२९ पुष २०८२, मंगलवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

तिहार एवं देउसी-भैलो संस्कृतिको शास्त्रीय तथा सांस्कृतिक पक्षबारे अन्तरक्रिया

५ कार्तिक २०८२, मंगलवार १५:३८

काठमाडौँ | नेपालको मौलिक संस्कार, धर्म र सांस्कृतिक सम्पदाको संरक्षण तथा प्रवर्द्धनमा योगदान पुर्‍याउने उद्देश्यले धार्मिक सांस्कृतिक पत्रकार समाज, नेपालले आज यहाँ अन्तरक्रिया कार्यक्रमको आयोजना गरेको छ ।

‘तिहार एवं देउसी भैलो संस्कृतिको शास्त्रीय तथा सांस्कृतिक पक्ष’ विषयक अन्तरक्रियामा विविध क्षेत्रका विज्ञ, संस्कृतिविद्, अध्येता, जनप्रतिनिधि, धर्मगुरु तथा समाजसेवीहरूले यसबारे आफ्नो आधार राख्नुभयो ।

पत्रकार समाजका अध्यक्ष पूर्णप्रसाद मिश्रको सभापतित्वमा भएको कार्यक्रममा तिहार पर्वसँग सम्बन्धित देउसी र भैलो संस्कृतिको ऐतिहासिकता, शास्त्रीय मूल आधार, सामाजिक सन्देश तथा आधुनिक परिवेशमा यसको संरक्षण र सन्दर्भमा छलफल तथा अन्तरक्रिया गरिएको थियो ।

कार्यक्रमका प्रमुख वक्ता प्रा भवानीप्रसाद खतिवडाले देउसी र भैलोको उत्पत्ति, भाषिक व्युत्पत्ति, धार्मिक सन्दर्भ र जनश्रुतिमा आधारित कथाहरूको विश्लेषण गर्नुभयो । उहाँले ‘देउसी’ शब्द ‘देउशिरी’ बाट उत्पत्ति भएको उल्लेख गर्दै प्राचीन समयमा राजा बलिको कथासँग यसको गहिरो सम्बन्ध रहेको सुनाउनुभयो । तिहार पर्व प्रकृति, जीवजन्तु र मानव जीवनबीचको संवादको प्रतीकसमेत रहेको रहेको खतिवडाको भनाइ थियो ।

‘भैलो’ भन्ने शब्द ‘भवानी’ नामसँग सम्बन्धित भएको र विशेषगरी लक्ष्मी पूजापछिको साँझ गाउने परम्परा रहेको व्याख्या गरिएको थियो ।

कार्यक्रममा राष्ट्रियसभा सदस्य विष्णुदेवी पुडासैनी, पशुपति क्षेत्र विकास कोषका निमित्त सदस्यसचिव शुभास जोशी, संस्कृतिविद् डा बिनुबाबा अर्याललगायतले तिहार पर्वले नेपाली समाजमा सहिष्णुता, आपसी सद्भाव र सामूहिकताको भावना अभिवृद्धि गर्ने धारणा राख्नुभयो । उहाँहरूले यस पर्वलाई शुद्ध, सात्विक र समावेशी ढङ्गले मनाउने परम्परालाई बचाइराख्नुपर्नेमा जोड दिनुभयो ।

कार्यक्रमका अधिकांश वक्ताले देउसी–भैलोको परम्परागत स्वरूपमा आएको विकृति र त्यसको समाधानतर्फ ध्यान दिनुपर्ने धारणा राख्नुभएको थियो ।

कार्यक्रममा बागमती सफाइ अभियन्ता गोविन्दप्रसाद काफ्ले, प्राडा ध्रुव भट्टराई, बौद्ध धर्मगुरुहरू, विभिन्न क्षेत्रका सांस्कृतिक अभियन्ता, पत्रकार तथा धार्मिक समुदायका प्रतिनिधिहरूको उल्लेख्य सहभागिता रहेको थियो ।

समाजका अध्यक्ष मिश्रले यस्ता अन्तक्रिया कार्यक्रमले नेपाली मौलिक संस्कृतिको पुनरावलोकन र संरक्षणमा सशक्त भूमिका खेल्ने विश्वास व्यक्त गर्नुभयो ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
विशेष महाधिवेशन मङ्गलबारसम्म लम्बिने राष्ट्रपतिद्वारा राष्ट्रियसभाको अधिवेशन आह्वान महामन्त्री शर्माको प्रस्तावः ‘पार्टीको विधान, कार्यशैली र कार्यक्रमलाई समयानुकूल बनाऔँ’ पाकिस्तान–अफगानिस्तान सीमा बन्द हुँदा अरबौंको घाटा, व्यापार र अर्थतन्त्रमा ठुलो झट्का त्रिवि शिक्षण अस्पतालद्वारा स्वास्थ्य बिमा कार्यक्रम बन्द प्रधानमन्त्री कार्कीसमक्ष इजरायली राजदूतको शिष्टाचार भेटवार्ता ग्रोकमाथि मलेसिया–इन्डोनेसियाको प्रतिबन्ध कांग्रेसलाई युवापुस्ताले विश्वास गर्नसक्ने बनाउने महामन्त्री थापाको प्रस्ताव नेप्से परिसूचकमा सामान्य अङ्कको गिरावट मुस्ताङमा ४८ घण्टादेखि विद्युत् सेवा अवरुद्ध महामन्त्री थापाद्वारा समसामयिक राजनीतिक प्रस्ताव पेस अमेरिकाले ग्रिनल्यान्डलाई ‘कुनै न कुनै तरिकाले’ लिनेछ : ट्रम्प इरान तनाव चर्किँदै, मृतक सङ्ख्या ५४४ पार्टीलाई विभाजन होइन, एकताबद्ध गरेर लैजान आवश्यक छ : नेता डा कोइराला कांग्रेस विशेष महाधिवेशन कार्यविधि पारित कांग्रेस विशेष महाधिवेशनको बन्दसत्र सुरु जिप दुर्घटना हुँदा तीनको मृत्यु कृत्रिम खुट्टाकै सहारामा सातै महादेशका शिखर आरोहण सुनचाँदीको मूल्य बढ्यो अल्पायुमै अस्ताए प्रशान्त…