२०८२, २३ चैत्र सोमबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काभ्रेपलान्चोक - KVP

झिगुखोलाले बगाएका गगनको शव सुनकोसी किनारमा फेला

२०८२, ११ श्रावण शनिबार १३:२५

काठमाडौँ | खोलाले बगाएर बेपत्ता भएका काभ्रेपलाञ्चोकको तेमाल गाउँपालिका–१ अमलटारीका गगनबहादुर भण्डारीको शव फेला परेको छ ।

शुक्रबार राति करिब ८ : ४५ बजे खेतमा पानी लगाइरहेका बेला आएको झिगुखोलाको बाढीले उनलाई बगाएको थियो । बेपत्ता भएपछि रातभर खोजी गरीएको थियो ।

 

स्थानीय बासिन्दा, प्रहरी र खोज तथा उद्धार टोलीले निरन्तर खोजी गर्दा आज बिहान ११ बजे उनको शव सुनकोसी नदीको किनारमा फेला परेको जिल्ला प्रहरी कार्यालय काभ्रेपलाञ्चोकका सूचना अधिकारी मिन घलेले जानकारी दिए ।

स्थानीयका अनुसार, शवको टाउकोमा सामान्य चोट लागेको र कानबाट रगत बगेको देखिएको छ । उनी सक्रिय कृषकका रूपमा परिचित थिए ।

जिल्ला प्रशासन कार्यालय काभ्रेले उनी बेपत्ता भएको एरियादेखि सुनकोसी नदीको किनारमा आसपास बसोबास गर्नेहरूलाई यसअघि समेत सूचना जारी गरी सतर्क रहन अपिल गर्दै आएको छ ।

 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
बारी जोत्ने क्रममा ट्याक्टर पल्टिँदा चालकको मृत्यु कुनै पनि सदस्यलाई दलगत सहभागिताका आधारमा भेदभाव हुने छैन: डिपी अर्याल ओली र लेखकको बन्दीप्रत्यक्षीकरणको रिटमाथिको सुनुवाइ सकियो नेप्से परिसूचक सोमबार ८३.३३ अङ्कले बढ्यो सामाजिक सुरक्षा पालना गर्न श्रम मन्त्रालयको आग्रह प्रतिनिधिसभाबाट तीनवटा अध्यादेश स्वीकृत राष्ट्रियसभामा आदिवासी जनजाति आयोगको प्रतिवेदन पेस राष्ट्रिय हितमा सहकार्य अनिवार्य छ: सांसद निशा डाँगी केपी शर्मा ओली र रमेश लेखकलाई बिनासर्त रिहा गरियोस् प्रतिनिधिसभा बैठक सुरु ओली र लेखकको बन्दी प्रत्यक्षीकरणको रिटमाथि सुनुवाइ सुरू ट्रम्पको चेतावनीपछि कच्चा तेलको मुल्य बढ्यो फेवाताल जग्गा प्रकरणमा ठगिँए, ठगी विरुद्ध कानुनी प्रक्रियामा अगाडि बढ्छु : गृहमन्त्री गुरुङ सुनचाँदीको मूल्य घट्यो श्रम स्वीकृति रोक्का र शुल्क कडाइको असर: वैदेशिक रोजगारको माग क्रमश खुम्चदै विदेश पठाउने भन्दै ७३ लाख ७० हजार ठगी गर्ने चार जना पक्राउ जिप दुर्घटना हुँदा १३ जना घाइते जुवातास खेलिरहेको अवस्थामा १९ जना पक्राउ स्वास्थ्यकर्मीलाई न्यूनतम पारिश्रमिक दिन मन्त्रालयको निर्देशन मतदाता नामावली भाेलिदेखि सङ्कलन गरिँदै