2026-10-22 12:44 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

काठमाडौँमा वायु प्रदूषण बढ्यो

काठमाडौँ | काठमाडौँ उपत्यकाको वायु गुणस्तर अस्वस्थकर तहमा पुगेको छ। पछिल्ला केही दिनदेखि घाम राम्रोसँग नलाग्नु र वायुमण्डलमा रहेका फोहोरका कणहरू सतहमा झर्ने क्रम बढेसँगै वायु प्रदूषण बढेको हो।

वायु गुणस्तर मापन गर्ने संस्था आइक्यु एयरका अनुसार हाल काठमाडौँ उपत्यका विश्वका प्रदूषित शहरहरूमध्ये तेस्रो स्थानमा परेको छ। वायुमण्डलमा धुलो, धुँवा तथा अन्य प्रदूषक कणहरूको मात्रा बढ्दै जाँदा वायुको गुणस्तर खस्किएको जनाइएको छ।

प्रदूषण बढेसँगै उपत्यकाको आकाश धुम्म देखिन थालेको छ भने टाढाका डाँडाकाँडा प्रष्ट देखिन छाडेका छन्। वायु प्रदूषण बढ्दा श्वासप्रश्वास सम्बन्धी समस्या हुने जोखिम पनि बढ्ने भएकाले बालबालिका, वृद्धवृद्धा तथा दीर्घरोगीहरूलाई विशेष सतर्कता अपनाउन चिकित्सकहरूले सुझाव दिएका छन्।

विशेषज्ञका अनुसार वर्षा नहुनु, सवारीसाधनको धुँवा, निर्माण कार्यबाट उड्ने धुलो तथा डढेलोका कारण पनि उपत्यकामा वायु प्रदूषण बढ्ने गरेको छ। अहिलेको अवस्थामा अत्यावश्यक कामबाहेक बाहिर कम निस्किन र मास्क प्रयोग गर्न पनि सुझाव दिइएको छ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
युरोपका ६ देशमा प्रदर्शन चर्कियो, फ्रान्समा १८ सय पक्राउ, इटालीमा विद्यालय कब्जा दसैँमा काठमाडौँ उपत्यकाभित्र सशस्त्र प्रहरीको निःशुल्क बस सेवा कांग्रेसका ३५ वर्ष मुनिका ७ युवा केन्द्रीय सदस्यमा निर्वाचित मलेसिया जाने श्रमिकसँग अतिरिक्त शुल्क असुलेको आरोपमा चार जना पक्राउ बाढीले बगाएको आरुघाट पुलको मर्मत सुरु, दसैँअघि सञ्चालन गर्ने लक्ष्य कर्णालीमा नुहाउने क्रममा १२ वर्षीया बालिका बेपत्ता रोजगारीको मूल्य काम गरेको समयले होइन, आम्दानीले निर्धारण गर्छ : ओली खगेन्द्र सुनारको अडिओ प्रकरणमा रास्वपाले गठन गर्‍यो छानबिन समिति संसद् आरोप–प्रत्यारोपमा केन्द्रित हुँदा जनसरोकारका मुद्दा कमजोर बने : खुश्बु ओली भदौमा मात्रै भित्रियो २ खर्ब २१ अर्ब रुपैयाँ रेमिट्यान्स पोखरामा मोटरसाइकलको ठक्करबाट पैदलयात्रीसहित दुई जनाको मृत्यु देउवा पक्षको महाधिवेशनमा केन्द्रीय नेतादेखि सांसदसम्म स्वतः प्रतिनिधि हुने व्यवस्था काठमाडौँको रानीपोखरीमा पुरुषको शव फेला पढाउने भन्दै भारत लैजाँदै गरिएका २५ बालबालिका सीमाबाटै फर्काइए दसैँ मनाउन काठमाडौँ छाड्नेको संख्या साढे २ लाख नाघ्यो विरोध प्रदर्शनमा सहभागी भएपछि इमरान खानलाई भारत छोड्न आदेश कांग्रेस महाधिवेशन : केन्द्रीय कार्यसमितिको सम्पूर्ण नतिजा आज रातिसम्म आउने नवरात्रको पाँचौँ दिन आज स्कन्दमाताको पूजा आराधना गरिँदै दुई तिहाइ बहुमत हुँदैमा सरकारका सबै निर्णय सही हुँदैनन् : अमरेश सिंह सुनचाँदीको मूल्यमा गिरावट, सुन तोलाको २ लाख ८८ हजार ४०० रुपैयाँ