2026-10-23 11:43 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

लोकतन्त्रको आत्मा निर्वाचन : आयुक्त तुलाधर

काठमाडौँ | निर्वाचन आयोगका आयुक्त डा जानकीकुमारी तुलाधरले लोकतन्त्रको आत्मा भनेकै स्वच्छ, स्वतन्त्र, निष्पक्ष, समावेशी, विश्वशनीय निर्वाचन भएको बताउनुभएको छ ।

मुख्य निर्वाचन अधिकृत, निर्वाचन अधिकृत तथा प्रदेश, जिल्ला निर्वाचन अधिकारीका लागि निर्वाचन व्यवस्थापनसम्बन्धी दुईदिने अभिमुखीकरणको आज यहाँ समापन गर्दै उहाँले संविधानले सुनिश्चित गरेको सार्वभौमसत्ता जनतामा निहीत रहने सिद्धान्तलाई व्यहारमा उतार्ने सबैभन्दा सशक्त माध्ययम नै निर्वाचन भएको उल्लेख गर्नुभयो ।

आयुक्त तुलाधरले निर्वाचनलाई सफल बनाउने दायित्व निर्वाचन अधिकृतहरूको भएकाले प्रशिक्षण कार्यक्रमले निर्वाचनका कानुनी, प्राविधिक, प्रशासनिक पक्षको आवश्यक ज्ञान, सीप, साझा बुझाइ विकास गर्न टेवा पुग्ने विश्वास व्यक्त गर्नुभयो ।

निर्वाचनको प्रत्येक चरण निर्वाचनको तयारीदेखि मतगणना, नतिजा घोषणासम्म र आचारसंहिता आयोगका निर्देशनअनुसार सञ्चालन हुनु अनिवार्य भएकामा जोड दिँदै उहाँले त्यसका लागि व्यावसायिक दक्षता, निष्पक्ष आचरण, उच्च नैतिकता हुनुपर्ने बताउनुभयो । “निर्वाचनको व्यवस्थापन आजको सन्दर्भमा केवल प्रशासनिक काम मात्र नभई विधि, समावेशिता, पारदर्शिता र जनविश्वाससँग प्रत्यक्ष रूपमा जोडिएको विषय हो”, उहाँले भन्नुभयो ।

त्यसैगरी बाँकेका प्रमुख जिल्ला अधिकारी दिलकुमार तामाङले सुरक्षाको समन्वय गर्ने जिम्मेवारी प्रमुख जिल्ला अधिकारीको भएको उल्लेख गर्दै बाँकेमा निर्वाचनपूर्वको प्राविधिक तयारी भइरहेको जानकारी दिनुभयो ।

अभिमुखीकरणमा लुम्बिनी, सुदूरपश्चिम, कर्णाली प्रदेशका २७ जिल्लाका ६६ जना मुख्य निर्वाचन अधिकृत, निर्वाचन अधिकृत, जिल्ला निर्वाचन अधिकारीको सहभागिता रहेको थियो ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
साउदी अरबको सुरक्षाका लागि बेलायतले खटाउने भयो टाइफून लडाकु विमान, यस्ता छन् विशेषता रास्वपा सभापति रवि लामिछाने पत्नीसहित भारत प्रस्थान, तीनदिने धार्मिक भ्रमण गर्ने लुम्बिनी विकास कोषमा आनी छोइङ डोल्माको नियुक्ति बदर गर्न माग गर्दै आन्दोलन जारी युरोपका ६ देशमा प्रदर्शन चर्कियो, फ्रान्समा १८ सय पक्राउ, इटालीमा विद्यालय कब्जा दसैँमा काठमाडौँ उपत्यकाभित्र सशस्त्र प्रहरीको निःशुल्क बस सेवा कांग्रेसका ३५ वर्ष मुनिका ७ युवा केन्द्रीय सदस्यमा निर्वाचित मलेसिया जाने श्रमिकसँग अतिरिक्त शुल्क असुलेको आरोपमा चार जना पक्राउ बाढीले बगाएको आरुघाट पुलको मर्मत सुरु, दसैँअघि सञ्चालन गर्ने लक्ष्य कर्णालीमा नुहाउने क्रममा १२ वर्षीया बालिका बेपत्ता रोजगारीको मूल्य काम गरेको समयले होइन, आम्दानीले निर्धारण गर्छ : ओली खगेन्द्र सुनारको अडिओ प्रकरणमा रास्वपाले गठन गर्‍यो छानबिन समिति संसद् आरोप–प्रत्यारोपमा केन्द्रित हुँदा जनसरोकारका मुद्दा कमजोर बने : खुश्बु ओली भदौमा मात्रै भित्रियो २ खर्ब २१ अर्ब रुपैयाँ रेमिट्यान्स पोखरामा मोटरसाइकलको ठक्करबाट पैदलयात्रीसहित दुई जनाको मृत्यु देउवा पक्षको महाधिवेशनमा केन्द्रीय नेतादेखि सांसदसम्म स्वतः प्रतिनिधि हुने व्यवस्था काठमाडौँको रानीपोखरीमा पुरुषको शव फेला पढाउने भन्दै भारत लैजाँदै गरिएका २५ बालबालिका सीमाबाटै फर्काइए दसैँ मनाउन काठमाडौँ छाड्नेको संख्या साढे २ लाख नाघ्यो विरोध प्रदर्शनमा सहभागी भएपछि इमरान खानलाई भारत छोड्न आदेश कांग्रेस महाधिवेशन : केन्द्रीय कार्यसमितिको सम्पूर्ण नतिजा आज रातिसम्म आउने