२० मंसिर २०८२, शुक्रबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

कृषि गतिबिधी

‘किसान पलायन भए उद्योग व्यवसाय पनि सबल रहँदैन’

२६ बैशाख २०८२, शुक्रबार १५:१९

काठमाडौँ | किसान पलायन भए उद्योग व्यवसाय पनि सबल नरहने भन्दै सरोकार भएकाहरूले ध्यानाकर्षण गराएका छन् । केन्द्रीय दूध उत्पादक सहकारी सङ्घद्वारा आज यहाँ आयोजित दुग्धजन्य क्षेत्रमा देखिएका चुनौती, अवसर, समस्या र समाधानसम्बन्धी अनुशिक्षण कार्यक्रममा यसरी ध्यानाकर्षण गराइएको हो ।

कार्यक्रममा बागमती प्रदेशका सहकारी तथा गरिबी निवारणमन्त्री मदुकुमार श्रेष्ठले कृषि र किसानको प्रोत्साहनका लागि उत्पादनलाई हेरेर अनुदानको व्यवस्था गरिने बताउनुभयो । “किसानको हितभन्दा बाहिर गएर सरकारबाट काम हुँदैन, बाहिरबाट आयात गर्नेभन्दा पनि देशभित्रै उत्पादन गरेर व्यवस्थापन गर्नेतर्फ ध्यान दिनुपर्नेछ । नीति तथा कार्यक्रम र बजेट आउने तयारीमा छ, जनताले महसुस गर्नेगरी योजना तय गर्नेछौँ”, उहाँले भन्नुभयो ।

मन्त्री श्रेष्ठले हाल सहकारी क्षेत्रमा देखिएका समस्या समाधानका लागि पहल भइरहेका भन्दै बचतकर्ताको रकम फिर्ताका लागि समन्वय भइरहेको बताउनुभयो । उहाँले सङ्घीयताको सबलीकरणका माध्यमबाट तीनै तहका सरकारले ध्यान दिनुपर्ने र चालुभन्दा पुँजीगत खर्चलाई बढवा दिँदै जनअपेक्षा सम्बोधनमा लाग्नुपर्ने आवश्यकता औँल्याउनुभयो ।

गोदावरी नगरपालिका प्रमुख गजेन्द्र महर्जनले दूध उत्पादन तथा प्रशोधनमा काम गर्ने सहकारीहरूले नगरभित्र कुनै पनि समस्या भोग्नुनपर्ने बताउनुभयो । “हाल सबैभन्दा बढी पिल्सिएको वर्ग भनेको किसान नै हो । तरकारी, दुग्धजन्य क्षेत्रमा पनि त्यही समस्या छ, किसानले समयमा भुक्तानी नपाइरहेको गुनासो छ । दूध उत्पादन गर्ने सहकारीलाई हरतरहले सहयोग गर्छौं,” उहाँले भन्नुभयो । महर्जनले विदेशमा उत्पादित चिसो पेयपदार्थभन्दा स्थानीय दुग्धजन्य उत्पादनलाई प्राथमिकता दिनुपर्नेमा जोड दिनुभयो ।

बागमती प्रदेश सहकारी विकास बोर्डका कार्यकारी उपाध्यक्ष पदमानारायण देवकोटाले किसानको पैसा नदिने उद्योगीले आफ्नो स्टक देखाएर भुक्तानी रोक्ने कार्य उचित नभएको बताउनुभयो । किसानबाट दूध सङ्कलन गरेका उद्योगीले छ महिनासम्म भुक्तानी रोेकेर राख्दा किसानले आन्दोलनमा जानुपर्ने अवस्था आउने उहाँको भनाइ थियो ।

राष्ट्रिय दुग्ध विकास बोर्डका कार्यकारी निर्देशक राजेन्द्र यादवले किसान, उपभोक्ता, सहकारी संस्था र उद्योगीबीच सहकार्य गरी १५÷१५ दिनमा भुक्तानी दिनसक्ने गरी अगाडि बढ्नुपर्ने बताउनुभयो । गोदावरी–३ का अध्यक्ष सानुराज घिमिरे (राज), काभ्रे जिल्ला दुग्ध उत्पादन सहकारी सङ्घका अध्यक्ष नारायण बडाल, डेरी उद्योग सङ्घका अध्यक्ष राजकुमार दाहाल, नेपाल डेरी एसोसिएसनका उपाध्यक्ष दीपप्रसाद धमलाले कृषि उत्पादनमा नेपालको भविष्य भए पनि दुग्धजन्य पदार्थ, फलफूल र तरकारीको क्षेत्रमा सम्बन्धित निकायले प्रभावकारी नीतिगत व्यवस्था गरेर कार्यान्वयनमा ल्याउनुपर्नेमा जोड दिनुभयो ।

केन्द्रीय दुग्ध उत्पादक सहकारी सङ्घका अध्यक्ष अमरबहादुर कुँवरले किसानले आफूले उत्पादन गरेको दूध बिक्री गरेर पनि पैसा पाउन अनुनय विनय गर्नुपर्ने अवस्था आएकामा चिन्ता व्यक्त गर्नुभयो । किसानलाई पीडा दिने यस्ता गतिविधि अन्त्य गर्न उहाँले हाग्रह गर्नुभयो ।

सङ्घका बरिष्ठ उपाध्यक्ष कृष्णप्रसाद सापकोटाले ललितपुरमा तीन लाख लिटरभन्दा बढीको बजार रहेको जानकारी गराउँदे निजी क्षेत्रबाट मात्र नभई दुग्ध विकास संस्थानबाट पनि कात्तिकदेखिको भुक्तानी पाउन बाँकी रहेको सुनाउनुभयो । यसमा आवश्यक सहजीकरणका लागि विभागीय मन्त्रीको ध्यानाकर्षण गराउनुभयो ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
एनपिएलः लुम्बिनीलाई एक सय ३३ रनको लक्ष्य गौरीघाट पुलमा सवारीसाधन रोक्न सिँढी निर्माण निर्वाचन आयोगका पदाधिकारीसहितको सर्वपक्षीय बैठक बालुवाटारमा सुरु सभापति देउवा र अध्यक्ष ओलीबीच भेटवार्ता एमालेको महाधिवेशनलाई एकताको महाधिवेशन बनाउनुपर्छ: उपाध्यक्ष थापा भेदभावमुक्त समाज निर्माणका लागि निरन्तर लागिरहनुपर्छः प्रधानमन्त्री कार्की भारतलाई इन्धन आपूर्ति जारी राख्ने पुटिनको आश्वासन एनपिएलः जनकपुर टस जितेर ब्याटिङमा प्रधानमन्त्री कार्कीसँग राजदूत तोरुको शिष्टाचार भेट एनपिएलः ‘प्लेअफ’को सम्भावनामा चार टिम, आजको खेल कति महत्वपूर्ण ? इन्डिगो उडान रद्द हुँदा भारतीय विमानस्थलमा अव्यवस्था अमेरिकी व्यापार दबाबपछि भारतले ब्याज दर घटायो सवारी चालक र सहचालकप्रति हेर्ने दृष्टिकोण सकारात्मक हुनुपर्छः मन्त्री गुप्ता मानसिक स्वास्थ्य सुधारका लागि मनोपरामर्शसँगै आध्यात्मिक जीवनशैली उपयोगी हुन्छः स्वास्थ्यमन्त्री गौतम विभिन्न संस्थान र निकायमा सरकारको नौ खर्ब ३० अर्ब लगानी दिल्लीमा मोदी–पुटिन भेट : रणनीतिक साझेदारीको नयाँ चरण प्रधानमन्त्री कार्कीको आह्वानमा आज सर्वपक्षीय बैठक बस्दै अस्ट्रेलियामा चार अर्ब ६० करोड डलरको एआई केन्द्र आज अन्तरराष्ट्रिय स्वयंसेवक दिवस, विश्व माटो दिवस पनि आजै समानुपातिक निर्वाचन प्रणालीतर्फ भाग लिने दलहरूलाई निवेदन दिन आह्वान