2026-10-21 05:38 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

धादिङ बस दुर्घटना : काठमाडौँ ल्याइएका थप एकजनाको मृत्यु, २२ घाइतेको उपचार हुँदै

काठमाडौँ | पोखराबाट काठमाडौँ आउँदै गर्दा धादिङमा दुर्घटना भएको ग २ ख १४२१ नम्बरको यात्रुवाहक बसका घाइते यात्रुमध्ये २२ जनालाई थप उपचारका लागि काठमाडौँ ल्याइएको छ ।

जिल्ला प्रहरी परिसर काठमाडौँका प्रवक्ता, प्रहरी उपरीक्षक पवनकुमार भट्टराईका अनुसार घाइतेमध्ये १२ जनाको राष्ट्रिय ट्रमा सेन्टरमा र १० जनाको नेशनल अस्पताल कलंकीमा उपचार भइरहेको छ । उनले उपचारका लागि ल्याइएका २३ जनामध्ये एकजना घाइतेको मृत्यु भएको जानकारी दिए । उनको पहिचान खुलेको छैन । नेशनल अस्पताल कलंकीमा नौजना पुरुष, एकजना महिला उपचाररत छन् । ट्रमा सेन्टरमा सात पुरुष र पाँच महिलाको उचार भइरहेको छ ।

नेशनल सिटी अस्पतालमा उपचार हुनेमा सितापाईला बस्ने वर्ष ३३ को राजेश कुँवर, तनहुँ भक्ते बस्ने वर्ष १८ को सुविन मल्ल, कास्की लेखनाथका ३५ वर्षीया प्रतिभा पौडेल, कास्कीको देविनगरका २३ वर्षीय चन्द्रआशिष फुँयाल, काठमाडौँ लोलाङ बस्ने वर्ष १९ का संगम मल्ल छन् । कास्की चिसुवाका वर्ष ३९ की प्रमिला भट्टराई, स्याङ्जा फेदिखोला ४ घर भएका वर्ष ६४ का डम्मरबहादुर विक, काठमाडौँ कलंकीका वर्ष २५ का कृष्ण तिवारी, कास्की घर भएका वर्ष २० को सुनम गुरुङ र धादिङ धुनिबेशी घर भएका वर्ष ३६ को राजेन्द्र बिसुन्केको उपचार भइरहेको छ ।

ट्रमा सेन्टरमा उपचार भइरहेकाहरूमा चिनियाँ नागरिक २२ वर्षीया कि मिसि हाउ, काठमाडौँ बौद्धका वर्ष ४८ की एन्जी शेर्पा, तनहुँका वर्ष ४५ को सोमप्रसाद मल्ल, झापाका वर्ष ३० को विपीन मानन्धर छन् । काठमाडौँ गोकर्णका २८ वर्षीया पुजा फुयाल, स्याङ्जा फेदिखोलाका २६ वर्षका सचिन्द्र सुनार र कास्की लेखनाथका प्रदीप लामिछानेको उपचार भइरहेको छ । ट्रमा सेन्टरमै काठमाडौँको बौद्ध बस्ने नोर्बु पाल्देन, कपनका स्वर्णीमा खत्री, कास्कीका १९ वर्षीया सलिना परियार, तनहुँका ४४ वर्षीय मानबहादुर थापा र काठमाडौँ बौद्धका ४८ वर्षीया लङ्साङ्गोली लामाको उपचार भइरहेको काठमाडौँ प्रहरीले जानकारी दिएको छ । उक्त दुर्घटनामा १८ जनाको मृत्यु भएको छ । २६ जना घाइते भएका छन् ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
युरोपका ६ देशमा प्रदर्शन चर्कियो, फ्रान्समा १८ सय पक्राउ, इटालीमा विद्यालय कब्जा दसैँमा काठमाडौँ उपत्यकाभित्र सशस्त्र प्रहरीको निःशुल्क बस सेवा कांग्रेसका ३५ वर्ष मुनिका ७ युवा केन्द्रीय सदस्यमा निर्वाचित मलेसिया जाने श्रमिकसँग अतिरिक्त शुल्क असुलेको आरोपमा चार जना पक्राउ बाढीले बगाएको आरुघाट पुलको मर्मत सुरु, दसैँअघि सञ्चालन गर्ने लक्ष्य कर्णालीमा नुहाउने क्रममा १२ वर्षीया बालिका बेपत्ता रोजगारीको मूल्य काम गरेको समयले होइन, आम्दानीले निर्धारण गर्छ : ओली खगेन्द्र सुनारको अडिओ प्रकरणमा रास्वपाले गठन गर्‍यो छानबिन समिति संसद् आरोप–प्रत्यारोपमा केन्द्रित हुँदा जनसरोकारका मुद्दा कमजोर बने : खुश्बु ओली भदौमा मात्रै भित्रियो २ खर्ब २१ अर्ब रुपैयाँ रेमिट्यान्स पोखरामा मोटरसाइकलको ठक्करबाट पैदलयात्रीसहित दुई जनाको मृत्यु देउवा पक्षको महाधिवेशनमा केन्द्रीय नेतादेखि सांसदसम्म स्वतः प्रतिनिधि हुने व्यवस्था काठमाडौँको रानीपोखरीमा पुरुषको शव फेला पढाउने भन्दै भारत लैजाँदै गरिएका २५ बालबालिका सीमाबाटै फर्काइए दसैँ मनाउन काठमाडौँ छाड्नेको संख्या साढे २ लाख नाघ्यो विरोध प्रदर्शनमा सहभागी भएपछि इमरान खानलाई भारत छोड्न आदेश कांग्रेस महाधिवेशन : केन्द्रीय कार्यसमितिको सम्पूर्ण नतिजा आज रातिसम्म आउने नवरात्रको पाँचौँ दिन आज स्कन्दमाताको पूजा आराधना गरिँदै दुई तिहाइ बहुमत हुँदैमा सरकारका सबै निर्णय सही हुँदैनन् : अमरेश सिंह सुनचाँदीको मूल्यमा गिरावट, सुन तोलाको २ लाख ८८ हजार ४०० रुपैयाँ