2026-10-21 04:44 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

इरानले नियन्त्रणमा लिएका नेपाली नागरिकको परिचय खुल्यो

काठमाडौँ | इरानी सुरक्षा फौजले नियन्त्रणमा लिएका नेपाली नागरिकको परिचय खुलेको छ । इरानमा तेल लिन जाने क्रममा हर्मुज क्षेत्रको बन्दर अब्बास बन्दरगाहबाट नियन्त्रणमा लिएका नेपालीको परिचय खुलेको हो । पक्राउ पर्ने उदयपुरको गाईघाटका ३० वर्षीय अमृत झा रहेको खुलेको छ । अमृतकी दिदी पूजा झाका अनुसार, आठ दिनअघि एउटा अपरिचित नम्बरबाट ह्वाट्सएपमा आएको ‘भ्वाइस मेसेज’मार्फत उनी पक्राउ परेको जानकारी परिवारले पाएको थियाे । सन्देशमा अमृतले आफू र अन्य केही भारतीय नागरिकलाई इरानी सेनाले हिरासतमा राखेको बताएका छन् ।

दुई वर्षअघि वैदेशिक रोजगारीका लागि दुबई पुगेका अमृत त्यहाँस्थित ‘ब्ल्याक सी मरिन एलएलसी’ कम्पनीको जहाजमा कार्यरत थिए । ‘गत जनवरी १२ मा अन्तिम पटक फोन हुँदा काम सकिन लागेको र सिधै नेपाल आउने बताएको थियो,’ पूजाले भनिन्, ‘अचानक भाइ पक्राउ परेको खबरले हामी स्तब्ध छौँ । उसको सुरक्षित रिहाइका लागि पहल गरिदिन कन्सुलर विभागमा निवेदन दिएका छौँ ।’

परराष्ट्र मन्त्रालयको पश्चिम एसिया महाशाखाका प्रमुख रामकाजी खड्काले एक नेपाली इरानी सेनाको नियन्त्रणमा रहेको पुष्टि गरेका छन् । यद्यपि, इरान सरकारले औपचारिक रूपमा यसबारे जानकारी नदिएको उनले बताए । कतारस्थित नेपाली दूतावासले यसबारे इरानी पक्षसँग थप बुझ्ने प्रयास गरिरहेको मन्त्रालयले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
युरोपका ६ देशमा प्रदर्शन चर्कियो, फ्रान्समा १८ सय पक्राउ, इटालीमा विद्यालय कब्जा दसैँमा काठमाडौँ उपत्यकाभित्र सशस्त्र प्रहरीको निःशुल्क बस सेवा कांग्रेसका ३५ वर्ष मुनिका ७ युवा केन्द्रीय सदस्यमा निर्वाचित मलेसिया जाने श्रमिकसँग अतिरिक्त शुल्क असुलेको आरोपमा चार जना पक्राउ बाढीले बगाएको आरुघाट पुलको मर्मत सुरु, दसैँअघि सञ्चालन गर्ने लक्ष्य कर्णालीमा नुहाउने क्रममा १२ वर्षीया बालिका बेपत्ता रोजगारीको मूल्य काम गरेको समयले होइन, आम्दानीले निर्धारण गर्छ : ओली खगेन्द्र सुनारको अडिओ प्रकरणमा रास्वपाले गठन गर्‍यो छानबिन समिति संसद् आरोप–प्रत्यारोपमा केन्द्रित हुँदा जनसरोकारका मुद्दा कमजोर बने : खुश्बु ओली भदौमा मात्रै भित्रियो २ खर्ब २१ अर्ब रुपैयाँ रेमिट्यान्स पोखरामा मोटरसाइकलको ठक्करबाट पैदलयात्रीसहित दुई जनाको मृत्यु देउवा पक्षको महाधिवेशनमा केन्द्रीय नेतादेखि सांसदसम्म स्वतः प्रतिनिधि हुने व्यवस्था काठमाडौँको रानीपोखरीमा पुरुषको शव फेला पढाउने भन्दै भारत लैजाँदै गरिएका २५ बालबालिका सीमाबाटै फर्काइए दसैँ मनाउन काठमाडौँ छाड्नेको संख्या साढे २ लाख नाघ्यो विरोध प्रदर्शनमा सहभागी भएपछि इमरान खानलाई भारत छोड्न आदेश कांग्रेस महाधिवेशन : केन्द्रीय कार्यसमितिको सम्पूर्ण नतिजा आज रातिसम्म आउने नवरात्रको पाँचौँ दिन आज स्कन्दमाताको पूजा आराधना गरिँदै दुई तिहाइ बहुमत हुँदैमा सरकारका सबै निर्णय सही हुँदैनन् : अमरेश सिंह सुनचाँदीको मूल्यमा गिरावट, सुन तोलाको २ लाख ८८ हजार ४०० रुपैयाँ