2026-09-15 11:09 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काभ्रेपलान्चोक - KVP

केयुको ३०औँ दीक्षान्तमा एक हजार १२९ दीक्षित

2025-06-13

काठमाडौँ । काठमाडौँ विश्वद्यिालय (केयु)को ३०औँ दीक्षान्त समारोह (दोस्रो चरण)मा आज विभिन्न तह एवं विधामा एक हजार १२९ विद्यार्थी दीक्षित भएका छन् ।

दीक्षान्त समारोह प्रधानमन्त्री एवं विश्वविद्यालयका कुलपति केपी शर्मा ओलीको अध्यक्षमा सम्पन्न भएको समारोहमा अमेरिकास्थित माउन्ट साइनाई हेल्थ सिस्टम्सका प्रमुख कार्यकारी अधिकृत बे्रन्डन जी कारको प्रमुख आतिथ्य तथा शिक्षा विज्ञान तथा प्रविधिमन्त्री एवं सहकुलपति रघुजी पन्तको समुपस्थिति रहेको थियो ।

समारोहमा स्कुल अफ आर्टसका १६३, स्कुल अफ एजुकेसनका १०२, स्कुल अफ इञ्जिनियरिङका ६८, स्कुल अफ मेनेजमेन्टका ११०, स्कुल अफ मेडिकल साइन्सेजका ६६१ र स्कुल अफ साइन्सका २५ जना विद्यार्थी दीक्षित भएका हुन् ।

यस्तै समारोहमा विश्वविद्यालयका आर्टस्, एजुकेसन, इञ्जिनियरिङ, मेनेजमेन्ट, मेडिकल साइन्सेन्स र साइन्स सङ्कायका पिएचडी तहका १४, डिएम तहका आठ, एमसीएच तहका १०, एमफिल तहका ६९, स्नातकोत्तर तहका ५१३, पिजीडी तहका चार र स्नातक तहका ५१९ जना दीक्षित हुनेछन् ।

दीक्षित हुनेमध्ये ५० दशमलव ९३ प्रतिशत छात्र र ४९ दशमलव ०७ प्रतिशत छात्रा छन् । दीक्षित हुने विदेशी विद्यार्थी भुटान, भारत, श्रीलङ्का र माल्दिभ्स गरी चार देशका ११८ जना अर्थात् १० दशमलव ४५ प्रतिशत रहेको केयुले जनाएको छ ।

समारोहमा विश्वविद्यालयका सर्वोत्कृष्ट विद्यार्थीलाई प्रधानमन्त्री ओली र कारले संयुक्त रुपमा स्वर्णपदक प्रदान गर्नुभएको थियो । चान्सलर स्वर्णपदकमा स्नातकोत्तर तहमा सबभन्दा बढी सिजिपए प्राप्त गर्ने विद्यार्थी दयाराम सिंखडा, भाइस चान्सलर स्वर्णपदक स्नातक तहमा सबभन्दा बढी सिजिपिए प्राप्त गर्ने विद्यार्थी एजल सुजखु, जुद्धबहाुर श्रेष्ठ स्वर्णपदकबाट कृष्णबाबु भट्टराई, रणबहादुर शाह स्वर्णपदकबाट एमबिए तहमा सर्वोत्कृष्ट विद्यार्थी तरुण अग्रवाल, रमेशप्रसाद सिंह स्वर्णपदकबाट स्नातकोत्तर तह एमएस् अर्थोपेडिक्समा सबैभन्दा बढी अङ्क प्राप्त गर्ने सुयश तिमल्सिना, महेशनाथ पराजुली स्वर्णपदकबाट स्कुल अफ एजुकेसनअन्तर्गत दुईवर्षे स्नातकोत्तर तहमा सबैभन्दा बढी सिजिपिए प्राप्त गर्ने छात्रा युरिशा उपाध्याय र प्रेमराज पन्त स्वर्णपदकबाट स्नातक तह (स्कुल अफ म्यानेजमेन्ट)मा सबैभन्दा बढी सिाजपिए प्राप्त गर्ने विद्यार्थी एजल सुजखुलाई पदक प्रदान गरिएको हो ।

स्कुल अफ इञ्जिनियरिङअन्तर्गत ‘डाक्टर अफ फिलोसफी इन जियोम्याटिक्स् इञ्जिनियसिरङ’मा एक जना, स्कुल अफ मेनेजमेन्टअन्तर्गत ‘ब्याचलर अफ प्राफेसनल हस्पिटालिटी’मा २० जना र स्कुल अफ मेडिकल साइन्सेजअन्तर्गत ‘डाक्टर अफ मेडिसिन इन पल्मोनरी क्रिटिकल केयर एण्ड स्लिप मेडिशिन’मा एक जना, ‘एमएससी इन कम्युनिटी हेल्थ नर्सिङ’मा एक जना, ‘एमएससी इन साइक्र्याटिक नर्सिङ’मा दुई जना, ‘मास्टर्स अफ साइकोथेरापी इन मस्कुलोस्केलेटल साइकोथेरापी’मा पाँच जनालाई उपाधि प्रदान गरिएको केयुले जनाएको छ ।

समारोहमा कारले माउन्ट सिनाई समन्वय केन्द्र र सहकार्यको नेतृत्व गर्न पाउँदा आफु धेरै भाग्यशाली भएको बताउँदै नेपालको उद्देश्य चिकित्सा शिक्षालाई अगाडि बढाएर, उच्च–गुणस्तरको हेरचाह बढाएर तथा देशभित्र अनुसन्धान अवसरलाई बढावा दिएर नेपालका नागरिकको स्वास्थ्य सुधार गर्न लाग्ने प्रतिबद्धता व्यक्त गर्नुभएको थियो ।

विश्वविद्यालयका उपकुलपति प्रा डा अच्युत वाग्लेले समारोहमा उपस्थितलाई स्वागत गर्दै नेपाललागयत संसारकै उच्च शिक्षा यतिखेर परिवर्तनको अति महत्वपूर्ण र निर्णायक चौबाटोमा रहेकाले कक्षाकोठा, प्रयोगशाला र कार्यशालामा आधारित शिक्षण सिकाइमार्फत युवाको मस्तिष्कमा जानकारी, ज्ञान र सीपका रुपमा जुन बोझ बोकाइने पद्दति अन्त्यतिर दोहोरिरहेको बताउनुभयो ।

तिसौँ दीक्षान्त समारोहको दोस्रो चरणको कार्यक्रमसम्ममा गरी केयुबाट ४७ हजार ८ सय ३१ जना उत्तीर्ण भएका छन् । जसमध्ये पाँच हजार ६६० जना अर्थात् ११ दशमलव ८३ प्रतिशत विद्यार्थी विदेशी रहेको जनाइएको छ ।
–––

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
चाडपर्वले विविधताबीचको एकता, आपसी सम्मान र सामाजिक सद्भावलाई बलियो बनाउँदै आएको छ : गगन थापा बाढी प्रभावित १५ स्थानीय तहका जनप्रतिनिधिसँग प्रधानमन्त्री शाहको छलफल भोटेकोशी बाढीमा १,३९२ जनाको मृत्यु, ४,०८९ अझै बेपत्ता देशभर हरितालिका तीज मनाइँदै सोमबार सुनचाँदीको मूल्य घट्यो मलेसियाको FWCMS भित्र छिरेका २५० म्यानपावरको पूर्वस्वीकृति रोक्का, छानबिन सुरु ब्रिक्स समूह कसैको विरुद्धमा छैन : मोदी विपद्को पूर्वतयारी र प्रभावकारी व्यवस्थापन नहुँदा ठूलो मानवीय क्षति भयो : कुलमान घिसिङ महाधिवेशनको तयारीका लागि देउवा समूहले खटायो ७७ जिल्लामा प्रतिनिधि संविधान रक्षाका लागि सबै परिवर्तनकारी शक्ति एक हुनैपर्छ: माधव नेपाल भोटेकोशी बाढीले बगाएको गरगहनासहित एक जना पक्राउ नेपाली कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिको बैठक आइतबार बस्दै यूएईलाई हराउँदै नेपाल एसिया कपमा कम्युनिस्ट पार्टीहरू एकीकरण र सुदृढीकरण गर्दै नयाँ कार्यदिशामा अघि बढ्नुपर्छ : झलनाथ खनाल भोटेकोशी बाढीले १२ बैंकका १७ शाखामा क्षति भोटेकोशी बाढीमा मृतकको संख्या १ हजार ३८४ पुग्यो, ४ हजार ८९ अझै बेपत्ता युएईमा अलपत्र नेपालीको उद्धार गर्न मन्त्री महावीर पुनको आग्रह तीन दिनभित्र कृष्णभीर सडक खण्डमा यातायात सञ्चालन गर्ने तयारी धादिङको परेवाटार–मास्टार सडकमा एकतर्फी यातायात सञ्चालन प्रधानमन्त्री राहत कोषमा जम्मा भयो १३ अर्ब २३ करोड रुपैयाँ