2026-10-20 03:30 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

इनिशा बिक हत्या प्रकरण : फरेन्सिक रिपोर्टको पर्खाइमा प्रहरी

काठमाडौँ | बलात्कारपछि हत्या गरिएको भनिएकी सुर्खेतकी इनिशा बिकको हत्या प्रकरणमा जोडिएका अभियुक्तको बयान सकिएको प्रहरीले जनाएको छ । विभिन्न कोणबाट अनुसन्धान भइरहेको उक्त घटनामा नाबालकहरूको बयान सकिएको अनुसन्धानमा संलग्न प्रहरी अधिकृतले बताए । पक्राउ परेका एक नाबालकले दुई वर्षदेखि इनिशासंग प्रेम सम्बन्धमा रहेको बयान दिएका छन् । उनले आफूहरूबिच शारीरिक सम्बन्ध भएको र रक्तश्राव भएपछि इनिशा बेहोस भएको बताएको ती अधिकृतले बताए ।

‘इनिशा बेहोस भएपछि अस्पताल लैजान साथीहरूको सहयोग मागेको हो,’ अभियुक्तको बयान उदृत गर्दै ती अधिकृतले भने, ‘आफ्नो आग्रहमा अरू साथीहरू घटनास्थल आएका हुन् ।’सिसिटिभी फुटेजमा पनि बिहान ६ बजेतिर इनिशा र ती १६ वर्षे नाबालक किशोर मात्रै गएको देखिएको छ । ती युवाहरूले दिएको बयान सत्य हो या झूटो भन्ने कुरा पोलिग्राफबाट थाहा हुनेछ ती अधिकृतले बताए । घटनालाई वैज्ञानिक तवरले अनुसन्धान गर्न नेपालगन्जबाट पोलिग्राफको टोली पनि खटिएको छ । उक्त पोलिग्राफले सही वा झूटो बोलेको कुरा पत्ता लगाउँछ ।

घटनाको अनुसन्धान अन्तिम चरणमा पुगेको जिल्ला प्रहरी कार्यालय सुर्खेतका प्रहरी नायव उपरीक्षक मोहनजंग बुढ्थापाले बताए । घटनाको विभिन्न पाटोबाट अनुसन्धान सकिएको र फरेन्सिक रिपोर्ट आउन बाँकी रहेकाले निष्कर्षमा पुग्न नसकिएको बुढथापाले बताए । अनुसन्धानमा कुनै कमी नरहने गरी सूक्ष्म र वैज्ञानिक तरिकाले अनुसन्धान भइरहेको पनि उनले बताए । सुर्खेतको उषा बाल वाटिका विद्यालयमा कक्षा ११ मा अध्ययनरत इनिशाको घरपरिवार र आफन्तले सामूहिक बलात्कार पछि हत्या गरिएकोले इनिशाको हत्यामा संलग्नलाई कारबाही हुने विश्वस्त वातावरण नभएको भन्दै दबाब बढाइरहेका छन् ।

इनिशा हत्यामा जिल्ला प्रहरी कार्यालय सुर्खेतले प्रारम्भिक अनुसन्धान पूरा गरेपछि थप अनुसन्धानका लागि सीआईबीको टोली वीरेन्द्रनगर पुगेर थप प्रमाण सङ्कलन तथा अनुसन्धान गरिरहेको छ । मृतकको पोस्टमार्टम रिपोर्टअनुसार बलात्कार पछि अत्यधिक रक्तस्रावका कारण इनिशाको मृत्यु भएको देखिएको प्रहरीले जनाएको छ । जिल्ला प्रहरी कार्यालय सुर्खेतका प्रवक्ता डिएसपी मोहनजंग बुढथापाले घटनामा संलग्न रहेका प्रेमी भनिएका १६ वर्षीय एक किशोरसहित चार जनालाई पक्राउ गरी जबरजस्ती करणी र कर्तव्य ज्यानसम्बन्धी मुद्दा दर्ता गरी थप अनुसन्धान भइरहेको छ । फागुन २३ गते इनिशा सामुदायिक जङ्गलमा मृत अवस्थामा भेटिएकी थिइन् । सुर्खेत गुर्भाकोट बडा खाली घर भएकी १६ वर्षीया इनिशा वीरेन्द्रनगरमा बस्दै आएकी थिइन् ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
युरोपका ६ देशमा प्रदर्शन चर्कियो, फ्रान्समा १८ सय पक्राउ, इटालीमा विद्यालय कब्जा दसैँमा काठमाडौँ उपत्यकाभित्र सशस्त्र प्रहरीको निःशुल्क बस सेवा कांग्रेसका ३५ वर्ष मुनिका ७ युवा केन्द्रीय सदस्यमा निर्वाचित मलेसिया जाने श्रमिकसँग अतिरिक्त शुल्क असुलेको आरोपमा चार जना पक्राउ बाढीले बगाएको आरुघाट पुलको मर्मत सुरु, दसैँअघि सञ्चालन गर्ने लक्ष्य कर्णालीमा नुहाउने क्रममा १२ वर्षीया बालिका बेपत्ता रोजगारीको मूल्य काम गरेको समयले होइन, आम्दानीले निर्धारण गर्छ : ओली खगेन्द्र सुनारको अडिओ प्रकरणमा रास्वपाले गठन गर्‍यो छानबिन समिति संसद् आरोप–प्रत्यारोपमा केन्द्रित हुँदा जनसरोकारका मुद्दा कमजोर बने : खुश्बु ओली भदौमा मात्रै भित्रियो २ खर्ब २१ अर्ब रुपैयाँ रेमिट्यान्स पोखरामा मोटरसाइकलको ठक्करबाट पैदलयात्रीसहित दुई जनाको मृत्यु देउवा पक्षको महाधिवेशनमा केन्द्रीय नेतादेखि सांसदसम्म स्वतः प्रतिनिधि हुने व्यवस्था काठमाडौँको रानीपोखरीमा पुरुषको शव फेला पढाउने भन्दै भारत लैजाँदै गरिएका २५ बालबालिका सीमाबाटै फर्काइए दसैँ मनाउन काठमाडौँ छाड्नेको संख्या साढे २ लाख नाघ्यो विरोध प्रदर्शनमा सहभागी भएपछि इमरान खानलाई भारत छोड्न आदेश कांग्रेस महाधिवेशन : केन्द्रीय कार्यसमितिको सम्पूर्ण नतिजा आज रातिसम्म आउने नवरात्रको पाँचौँ दिन आज स्कन्दमाताको पूजा आराधना गरिँदै दुई तिहाइ बहुमत हुँदैमा सरकारका सबै निर्णय सही हुँदैनन् : अमरेश सिंह सुनचाँदीको मूल्यमा गिरावट, सुन तोलाको २ लाख ८८ हजार ४०० रुपैयाँ