२०८२, २३ चैत्र सोमबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काभ्रेपलान्चोक - KVP

तार्केश्वर घटना : श्रीमती र छोराछोरीको हत्यापछि श्रीमानले गरे आत्महत्या

२०७९, १६ श्रावण सोमबार १३:०१

साउन १६,  काठमाडौं | काठमाडौंको तार्केश्वर नगरपालिका–२ पदमसालमा एकै परिवारका चारजना मृत अवस्थामा फेला परेको विषयमा फरेन्सिक डा. गोपाल चौधरीसहितको टोली अनुसन्धानमा खटिएको छ । 

सोमबार बिहान एकतले घरमा गोरखाको भिमसेनथापा–६ अश्राङ स्थायी घर भई तार्केश्वर नगरपालिका–२ पदमसालमा बस्दै आएका ४१ वर्षीय दिनेश पाण्डे, उनकी ३९ वर्षीया श्रीमती सुनिता पाण्डे, १३ वर्षीया छोरी आशिका र ८ वर्षे छोरा आशिक मृत अवस्थामा फेला परेका थिए ।

सुनिताको शरीरका ७ भन्दा स्थानमा चक्कुको प्रहार गरेको देखिएको एक प्रहरी अधिकारीले जानकारी दिए । 

प्रहरी अनुसन्धानबाट पहिला श्रीमती र त्यसपछि दुई छोराछोरीको हत्या गरेर दिनेशले आत्महत्या गरेको खुलेको छ।   

स्थानीयवासीका अनुसार श्रीमान–श्रीमतीबीच पहिलेदेखि नै झगडा हुने गरेको थियो । विवादकै क्रममा श्रीमानले घर बेच्न खोजेपछि विवाद उग्र बनेको थियो । घर बेच्ने कुरा नमिलेपछि श्रीमतीलाई थाहै नदिइ दिनेशले घर बेच्न १० लाख बैना गरेको खुलेको छ । यस्तै सोही घर धितो राखेर बैंकबाट १८ लाख ऋण लिएको पनि खुलेको छ । 

विवादकै क्रममा माइती पक्षले छोरीलाई बेलायत पठाउने भनेर निर्णय गरेर भिसा पनि आइसकेको पाइएको छ।  बेलायत  जाने तयारी हुँदै गर्दा परिवार नै सखाप बन्न पुगेको छ । घरको कोठाभित्र श्रीमती भूइँमा र छोराछोरी खाटमा र श्रीमान पासो लगाएको अवस्थामा मृत फेला परेका प्रहरीले जनाएको छ । प्रहरीले घटनाको अनुसन्धानलाई  तीव्र बनाएको छ ।

काठमाडौं प्रहरी परिसरबाट प्रहरी उपरीक्षकसहितको टोली र काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयबाट प्रहरी अधिकृतसहितको अनुसन्धान टोली, प्रहरी बृत्त बालाजुबाट प्रहरी अधिकृतसहितको अनुसन्धानमा खटिएको छ  ।

साथै अनुसन्धानमा  त्रि.वि. शिक्षण अस्पतालबाट फोरेन्सिक डा. गोपाल चौधरी र डा. आयुष उपाध्यायसहितको टोली खटिएको प्रहरीले जानकारी दिएको छ । 

 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
बारी जोत्ने क्रममा ट्याक्टर पल्टिँदा चालकको मृत्यु कुनै पनि सदस्यलाई दलगत सहभागिताका आधारमा भेदभाव हुने छैन: डिपी अर्याल ओली र लेखकको बन्दीप्रत्यक्षीकरणको रिटमाथिको सुनुवाइ सकियो नेप्से परिसूचक सोमबार ८३.३३ अङ्कले बढ्यो सामाजिक सुरक्षा पालना गर्न श्रम मन्त्रालयको आग्रह प्रतिनिधिसभाबाट तीनवटा अध्यादेश स्वीकृत राष्ट्रियसभामा आदिवासी जनजाति आयोगको प्रतिवेदन पेस राष्ट्रिय हितमा सहकार्य अनिवार्य छ: सांसद निशा डाँगी केपी शर्मा ओली र रमेश लेखकलाई बिनासर्त रिहा गरियोस् प्रतिनिधिसभा बैठक सुरु ओली र लेखकको बन्दी प्रत्यक्षीकरणको रिटमाथि सुनुवाइ सुरू ट्रम्पको चेतावनीपछि कच्चा तेलको मुल्य बढ्यो फेवाताल जग्गा प्रकरणमा ठगिँए, ठगी विरुद्ध कानुनी प्रक्रियामा अगाडि बढ्छु : गृहमन्त्री गुरुङ सुनचाँदीको मूल्य घट्यो श्रम स्वीकृति रोक्का र शुल्क कडाइको असर: वैदेशिक रोजगारको माग क्रमश खुम्चदै विदेश पठाउने भन्दै ७३ लाख ७० हजार ठगी गर्ने चार जना पक्राउ जिप दुर्घटना हुँदा १३ जना घाइते जुवातास खेलिरहेको अवस्थामा १९ जना पक्राउ स्वास्थ्यकर्मीलाई न्यूनतम पारिश्रमिक दिन मन्त्रालयको निर्देशन मतदाता नामावली भाेलिदेखि सङ्कलन गरिँदै