३७, उत्तर पश्चिम क्षेत्र (बाँके, बर्दिया, सुर्खेत, दैलेख, जाजरकोट, कालीकोट, जुम्ला, डोल्पा, मुगु र हुम्ला)का लागि मोबाइल नं ९८६३०२९१७७, सुदूरपश्चिम क्षेत्र (कैलाली, कञ्चनपुर, डडेलधुरा, डोटी, अछाम, बाजुरा, बैतडी, दार्चुला र बझाङ) का लागि मोबाइल नं ९७६२३०६५६१ र उपत्यका क्षेत्र (काठमाडौँ, भक्तपुर, ललितपुर, काभ्रेपलाञ्चोक र सिन्धुपाल्चोक)का लागि मोबाइल नं ९८६०११३६२२ मा सम्पर्क गर्न सकिने जनाइएको छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
सुशासन कार्यान्वयन गर्न सानो प्रयास पनि पर्याप्त छ : सञ्चारमन्त्री खरेल लोकतन्त्रको आत्मा निर्वाचन : आयुक्त तुलाधर किसानको आक्रोश संसद्सम्म नेप्से परिसूचकमा सामान्य अङ्कको सुधार सावधान ! चुरोटभन्दा हानिकारक हुक्का इरानमा आंशिक छुट, मृतक सङ्ख्या ६४६ पुग्यो निर्वाचन समितिद्वारा निर्वाचन कार्यतालिका सार्वजनिक भरतपुरमा बृहत् चक्रपथ उद्घाटन जापान–दक्षिण कोरिया शिखर सम्मेलन : अर्थतन्त्र र क्षेत्रीय चुनौतीमा केन्द्रित छलफल कांग्रेस केन्द्रीय कार्यसमिति बैठक सुनचाँदीको मूल्य आज पनि बढ्यो अत्यधिक चिसो बढेपछि यारी भन्सार कार्यालय तीनमहिनाका लागि बन्द विशेष महाधिवेशन मङ्गलबारसम्म लम्बिने राष्ट्रपतिद्वारा राष्ट्रियसभाको अधिवेशन आह्वान महामन्त्री शर्माको प्रस्तावः ‘पार्टीको विधान, कार्यशैली र कार्यक्रमलाई समयानुकूल बनाऔँ’ पाकिस्तान–अफगानिस्तान सीमा बन्द हुँदा अरबौंको घाटा, व्यापार र अर्थतन्त्रमा ठुलो झट्का त्रिवि शिक्षण अस्पतालद्वारा स्वास्थ्य बिमा कार्यक्रम बन्द प्रधानमन्त्री कार्कीसमक्ष इजरायली राजदूतको शिष्टाचार भेटवार्ता ग्रोकमाथि मलेसिया–इन्डोनेसियाको प्रतिबन्ध कांग्रेसलाई युवापुस्ताले विश्वास गर्नसक्ने बनाउने महामन्त्री थापाको प्रस्ताव