Skip to content
Saturday, July 18, 2026 समाचार, वैदेशिक रोजगार र समसामयिक जानकारी

स्रोत नखुलेको १० लाख सहित एक चिनियाँ नागरिक पक्राउ

By साझासवाल 1 मिनेट पढाइ

पढ्न करिब 1 मिनेट लाग्छ
प्रकाशित:

काठमाडौँ | स्रोत नखुलेको १० लाख रुपैयाँसहित प्रहरीले एक चिनियाँ नागरिकलाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा टान झियाङ छन् ।काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयबाट खटिएको प्रहरीले झियाङलाई ठमेल ज्याठाबाट नियन्त्रणमा लिएको हो ।

अनुसन्धान कार्यालयका सूचना अधिकारी मनोहरप्रसाद भट्टका अनुसार उनी ठमेलमा होटल व्यवसाय गर्दै आएका थिए ।