४ माघ २०८२, शनिबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

मकवानपुर - MKW

बसको ठक्करबाट काठमाडौँमा उपचार गरेर फर्कँदै गरेका पुरुषको निधन

२५ चैत्र २०८१, सोमबार १२:३२

सोमबार बिहान बसले ठक्कर दिँदा उदयपुरका एक पुरुषको मकवानपुरमा निधन भएको छ। बिहान २:३० बजे भएको दुर्घटनामा त्रियुगा नगरपालिका-२ मोथियाहीका ५८ वर्षीय जितबहादुर प्रधानको निधन भएको हो।

बागमती प्र ०१-००६ ख ६७१६ नम्बरको गाडीमा सवार प्रधान शौँच गर्न पूर्व-पश्चिम लोकमार्ग अन्तर्गत मकवानपुरको मनहरी गाउँपालिका ९ स्थित खरङ भन्ने ठाउँमा सडकमा निस्कँदा विपरीत दिशाबाट आएको बसले ठक्कर दिँदा गम्भीर घाइते भएका थिए। तत्काल उद्धार गरी उपचारार्थ हेटौँडा अस्पताल लगिएकोमा एक घण्टापछि उनको निधन भएको पारिवारिक स्रोतले जनाएको छ।काठमाडौँमा उपचार गरेर फर्कँदै गरेका बेला दुर्घटना भएको उनका आफन्तले जनाएका छन्।

मृतकको शव पोस्टमार्टमका लागि सोही अस्पतालमा राखिएको छ। ठक्कर दिने बस ना ८ ख १८०९ नम्बरका गाडीका चालक मोहन थापालाई नियन्त्रणलाई लिएर अनुसन्धान सुरु भएको मकवानपुर प्रहरीलाई उद्धृत गर्दै पारिवारिक स्रोतले जनाएको छ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
सनासो प्रहार गरी श्रीमतीको हत्या मानसिक सन्तुलन गुमाएका युवकद्वारा आमाको हत्या कांग्रेसलाई एकढिक्का बनाएर अगाडि लैजान्छौँः सभापति थापा छतबाट खसेर वृद्धाको मृत्यु ग्रीनल्याण्ड राष्ट्रिय सुरक्षाका लागि महत्वपूर्ण : राष्ट्रपति ट्रम्प सामाजिक विकासका लागि ३३ वटा संस्थाहरूबाट प्रस्ताव पेस काठमाडौँका यी स्थानमा आज बिजुली कटौती हुने कांग्रेस केन्द्रीय समितिको बैठक बस्दै रवि लामिछानेको मुद्दा फिर्ता गर्नेे निर्णयमा बारको आपत्ति भूकम्पलगायत विपद्बाट हुनसक्ने क्षति न्यूनीकरण गर्न एकढिक्का भएर लाग्न गृहमन्त्रीको आह्वान केन्द्रीय कार्यसमितिको अधिकार मिचेर गरिएको भेलालाई आयोगले वैधता दिनेछैन– कार्यवाहक सभापति खड्का बैंक लुटपाटमा संलग्न सात जना पक्राउ चीन–क्यानाडा सम्बन्ध सुधारको सङ्केत मन्त्री चौलागाईंसँग जापानी राजदूतको भेटवार्ता निर्वाचन तोकिएकै समयमा हुन्छः संयोजक दाहाल लागूऔषध खैरो हेरोइन सहित एक जना पक्राउ गाजा शान्ति परिषद् गठन गर्ने ट्रम्पको घोषणा सुशासनको सुरुआत आफूबाटै हुनुपर्छः मन्त्री इङ्नाम युनलाई पाँच वर्ष कैद प्रधानमन्त्री कार्कीसँग घेदुङको प्रतिनिधिमण्डल भेट