2026-10-23 12:44 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

कारको ठक्करबाट चार वर्षीया बालिकाको मृत्यु

काठमाडौँ | रौतहटमा कारको ठक्करबाट चार वर्षीया बालिकाको मृत्यु भएको छ। बिहीबार दिउँसो साढे २ बजे इशनाथ नगरपालिका-४ मठियामा खेल्दै गरेकी ४ वर्षकी अल्फा खातुनलाई कारले ठक्कर दिएको जिल्ला प्रहरी कार्यालय रौतहटका डिएसपी विष्णु प्रदीप बस्यालले जानकारी दिए। उनका अनुसार बा१५च ४२४४ नम्बरको कारले ठक्कर दिएपछि त्यही गाडीमा राखेर बालिकालाई गौर सिटी अस्पताल लगिएको थियो।

गम्भीर घाइते भएकी ती बालिकाको मृत्यु भएपछि चालक अस्पतालबाट भागेको डिएसपी बस्यालले बताए। उक्त गाडी राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को उम्मेदवारको प्रचारका लागि प्रयोग भएको प्रहरीको भनाइ छ। गाडीमा झन्डा राख्न लठ्ठी राखेको भेटिएको छ। त्यस्तै रास्वपाको स्टिकर गाडीमा टाँसिएको अवस्थामा फेला परेको हो।

उम्मेदवार गाडीमा थिए वा थिएनन् भन्ने खुलेको छैन। प्रहरीले चालकको खोजी गरिरहेको छ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
युरोपका ६ देशमा प्रदर्शन चर्कियो, फ्रान्समा १८ सय पक्राउ, इटालीमा विद्यालय कब्जा दसैँमा काठमाडौँ उपत्यकाभित्र सशस्त्र प्रहरीको निःशुल्क बस सेवा कांग्रेसका ३५ वर्ष मुनिका ७ युवा केन्द्रीय सदस्यमा निर्वाचित मलेसिया जाने श्रमिकसँग अतिरिक्त शुल्क असुलेको आरोपमा चार जना पक्राउ बाढीले बगाएको आरुघाट पुलको मर्मत सुरु, दसैँअघि सञ्चालन गर्ने लक्ष्य कर्णालीमा नुहाउने क्रममा १२ वर्षीया बालिका बेपत्ता रोजगारीको मूल्य काम गरेको समयले होइन, आम्दानीले निर्धारण गर्छ : ओली खगेन्द्र सुनारको अडिओ प्रकरणमा रास्वपाले गठन गर्‍यो छानबिन समिति संसद् आरोप–प्रत्यारोपमा केन्द्रित हुँदा जनसरोकारका मुद्दा कमजोर बने : खुश्बु ओली भदौमा मात्रै भित्रियो २ खर्ब २१ अर्ब रुपैयाँ रेमिट्यान्स पोखरामा मोटरसाइकलको ठक्करबाट पैदलयात्रीसहित दुई जनाको मृत्यु देउवा पक्षको महाधिवेशनमा केन्द्रीय नेतादेखि सांसदसम्म स्वतः प्रतिनिधि हुने व्यवस्था काठमाडौँको रानीपोखरीमा पुरुषको शव फेला पढाउने भन्दै भारत लैजाँदै गरिएका २५ बालबालिका सीमाबाटै फर्काइए दसैँ मनाउन काठमाडौँ छाड्नेको संख्या साढे २ लाख नाघ्यो विरोध प्रदर्शनमा सहभागी भएपछि इमरान खानलाई भारत छोड्न आदेश कांग्रेस महाधिवेशन : केन्द्रीय कार्यसमितिको सम्पूर्ण नतिजा आज रातिसम्म आउने नवरात्रको पाँचौँ दिन आज स्कन्दमाताको पूजा आराधना गरिँदै दुई तिहाइ बहुमत हुँदैमा सरकारका सबै निर्णय सही हुँदैनन् : अमरेश सिंह सुनचाँदीको मूल्यमा गिरावट, सुन तोलाको २ लाख ८८ हजार ४०० रुपैयाँ