२०८२, १६ फाल्गुन शनिबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

सिन्धुपाल्चोक - SDP

सिन्धुपाल्चोकमा ठुलो गौराती मेला शनिबारदेखि शुरु हुने

२०७४, १७ कार्तिक शुक्रबार ११:५९

राम केसी/कात्तिक १७, चौतारा । धार्मिक तथा पर्यटकीय दृष्टिले महत्त्वपूर्ण सिन्धुपाल्चोक जिल्लाको सबैभन्दा ठूलो मानिने गौराती भीमेश्वरको मेला शनिबारदेखि शुरु हुने भएको छ । 

प्रत्येक कात्तिक पूर्णिमाको दिनदेखि शुरु भई तीन दिनपछि सकिने सो मेला भर्न देशका विभिन्न जिल्लाबाट ठूलो संख्यामा भक्तजन आउने हुँदा यो जिल्लाकै ठूलो मेलाका रुपमा मानिएको हो । 

मेला अवधिभर मन्दिर आसपास मदिरा बिक्रीवितरण निषेध गरिएको छ । मेलामा हुलदंगा र अप्रिय घटना हुन नदिन भरपर्दो सुरक्षा व्यवस्था मिलाइएको प्रहरी प्रमुख प्रहरी उपरीक्षक मोहनप्रसाद पोखरेलले जानकारी दिनुभयो । 

सदरमुकाम चौताराबाट चार किमी उत्तरपश्चिममा पर्ने चौतारा साँगाचोकगढी नगरपालिका वडा नं ६ स्थित गौरातीडाँडामा अवस्थित भीमेश्वर मन्दिरसम्म पुग्न यातायातको समेत सुविधा छ ।

चौताराको पुरानो बजारस्थित गुठीघरबाट भीमसेनको मूर्तिलाई रथमा लगी पूर्णिमाको रात गौराती मन्दिरमा रहेको मूर्तिसँग मिलन गराएपछि एकादशीको दिन पुनःफर्काइन्छ । गुठीयारको घरघरमा समेत पूजा गर्ने चलन छ । त्यसपछि सिन्दुरे जात्रासहित द्वादशीको दिन मेला सम्पन्न गरिने परम्परा छ । गौराती भीमेश्वर मेलाकै अवसरमा सरकारी पूजासमेत हुने प्रचलन छ । 

किंवदन्तीअनुसार पौराणिक कालमा जंगल रहेको सो डाँडामा गोठालाले खर्क राखी गाई चराउने गर्थे । गाईले राति राति एउटा ढिस्कामा दूध चढाउने गरेको गोठालाले पत्ता लगाएपछि भोलिपल्ट खनेर हेर्दा रगत देखा पर्नाका साथै दिव्य मूर्ति प्रकट भई दैनिक पूजा गरे भलो हुने बताउँदै अन्तध्र्यान भएकाले सोही समयदेखि पूजाआजा गर्ने चलन चलेको हो । ‘गौ’ अर्थात् गाईले राति दूध चढाएका कारण गौराती र भूमि खनेर उत्पत्ति भएकाले भूमेश्वर हुँदै कालान्तरमा भीमेश्वर हुन गएको बताइन्छ । 

धर्मशास्त्रमा सो कुराको उल्लेख भए पनि ऐतिहासिक प्रमाणका रुपमा भने पीपलडाँडा निवासी दलबहादुर कुँवर नामक व्यक्तिले सो मन्दिरमा विसं १६४२ मा चढाएको ढलोटको घण्टाका आधारमा ४३२ वर्ष पहिलेदेखि पूजाआजा गरिँदै आएको स्पष्ट हुन आउँछ । 

मन्दिरलाई विभिन्न कालखण्डमा जीर्णोद्वार गरिँदै आए पनि विसं २०५३ मा पुनःनिर्माण गरी तत्कालीन राजा वीरेन्द्र र रानी ऐश्वर्यबाट स्तम्भ स्मृतिको अनावरण भएको थियो । समुद्री सतहबाट एक हजार ८२८ मिको उचाइमा रहेको मनोरम डाँडाबाट मनोरम दृष्य अवलोकनका साथै जुगल हिमशृङ्खलालाई नजिकबाट नियाल्न सकिन्छ । रासस


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
परिस्थितिलाई सम्हाल्ने तागत अहिले कांग्रेसका सभापति गगनकुमार थापासँग मात्रै छ: विश्वप्रकाश शर्मा ओलीद्वारा मध्यपूर्वमा पछिल्लो समय देखिएको तनावप्रति चिन्ता व्यक्त इजरायल–इरान यात्रा नगर्न सरकारको अनुरोध कांग्रेस सबै जातजातिको साझा पार्टी हो : गगनकुमार थापा इजरायलमा रहेका नेपालीलाई सतर्क रहन दूतावासको आग्रह निर्वाचन आचारसंहिता उल्लङ्घन गरेका आठ जनालाई कारबाही यूएई, बहरइन, कतार र कुवेतमा आक्रमण बीचमा थुप्रै उतारचढाव भए पनि अन्ततः सिंगै देश अहिले निर्वाचनमय भएको छ: प्रचण्ड चुनाव र होलीमा समेत बन्दी प्रत्यक्षीकरणका लागि सर्वोच्च खुला रहने अरुण नदीको बेलीब्रिज भाँचियो प्रविधिमैत्री बन्दै काठमाडौँ महानगरपालिकाका सामुदायिक विद्यालय निर्वाचन छल्न सिंगापुर उडे शेरबहादुर देउवा नेपाल राष्ट्र बैंकको स्वायत्तता कि राजनीतिक छाया ? जापानले ताइवान नजिकैको टापुमा सन् २०३१ सम्ममा मिसाइल तैनाथ गर्ने धादिङ बस दुर्घटनाको छानबिन गर्न सरकारले बनायो कार्यदल सावित्रा भण्डारीलाई गम्भीर चोट, एन्फाले बेवास्ता गर्दा समर्थकसँग मागिन सहयोग कसैले बुथ कक्जा गर्छु भन्छ भने कल्पना नगरे हुन्छ: ओली सामान्य अंकले घट्यो नेप्से बसभित्र च्यापिएका घाइतेको ५ घण्टापछि जीवितै उद्धार झुन्डिएको अवस्थामा एक किशोरी मृत फेला