२०८२, १ चैत्र आईतवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

मकवानपुर - MKW

बसको ठक्करबाट काठमाडौँमा उपचार गरेर फर्कँदै गरेका पुरुषको निधन

२०८१, २५ चैत्र सोमबार १२:३२

सोमबार बिहान बसले ठक्कर दिँदा उदयपुरका एक पुरुषको मकवानपुरमा निधन भएको छ। बिहान २:३० बजे भएको दुर्घटनामा त्रियुगा नगरपालिका-२ मोथियाहीका ५८ वर्षीय जितबहादुर प्रधानको निधन भएको हो।

बागमती प्र ०१-००६ ख ६७१६ नम्बरको गाडीमा सवार प्रधान शौँच गर्न पूर्व-पश्चिम लोकमार्ग अन्तर्गत मकवानपुरको मनहरी गाउँपालिका ९ स्थित खरङ भन्ने ठाउँमा सडकमा निस्कँदा विपरीत दिशाबाट आएको बसले ठक्कर दिँदा गम्भीर घाइते भएका थिए। तत्काल उद्धार गरी उपचारार्थ हेटौँडा अस्पताल लगिएकोमा एक घण्टापछि उनको निधन भएको पारिवारिक स्रोतले जनाएको छ।काठमाडौँमा उपचार गरेर फर्कँदै गरेका बेला दुर्घटना भएको उनका आफन्तले जनाएका छन्।

मृतकको शव पोस्टमार्टमका लागि सोही अस्पतालमा राखिएको छ। ठक्कर दिने बस ना ८ ख १८०९ नम्बरका गाडीका चालक मोहन थापालाई नियन्त्रणलाई लिएर अनुसन्धान सुरु भएको मकवानपुर प्रहरीलाई उद्धृत गर्दै पारिवारिक स्रोतले जनाएको छ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
फागुनमा पाथीभरामा ३१ लाखभन्दा बढी भेटी सङ्कलन एमालेमा नेतृत्व परिवर्तन हुँदैन: महेश बस्नेत प्रतिनिधिसभा निर्वाचनमा ४.७ प्रतिशत मत बदर स्वदेश फर्कन चाहने नेपालीहरूलाई आवेदन दिन कतारस्थित दूतावासको अनुरोध श्रम संस्कृति पार्टीले टुंग्यायो चार जना समानुपातिक सांसदकाे नाम सभापति थापालाई ३० बढी नेताहरूले पदबाट राजीनामा नदिन आग्रह ग्याँस र इन्धनको कृतिम अभाव सिर्जना गर्ने तथा कालोबजारी गर्नेमाथि महानगरपालिकाको निगरानी एमालेको सचिवालय बैठक जारी इनिशा बिक हत्या प्रकरणमा दोषीलाई कारबाहीको माग गर्दै विरोध प्रदर्शन मध्यपूर्वको द्वन्द्वप्रति सरकार गम्भीर छ : परराष्ट्रमन्त्री शर्मा कांग्रेसले केन्द्रीय कार्यसम्पादन समितिको बैठक बोलायो भैरहवामा ग्यासको अभाव हुँदा उपभोक्ता मारमा रास्वपाको सचिवालय बैठक सर्यो निर्वाचन समीक्षा र समानुपातिक सांसदको टुंगो लगाउन एमाले सचिवालय बैठक बस्दै साउदीमा इरानको भीषण आक्रमण, पाँच अमेरिकी विमान क्षतिग्रस्त कांग्रेस उठ्नेछ, जित्नेछ र देशलाई फेरि नेतृत्व गर्नेछ: देवराज चालिसे ज्ञानेन्द्र शाहीको चुनावी खर्च विवरण सार्वजनिक, खर्च २० लाख ५५ हजार इरानी नागरिकलाई आगमन भिसा नदिने गृह मन्त्रालयको निर्णय ऋषि धमलाको चुनावी खर्च विवरण सार्वजनिक, १२ लाख ६५ हजार खर्च कम्बोडियाबाट २१ नेपालीको उद्धार