2026-10-21 01:53 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

१ करोड १६ लाख नगदसहित नागार्जुनबाट दुई हुन्डी कारोबारी पक्राउ

काठमाडौँ | काठमाडौँको नागार्जुन नगरपालिका–८ भिमढुङ्गामा हुन्डी र क्रिप्टोकरेन्सीको अवैध कारोबार गरिरहेको अवस्थामा प्रहरीले दुई जनालाई पक्राउ गरेको छ। विशेष सूचनाका आधारमा जिल्ला प्रहरी परिसर काठमाडौँबाट खटिएको टोलीले उनीहरूलाई १ करोड १६ लाख रुपैयाँ नगद र ठुलो परिमाणमा अन्य सामग्रीसहित नियन्त्रणमा लिएको हो।

पक्राउ पर्नेमा नागार्जुन–८ भिमढुङ्गा बस्ने २८ वर्षीय सागर गिरी र सोही स्थानका २८ वर्षीय प्रमोद प्रसाद धिताल रहेका छन्। उनीहरूले भिमढुङ्गालाई केन्द्र बनाएर अवैध रूपमा हुन्डी र डिजिटल मुद्राको कारोबार गरिरहेको प्रहरीको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ। प्रहरीले उनीहरूको साथबाट नगदका अतिरिक्त विभिन्न बैंकका चेकबुक, ३ थानका २७ लाख ३० हजार रुपैयाँ बराबरको काटिएको चेक, ४ थान एटीएम कार्ड र एक थान नागरिकता बरामद गरेको छ।

यस्तै, उनीहरूले प्रयोग गर्ने दुई वटा चारपाङ्ग्रे र एउटा दुईपाङ्ग्रे सवारी साधन, तीन थान ब्लुबुक, ६ थान मोबाइल फोन र विभिन्न कम्पनीका ३१ थान सिमकार्ड समेत नियन्त्रणमा लिइएको छ। डिजिटल कारोबारको प्रमाणका रूपमा प्रहरीले एक सेट कम्प्युटर र उनीहरूको ‘बाइनन्स’ खातामा रहेको ७ हजार १७५.३४ यूएसडीटी समेत फेला पारेको छ।

पक्राउ परेका दुवै जनालाई काठमाडौँ जिल्ला अदालतबाट पाँच दिनको म्याद थप गरी हिरासतमा राखिएको छ। उनीहरूमाथि हुन्डी तथा अभौतिक मुद्राको अवैध कारोबार सम्बन्धी कसुरमा थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी परिसर काठमाडौँले जनाएको छ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
युरोपका ६ देशमा प्रदर्शन चर्कियो, फ्रान्समा १८ सय पक्राउ, इटालीमा विद्यालय कब्जा दसैँमा काठमाडौँ उपत्यकाभित्र सशस्त्र प्रहरीको निःशुल्क बस सेवा कांग्रेसका ३५ वर्ष मुनिका ७ युवा केन्द्रीय सदस्यमा निर्वाचित मलेसिया जाने श्रमिकसँग अतिरिक्त शुल्क असुलेको आरोपमा चार जना पक्राउ बाढीले बगाएको आरुघाट पुलको मर्मत सुरु, दसैँअघि सञ्चालन गर्ने लक्ष्य कर्णालीमा नुहाउने क्रममा १२ वर्षीया बालिका बेपत्ता रोजगारीको मूल्य काम गरेको समयले होइन, आम्दानीले निर्धारण गर्छ : ओली खगेन्द्र सुनारको अडिओ प्रकरणमा रास्वपाले गठन गर्‍यो छानबिन समिति संसद् आरोप–प्रत्यारोपमा केन्द्रित हुँदा जनसरोकारका मुद्दा कमजोर बने : खुश्बु ओली भदौमा मात्रै भित्रियो २ खर्ब २१ अर्ब रुपैयाँ रेमिट्यान्स पोखरामा मोटरसाइकलको ठक्करबाट पैदलयात्रीसहित दुई जनाको मृत्यु देउवा पक्षको महाधिवेशनमा केन्द्रीय नेतादेखि सांसदसम्म स्वतः प्रतिनिधि हुने व्यवस्था काठमाडौँको रानीपोखरीमा पुरुषको शव फेला पढाउने भन्दै भारत लैजाँदै गरिएका २५ बालबालिका सीमाबाटै फर्काइए दसैँ मनाउन काठमाडौँ छाड्नेको संख्या साढे २ लाख नाघ्यो विरोध प्रदर्शनमा सहभागी भएपछि इमरान खानलाई भारत छोड्न आदेश कांग्रेस महाधिवेशन : केन्द्रीय कार्यसमितिको सम्पूर्ण नतिजा आज रातिसम्म आउने नवरात्रको पाँचौँ दिन आज स्कन्दमाताको पूजा आराधना गरिँदै दुई तिहाइ बहुमत हुँदैमा सरकारका सबै निर्णय सही हुँदैनन् : अमरेश सिंह सुनचाँदीको मूल्यमा गिरावट, सुन तोलाको २ लाख ८८ हजार ४०० रुपैयाँ