2026-10-01 12:59 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

काठमाडौँमा खाना पकाउने ग्यास अभाव

काठमाडौँ | मध्यपूर्वको तनावले नेपालमा पनि खाना पकाउने ग्यास आपूर्ति प्रभावित भएको छ । कतिपय ग्यास बिक्री डिपो बन्द छन् । सीमित खुलेका डिपोहरुमा उपभोक्ताहरुको लामो लाइन देखिन्छ । आज बिहान यस्तै लामो लाइन बालाजु उद्योगिक क्षेत्रमा देखियो । बिहानैदेखि उपभोक्ताहरु रित्ता सिलिण्डर बोकेर लाइनमा बसेका छन् । कतिपय ग्यास भरिएको सिलिण्डर किनेर फर्किएका छन् । तर ग्यास पाउनेहरुको संख्या सीमित छ ।

अमेरिका, इजरायल र इरानबीच जारी लडाइँका कारण खाडी देशहरु पनि तनाव चुलिएको छ । इरान, युएई र ओमानसँग सीमा जोडिएको समुद्री मार्ग पनि लडाइँबाट प्रभावित भएपछि सो बाटो हुँदै ग्यास र पेट्रोलियम पदार्थ ढुवानी प्रभावित भएको छ । त्यसको असर विश्वभर परेको छ ।

नेपालमा भारत हुँदै ग्यास र तेल आयात हुने गर्दछ । तर भारतमै आपूर्ति प्रभावित हुँदा त्यसको असर नेपालमा पनि परेको छ । पेट्रोलियम पदार्थको बिक्री वितरणको व्यवस्था मिलाउने नेपाल आयल निगमले समस्या समाधानको प्रयास गरे पनि सफल हुन सकिरहेको छैन । अधिकांश उपभोक्ताले ग्यास अभाव भोगेको गुनासो गरेका छन् ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
फ्लाईदुबई घटनामा क्याप्टेन मच्छरको साहसको ट्रम्पद्वारा प्रशंसा फ्लाईदुबई विमानमा ककपिटमै हमला, १०० भन्दा बढी यात्रुको ज्यान जोगियो शुक्रबारदेखि संघीय संसद्को अधिवेशन अन्त्य हुने केएलसिसि टावरमा सुरक्षा दिने श्रमिकहरुको गुनाशो- ‘दुतावास आए तर मालिकका मान्छेसंगै आए’ प्रधानमन्त्री शाहको कार्यशैलीप्रति एमाले सांसद पोखरेलको प्रश्न कांग्रेस वडा अधिवेशनमा सक्रिय सहभागी हुन देउवाको अपिल भोटेकोशी बाढीमा मृत्यु हुनेको संख्या १,४५५ पुग्यो, ४,७१८ बेपत्ता सुनचाँदीको मूल्य स्थिर मलेसिया रोजगारमा संकट: जिम्मेवार निकायको अकर्मण्यताको परिणाम ! जनतालाई ग्यास दिन र महँगी नियन्त्रण गर्न पनि सरकार असफल : पद्मा अर्याल युवालाई विदेश पठाएर र बाह्य स्रोतको भर परेर देश बन्दैन : महामन्त्री पौडेल हरेक युवालाई सिक्ने, अघि बढ्ने र क्षमता प्रयोग गर्ने अवसर दिनुपर्छ : श्रममन्त्री यादव दुर्गा प्रसाई पक्राउको कारण पेस गर्न सर्वोच्चको आदेश प्रतिनिधिसभाबाट पाँच विधेयकसम्बन्धी निर्णय, बैठक बिहीबारसम्म स्थगित कांग्रेसमा समानान्तर महाधिवेशनको तयारी, देउवा समूहले निर्वाचन आयोगलाई बुझायो कार्यतालिका सरकारको कार्यशैलीप्रति महेन्द्र शाहीको असन्तुष्टि, ‘ट्रयाक छोडेर हिँडे दुर्घटना निम्तिन्छ’ प्रधानमन्त्री शाहले इन्जिनियरिङ पृष्ठभूमिका सांसदसँग गरे छलफल दसैं–तिहारका लागि राष्ट्र बैंक र बैंकहरूबाट नयाँ नोट साट्न पाइने प्रतिनिधि सभाको बैठकमा विपक्षीको अवरोध रास्वपाले बोलायो केन्द्रीय समिति बैठक