२०८२, २३ चैत्र सोमबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काभ्रेपलान्चोक - KVP

धुलिखेल–खावा सडकखण्डमा सुक्खा पहिरो खस्दा यातायात अवरुद्ध

२०८२, ५ भाद्र बिहीबार १२:०२

काठमाडौँ | अरनिको राजमार्गको धुलिखेल–खावा सडकखण्डमा सुक्खा पहिरो खस्दा यातायात अवरुद्ध भएको छ । धुलिखेल नगरपालिका–८, ठकुरीगाउँस्थित चन्दडाँडामा बिहीबार बिहान करिब १० बजे खसेको पहिरोका कारण सडक अवरुद्ध भएको जिल्ला प्रहरी कार्यालय काभ्रेले जनाएको छ ।

सडक अवरुद्ध हुँदा दुवैतर्फका सवारी साधन रोकिएका छन् भने यात्रुहरू बाटोमै अलपत्र परेका छन् । लामो दूरीका सार्वजनिक यातायातसमेत अड्किएका छन् । प्रहरी र स्थानीयवासीले सडक खुलाउन प्रयास गरिरहेका छन् । साथै, डोजर परिचालन गरेर पहिरो हटाउने तयारी भइरहेको भए पनि सुक्खा माटो र ढुंगाको ठूलो थुप्रो भएकाले सडक सुचारु हुन केही समय लाग्ने अनुमान गरिएको छ ।

यातायात अवरुद्ध हुँदा काठमाडौँ हुँदै दोलखा, सिन्धुपाल्चोक र तातोपानी नाका जाने तथा उपत्यका भित्रिने–निस्कने सवारी रोकिएका छन्, जसका कारण यात्रुहरू समस्यामा परेका छन् ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
बारी जोत्ने क्रममा ट्याक्टर पल्टिँदा चालकको मृत्यु कुनै पनि सदस्यलाई दलगत सहभागिताका आधारमा भेदभाव हुने छैन: डिपी अर्याल ओली र लेखकको बन्दीप्रत्यक्षीकरणको रिटमाथिको सुनुवाइ सकियो नेप्से परिसूचक सोमबार ८३.३३ अङ्कले बढ्यो सामाजिक सुरक्षा पालना गर्न श्रम मन्त्रालयको आग्रह प्रतिनिधिसभाबाट तीनवटा अध्यादेश स्वीकृत राष्ट्रियसभामा आदिवासी जनजाति आयोगको प्रतिवेदन पेस राष्ट्रिय हितमा सहकार्य अनिवार्य छ: सांसद निशा डाँगी केपी शर्मा ओली र रमेश लेखकलाई बिनासर्त रिहा गरियोस् प्रतिनिधिसभा बैठक सुरु ओली र लेखकको बन्दी प्रत्यक्षीकरणको रिटमाथि सुनुवाइ सुरू ट्रम्पको चेतावनीपछि कच्चा तेलको मुल्य बढ्यो फेवाताल जग्गा प्रकरणमा ठगिँए, ठगी विरुद्ध कानुनी प्रक्रियामा अगाडि बढ्छु : गृहमन्त्री गुरुङ सुनचाँदीको मूल्य घट्यो श्रम स्वीकृति रोक्का र शुल्क कडाइको असर: वैदेशिक रोजगारको माग क्रमश खुम्चदै विदेश पठाउने भन्दै ७३ लाख ७० हजार ठगी गर्ने चार जना पक्राउ जिप दुर्घटना हुँदा १३ जना घाइते जुवातास खेलिरहेको अवस्थामा १९ जना पक्राउ स्वास्थ्यकर्मीलाई न्यूनतम पारिश्रमिक दिन मन्त्रालयको निर्देशन मतदाता नामावली भाेलिदेखि सङ्कलन गरिँदै