विजय थापा | वाशिंगटन डिसी | नेपाल पाटन घर भएकी हाल अमेरिकामा अध्ययनरत नेपाली चेली कन्चन अमात्य अमेरि"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... विजय थापा | वाशिंगटन डिसी | नेपाल पाटन घर भएकी हाल अमेरिकामा अध्ययनरत नेपाली चेली कन्चन अमात्य अमेरि"/>
२०८२, १७ फाल्गुन आईतवार
काठमाडौँ - KTM

नेपाली चेली कन्चन अमात्य व्हाइट हाउसमा मनोनित

२०७३, २२ श्रावण शनिबार ०२:२७

विजय थापा | वाशिंगटन डिसी | नेपाल पाटन घर भएकी हाल अमेरिकामा अध्ययनरत नेपाली चेली कन्चन अमात्य अमेरिकन कांग्रेसमा युवा तथा बालबालिकाको हितमा काम गर्ने अवसर प्राप्त गरेकी छिन् l उनलाई नेपाली युवा तथा बालबालिकाको पक्षमा वकालत गर्न छनौट गरिएको हो l अमेरिकन संसद प्रतिनिधि सभा तथा अमेरिकन कांग्रेसमा उनले यस्तो जिम्मेबार पाएकी हुन् l 

सानो उमेर देखि नै सफलताको खुट्किलो चढ्दै निरन्तर रुपमा कदम माथि कदम अगाडी बढाउदै गरेकी अमात्य काठमाडौँ सेन्ट मेरिज पढाई पश्च्यात नर्बेमा युनाईटेड वर्ल्ड  कलेज नेपालको तर्फबाट प्रतिनिधित्व गर्दै १२ सम्म छात्रवृतिमा अध्ययन गर्ने मौका पाएकी हुन् l जसको माध्यम बाट उनले विश्वका सबै महादेश  नेपालको प्रतिनिधित्व गर्ने अवसर पाईन l 

मेधावी छात्र भएकै कारण हाल ओक्लाहोमा बिश्व बिद्यालयमा युडब्लुसी डेविस छात्रवृति अन्तर्गत पूर्वस्नातक (अन्डर ग्रजुएट )तहमा अध्ययनरत छिन् l 

कन्चनले भनिन आफुले यस्ता विभिन्न राष्ट्रिय तथा अन्तर्राष्ट्रिय संघ तथा संस्थामा काम गर्ने मौका पाउदा अवसर नगुमाउने बताइन l कन्चन भन्छिन आफ़ुलाई एसियाको वृद्धि तथा विकासमा पुनः परिभाषित गर्न निकै अभिरुचि भएको बताइन l उनले अगाडी भनिन यस्ता मानव परोपकार तथा मानव समुदायको लागि सेवा गर्ने अवसर पाएकोमा आफु गदगद भएको बताईन l

 

अमेरिका जस्तो देशमा अमेरिकन संसद प्रतिनिधि सभा तथा अमेरिकन कांग्रेसमा समेत नेपालको युवा तथा बालबालिकाको हितको लागि काम गर्ने सुनौलो अवसर पाएकोमा आफु निकै उत्साहित भएको बताइन l उनले थप गर्दै भनिन यस्ले सारा नेपाल र नेपालीको शिर उच्च मात्र नभई युवावर्गलाई उत्प्रेरणा समेत हुने आफुलाई लागेको बताइन l 

विश्व ब्यापी रुपमा बालबालिकालाई समान तथा गुणात्मक शिक्षा उपलब्ध गराउन अमेरिकन प्रतिनिधि सभा तथा अमेरिकन कांग्रेसको माध्यमबाट नीति निर्माणको लागि सफल प्रयास गराउनु हो l विश्वमा करौडौ युवा तथा बालबालिका पाठशाला जान नसकेको अवस्था छ कन्चन अमात्यले भनिन l यस विश्वका कुनै पनि कुनामा रहेका सबैले समान तथा गुणात्मक शिक्षा पाउन भन्ने आफ्नो चाहना रहेको बताइन l 

अमेरिकन कांग्रेस द्वारा शिक्षा सबैको लागि (एजुकेसन फरअल बिल )एचआर ४४८१ तथा शरणार्थी शिक्षा बिल (रिफ्युजी एजुकेसन बिल ) को लागि पारित गराउन पुरा कोसिस गर्नु हाम्रो मूल कर्तब्य रहेको अमात्यले भनिन l यसै गरि उनले गत बर्ष गर्ल्स काउन्ट एक्ट २०१५ युएस कांग्रेस बाट पारित गराउन ठुलो मदत गरिन जुन अहिले अमेरिकाको कानुन भएको छ l 

यो कानुनले नेपाल जस्तो देशलाई यस्ले सुनिस्चित गराउने कन्चनले बताइन l अमात्य क्लिन्टन फाउन्डेसनको परियोजनाको दीर्घकालिक माछा पालन कृषि फारम कि सह संस्थापक हुन् भने सयुक्त राष्ट्र संघमा युवा तथा बालबालिकाको पक्षमा सहभागिता समेत जनाएकी छिन् l उनले गरेको मानव सेवाको लागि उनलाई बिल क्लिन्टन फाउन्डेसनले पुरस्कृत समेत गरेको छ l 


यसै गरि राष्ट्रपति भवनमा व्हाइट हाउस को कार्यालयमा भएको बिज्ञान तथा प्रविधि नीति बिषयक गोष्ठीमा वक्ताको रुपमा प्रस्तुति समेत गरि सकेकी छिन् l राष्ट्र संघमा नेपालको प्रतिनिधित्व गर्ने सबै भन्दा युवा महिला भै प्रतिनिधित्व गर्ने अवसर पाएकी छिन् भने यस अगाडी उनले सयुक्त राष्ट्र संघको साधारण सभामा वक्ता बनेर झन्डै पैतिस लाख जनसख्याको प्रतिनिधित्व गर्दै बोल्ने अवसर समेत पाएकि छिन् l 

अमात्य ग्लोबल च्याम्पियन फर वुमेन'स इकोनोमिक इम्पावर मेन्ट, सयुक्त राष्ट्र संघ महिला सशक्तिकरण, युनाईटेड नेसन्स युथ एन स्टुडेन्ट एसोसिएसन अफ नेपाल कि अन्तर राष्ट्रिय निर्देशक, रिजोलुसन प्रोजेक्ट कि रिजोलुसन फेलो, ओक्लाहोमा राज्यको युएसए एट फ्रेन्ड्स नेपालकि (डब्लुपीपीसी) सद्भावना दुत लिङ्ग तथा सामाजिक विकास सल्लाहकार, नेपाल, शान्ति एज्नेट, बिशिस्ट ओलम्पिकको पूर्व परियोजना नेतृत्वमा समेत काम गरि सकेकी छिन् l 

विश्व समुदायको सेवाको लागि उनि संसार भरका बिभिन्न देशका भ्रमणमा व्यस्त भै रहने उनले बताएकी छिन् l पिता जगदिस मान अमात्य तथा माता कृष्ण अमात्यकि कान्छी सुपुत्री कन्चन भर्खर किशोरावस्था पार गरेकी छिन् l

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
परिस्थितिलाई सम्हाल्ने तागत अहिले कांग्रेसका सभापति गगनकुमार थापासँग मात्रै छ: विश्वप्रकाश शर्मा ओलीद्वारा मध्यपूर्वमा पछिल्लो समय देखिएको तनावप्रति चिन्ता व्यक्त इजरायल–इरान यात्रा नगर्न सरकारको अनुरोध कांग्रेस सबै जातजातिको साझा पार्टी हो : गगनकुमार थापा इजरायलमा रहेका नेपालीलाई सतर्क रहन दूतावासको आग्रह निर्वाचन आचारसंहिता उल्लङ्घन गरेका आठ जनालाई कारबाही यूएई, बहरइन, कतार र कुवेतमा आक्रमण बीचमा थुप्रै उतारचढाव भए पनि अन्ततः सिंगै देश अहिले निर्वाचनमय भएको छ: प्रचण्ड चुनाव र होलीमा समेत बन्दी प्रत्यक्षीकरणका लागि सर्वोच्च खुला रहने अरुण नदीको बेलीब्रिज भाँचियो प्रविधिमैत्री बन्दै काठमाडौँ महानगरपालिकाका सामुदायिक विद्यालय निर्वाचन छल्न सिंगापुर उडे शेरबहादुर देउवा नेपाल राष्ट्र बैंकको स्वायत्तता कि राजनीतिक छाया ? जापानले ताइवान नजिकैको टापुमा सन् २०३१ सम्ममा मिसाइल तैनाथ गर्ने धादिङ बस दुर्घटनाको छानबिन गर्न सरकारले बनायो कार्यदल सावित्रा भण्डारीलाई गम्भीर चोट, एन्फाले बेवास्ता गर्दा समर्थकसँग मागिन सहयोग कसैले बुथ कक्जा गर्छु भन्छ भने कल्पना नगरे हुन्छ: ओली सामान्य अंकले घट्यो नेप्से बसभित्र च्यापिएका घाइतेको ५ घण्टापछि जीवितै उद्धार झुन्डिएको अवस्थामा एक किशोरी मृत फेला