२०८२, १ चैत्र आईतवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

बागमती प्रदेश

१० किलो अवैध गाँजासहित २ महिला पक्राउ

२०८२, २७ जेष्ठ सोमबार १७:३४

काठमाडौँ । मकवानपुरमा १० किलो अवैध लागुऔषध गाँजासहित दुई महिला पक्राउ परेका छन्। सोमबार बिहान ११ बजेतिरको समयमा हेटौँडा १५ स्थित प्रहरी चौकी रातोमाटेबाट खटिएको प्रहरी टोलीले गाँजासहित उनीहरूलाई पक्राउ गरेको हो।

नियमित चेकजाँचको क्रममा हेटौँडाबाट वीरगञ्जतर्फ गइरहेको बा ३ ख ८३९४ नम्बरको यात्रुवाहक बस रोकेर जाँच गर्दा १० किलो ४० ग्राम गाँजा बरामद गरिएको मकवानपुर प्रहरीले जनाएको छ।

बसमा सवार मकवानपुर कैलाश गाउँपालिका–२ की ४० वर्षीया फुलमाया स्याङ्वो र ३० वर्षीया निर्मला मोक्तानलाई शंका लागेर प्रहरीले तलासी गरेको र उनीहरूको साथमा रहेको झोलामा लुकाएर राखिएको गाँजा फेला परेपछि दुवै जनालाई नियन्त्रणमा लिइएको मकवानपुर प्रहरी प्रवक्ता प्रहरी नायव उपरीक्षक डीएसपी श्यामु अर्यालले जानकारी दिए।

 

बरामद गरिएको गाँजासहित दुवै महिलामाथि अनुसन्धान प्रक्रिया अघि बढाइएको डीएसपी अर्यालको भनाइ छ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
फागुनमा पाथीभरामा ३१ लाखभन्दा बढी भेटी सङ्कलन एमालेमा नेतृत्व परिवर्तन हुँदैन: महेश बस्नेत प्रतिनिधिसभा निर्वाचनमा ४.७ प्रतिशत मत बदर स्वदेश फर्कन चाहने नेपालीहरूलाई आवेदन दिन कतारस्थित दूतावासको अनुरोध श्रम संस्कृति पार्टीले टुंग्यायो चार जना समानुपातिक सांसदकाे नाम सभापति थापालाई ३० बढी नेताहरूले पदबाट राजीनामा नदिन आग्रह ग्याँस र इन्धनको कृतिम अभाव सिर्जना गर्ने तथा कालोबजारी गर्नेमाथि महानगरपालिकाको निगरानी एमालेको सचिवालय बैठक जारी इनिशा बिक हत्या प्रकरणमा दोषीलाई कारबाहीको माग गर्दै विरोध प्रदर्शन मध्यपूर्वको द्वन्द्वप्रति सरकार गम्भीर छ : परराष्ट्रमन्त्री शर्मा कांग्रेसले केन्द्रीय कार्यसम्पादन समितिको बैठक बोलायो भैरहवामा ग्यासको अभाव हुँदा उपभोक्ता मारमा रास्वपाको सचिवालय बैठक सर्यो निर्वाचन समीक्षा र समानुपातिक सांसदको टुंगो लगाउन एमाले सचिवालय बैठक बस्दै साउदीमा इरानको भीषण आक्रमण, पाँच अमेरिकी विमान क्षतिग्रस्त कांग्रेस उठ्नेछ, जित्नेछ र देशलाई फेरि नेतृत्व गर्नेछ: देवराज चालिसे ज्ञानेन्द्र शाहीको चुनावी खर्च विवरण सार्वजनिक, खर्च २० लाख ५५ हजार इरानी नागरिकलाई आगमन भिसा नदिने गृह मन्त्रालयको निर्णय ऋषि धमलाको चुनावी खर्च विवरण सार्वजनिक, १२ लाख ६५ हजार खर्च कम्बोडियाबाट २१ नेपालीको उद्धार