१६ माघ २०८२, बिहीबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

फेसबुकमा स्रोलिङ्गीको नक्कली अकाउन्ट खोलेर चरित्र हत्या गरेको आरोपमा एक पक्राउ

५ श्रावण २०७९, बिहीबार १३:५४

साउन ५, काठमाडौं | नेपाल प्रहरीको साइबर ब्‍युरोले सामाजिक सञ्जाल फेसबुकमा तेस्रोलिङ्गीको नक्कली एकाउन्ट बनाएर चरित्र हत्या गरेको अभियोगमा प्रहरीले एकजनालाई पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा काभ्रेको नमोबुद्ध नगरपालिका–५ घर भइ हाल काठमाडौंको बौद्ध बस्ने २४ वर्षीय ट्याक्सी चालक कर्मवाङ सिंङ लामा छन् ।

पीडितले प्रहरीको साइबर ब्यूरोमा दिएको उजुरीका आधारमा उनलाई विद्युतीय कारोबार ऐन, २०६३ अन्तर्गतको कसूरमा अनुसन्धानका लागि पक्राउ गरिएको एसएसपी नविन्द अर्यालले बताए ।

उनका अनुसार लामाले पीडितले प्रयोग गर्ने फेसबुकबाट तस्वीर डाउनलोड गरेर नक्कली एकाउन्ट बनाएका थिए । म्यासेन्जरमार्फत पीडित बनेर साथीहरुसँग पैसा पनि मागेको पाइएको छ ।

सोही एकाउन्टमार्फत ‘स्टडी म्याटरियल’ नामक म्यासेन्जर ग्रुपमा अर्की पीडित महिलाको पेशा देहव्यापार हो भन्ने आशयको शब्दहरु लेखेर पोष्ट गरेको अर्यालले बताए । अदालतबाट ५ दिनको म्याद लिएर प्रहरीले अनुसन्धान गरिरहेको छ ।  

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
दरबारमार्गमा आगलागी, नियन्त्रणमा लिने प्रयास जारी काठमाडौँसहित देशका प्रमुख सहरमा बुद्ध एयरको उडान प्रभावित आमा–छोराको हत्या प्रकरणमा बुहारी पक्राउ काठमाडौँ उपत्यकामा वर्षा बझाङमा विद्यालयको भवन निर्माणमा भ्रष्टाचार, ५ जनाविरुद्ध मुद्धा दायर नेप्सेमा सामान्य अङ्कको सुधार आगामी एक वर्षभित्र ‘ग्रे लिस्ट’ बाट बाहिरिने गरी काम गरौँः अर्थमन्त्री खनाल राष्ट्रपति पौडेल समक्ष राष्ट्रिय सभा सदस्य निर्वाचनको प्रतिवेदन पेस सुनचाँदीको मूल्यआज पनि बढ्यो भारी हिमपातले मध्यपहाडी लोकमार्ग अवरुद्ध युवराज सफल पक्राउ पार्टी १२ दिन कोमामा गयो तर तन्दुरुस्त भएर निस्कियौं: कुलमान घिसिङ सामाजिक सञ्जालमा स्टन्ट गरेर जनताको दिमाग चाट्ने काम हुँदैछ: प्रचण्ड प्रतिनिधिसभा निर्वाचनका लागि भारतले उपहार दिएका गाडीहरू सिंहदरबारमा राखियो नेप्से परिसूचक ४२.५८ अंकले घट्यो राष्ट्रियसभाको बैठकमा दुईवटा प्रतिवेदन पेस तलबको प्रलोभनमा पारी विभिन्न देश पठाइदिन्छु भन्दै ठगी गर्ने चार जना पक्राउ राष्ट्रियसभाको बैठक सिंहदरवारमा सुरु परीक्षा पास गरे पनि कोरिया जान नपाएको भन्दै माइतीघरमा प्रर्दशन सुनचाँदीको मूल्य बढ्यो