2026-06-27 08:17 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

गण्डकी प्रदेश

गण्डक जलविद्युत्को उत्पादन सुरु

काठमाडौँ । पश्चिम नवलपरासीको गण्डक नहरमा दुई महिनापछि पानी आएको छ । नहरमा पानी आएपछि प्रतापपुर गाउँपालिका–७ गुठ्ठी सूर्यपुरास्थित गण्डक जलविद्युत् केन्द्रले बिहीबारदेखि विद्युत् उत्पादन सुरु गरेको हो ।
जलविद्युत् केन्द्रका प्रमुख पिताम्बर भुसालले मङ्गलबार बिहान नहरमा पानी छोडिएको बताउँदै प्राविधिक समस्याले बिहीबारदेखि उत्पादन सुरु गरिएको जानकारी दिनुभयो । उहाँका अनुसार अहिले नहरमा फोहर पानी आइरहेकाले तत्काल एउटा टर्वाइन सञ्चालन गरेर डेढ मेगावाटसम्म विद्युत् उत्पादन गरी राष्ट्रिय प्रसारण ग्रिडमा जोडिएको छ ।
भुसालले भन्नुभयो, “गत फागुन २६ गतेदेखि नहरमा पानी आउन बन्द भएको थियो । पानी नभएपछि सोहीबेलादेखि विद्युत् उत्पादन पनि बन्द भएको थियो ।” पूर्वी नवलपरासीको विनयी त्रिवेणी गाउँपालिकास्थित गण्डक ब्यारेजबाट नहरको पानी बन्द गरिएको थियो ।
नेपाल–भारत गण्डक सम्झौताअनुसार भारतले सन् १९७९ मा निर्माण गरेको जलविद्युत् केन्द्र ३१ अगस्त १९८१ मा नेपाललाई हस्तान्तरण गरेको थियो । करिब ४४ वर्ष पुरानो गण्डक जलविद्युत्मा नहरमा पानी छोड्ने र बन्द गर्ने अधिकांश भारतीय पक्षले गर्दै आएका प्रमुख भुसालले जानकारी दिनुभयो ।
उहाँका अनुसार भारतको उत्तर प्रदेश गोरखपुरस्थित गोरखपुर सिँचाइ विभागले उक्त विद्युत् केन्द्रको नहरमा सरसफाइ तथा मर्मतको नाममा प्रत्येक वर्ष पानीलाई बन्द गर्दै आएको छ । गण्डक जलविद्युत् केन्द्रको १५ मेगावाट विद्युत् उत्पदान क्षमता भए पनि उत्पादन गर्न सकेको छैन ।
पुरानो उपकरण र एउटा टर्वाइन बिग्रिएकाले केन्द्रबाट अहिले चार दशमलव पाँच मेगावाटसम्म विद्युत् उत्पादन गर्ने गरेको प्रमुख भुसालले उल्लेख गर्नुभयो । “तीनवटा टर्वाइन भए पनि दुईवटाले मात्र विद्युत् उत्पादन गर्छ, एउटा टर्वाइन बिग्रेर थन्केको छ”, उहाँले भन्नुभयो ।
गण्डक जलविद्युत् केन्द्रमा रहेका उपकरणहरू पुरानो प्रविधिअनुसार रहेकाले परिर्वतन र सुधार गर्नुपर्ने देखिएको प्रमुख भुसालले बताउनुभयो । उहाँका अनुसार अहिले नेपालले भारतको विहार राज्यको रामनगरबाट विद्युत् आयात गरिरहेको छ । “पानीको मात्रा पूरा भएपछि हामीले यहाँबाट विद्युत् निर्यात गर्न सक्ने छौँ”, उहाँले भन्नुभयो ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
एमालेका उपाध्यक्ष विष्णुप्रसाद पौडेलको रिटमाथिको सुनुवाइ असार १६ गते हुने वैदेशिक रोजगारीमा पठाइदिन्छु भन्दै ठगी गर्ने ४ जना पक्राउ सिंहदरबारमा मन्त्रिपरिषद् बैठक जारी रास्वपाको पदाधिकारी निर्वाचन अन्तर्गत मतदान जारी प्रतिनिधि सभा बैठक फेरि सूचना टाँसेर स्थगित सुनको मूल्य बढ्दा चाँदीको घट्यो ट्राफिक कारबाहीमा एकैदिन २० लाख ७९ हजार राजस्व सङ्कलन राष्ट्रपतिद्वारा विधेयक प्रमाणीकरण परीक्षाको नतिजा सार्वजनिक गर्न कुनै हतार गरिएको छैन : शिक्षामन्त्री पोखरेल बारीमा उम्रिएको च्याउ खाँदा एकै परिवारका ६ जना बिरामी विष्णु पौडेललाई थुनामा राख्नुको कारण पेश गर्न आदेश १६ वर्षीया बालिका बलात्कार गरेको आरोपमा एक जना पक्राउ रास्वपाको केन्द्रीय सदस्य निर्वाचनमा २ हजार ९५९ मत खस्यो १२ कक्षाको नतिजाप्रति असन्तुष्टि जनाउँदै विद्यार्थीहरूको विरोध प्रदर्शन पार्टी थप बलियो, एकीकृत र अझ जिम्मेवार भएर अगाडि बढ्छ भन्नेमा कुनै शङ्का छैन: सञ्चारमन्त्री तिमिल्सिना भक्तपुरमा देखियो ‘बर्डफ्लू’, ४८ हजार कुखुरा नष्ट सुनचाँदीको मूल्यमा भारी गिरावट अबदेखि ड्युटीमा खटिएका ट्राफिक प्रहरीले सेवाग्राही तथा चालक, सहचालकसँग हात मिलाउन नपाउने अमेरिकी डलर र सुनचाँदी सहित एक जना भारतीय नागरिक पक्राउ रास्वपाको केन्द्रीय सदस्यका लागि ३८४ जनाले दिए उम्मेदवारी