३ माघ २०८२, शुक्रबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

गण्डकी प्रदेश

‘खेल पर्यटनलाई अगाडि बढाउने गण्डकी प्रदेश सरकारको नीति’

२७ जेष्ठ २०८२, सोमबार १६:०९

काठमाडौँ । गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले खेल पर्यटनलाई अगाडि बढाउने गण्डकी प्रदेश सरकारको नीति रहेको बताउनुभएको छ ।

गोरखा सदरमुकाममा आजदेखि सुरु भएको गण्डकी प्रदेशस्तरीय राष्ट्रपति रनिङशिल्ड प्रतियोगिताको उद्घाटन गर्दै मुख्यमन्त्री पाण्डेले प्रदेश सरकारले खेलकुद क्षेत्रको विकासका लागि सक्दो पहल र प्रयत्न गरिरहेको बताउनुभयो । खेल क्षेत्रको विकास गर्न सानाठूला सबै प्रकारका खेलकुद प्रतियोगिताका लागि प्रदेश सरकारले सहयोग गर्दै आएको उहाँले बताउनुभयो ।

“सीमित स्रोतसाधनका कारण प्रदेश सरकारले धेरै गर्नसक्ने अवस्था छैन, तरपनि प्रदेश सरकारले खेलप्रतिको आफ्नो दायित्वलाई सम्झेर केही न केही गरिरहेको छ”, मुख्यमन्त्री पाण्डेले भन्नुभयो ।

गण्डकी प्रदेशबाट ओलम्पिक खेलमा सहभागी भएका खेलाडीलाई मासिक भत्ताको व्यवस्था गर्दै आएको सो अवसरमा मुख्यमन्त्री पाण्डेले जानकारी दिनुभयो । पछिल्लो समय खेल क्षेत्रबाट नै आफूलाई अगाडि बढाउन चाहे पहिला जस्तो खेलाडी भोकै बस्नुपर्ने अवस्था अहिले नरहेको उहाँको भनाइ थियो ।

मुख्यमन्त्री पाण्डेले खेलाडीलाई खेल अवधिभरका लागि प्रदेश सरकारले बीमासहित प्रोत्साहन भत्ता र रेफ्रीका लागि स्थायी बीमाको व्यवस्था गरेको जानकारी दिनुभयो । प्रदेशले पोखरा आसपासमा अन्तराष्ट्रियस्तरको क्रिकेट मैदान बनाउने तयारी गरे पनि जग्गा उपलब्ध हुन नसकेको मुख्यमन्त्री पाण्डेले बताउनुभयो ।

“खेलकुद मैदान निर्माण गर्न प्रदेश सरकारको तर्फबाट लगानी गरिएको छ, हाम्रो लगानीमा निर्माण भइरहेको मुस्ताङको हाइ अल्टिच्युट खेल मैदानलाई अहिले सङ्घीय सरकारले पनि अपनत्व लिने प्रयत्न गरेको छ”, मुख्यमन्त्री पाण्डेले भन्नुभयो ।

प्रतियोगिता उद्घाटन कार्यक्रममा नेपाली काग्रेस गण्डकी प्रदेश संसदीय दलका प्रमुख सचेतक नन्दप्रसाद न्यौपाने, प्रदेशसभा सदस्य सुशीला सिंखडा, गोरखा जिल्ला समन्वय समितिका प्रमुख मोहनबहादुर थापामगर, गोरखा नगरपालिकाका नगरप्रमुख कृष्णबहादुर रानामगरलगायतको सहभागिता रहेको थियो ।
–––

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
धरान उपमहानगर प्रमुख राई सम्मानित ‘भाषा, लिपी, कला र संस्कृतिको संरक्षणमा सहकार्य र समन्वय आवश्यक छ’ तनावबीच इरानमा हवाई क्षेत्र अस्थायी रूपमा बन्द शान्ति, सुशासन र विकासको जनआकाङ्क्षा पूरा गर्न निर्वाचन सफल पारौंः राष्ट्रपति कांग्रेस विशेष महाधिवेशनपछि नयाँ केन्द्रीय कार्यसमितिको बैठक अमेरिकाद्वारा ७५ देशका नागरिकका लागि आप्रवासी भिसामा अस्थाई रोक हप्तामा दश घण्टा भन्दा बढी भिडीयो गेम खेल्दा युवाको आहार र निद्रामा असर : अध्ययन नासाको पहिलो मेडिकल निकासीमा चार अन्तरिक्ष यात्री पृथ्वी फर्कँदै ठगी अभियोगमा पाँच जना पक्राउ राष्ट्रिय एकता कायम गर्नुपर्नेमा संयोजक दाहालको जोड ट्रक पल्टिँदा पाँचको मृत्यु,तीन जना घाइते सुनचाँदीको मूल्यमा सामान्य गिरावट कसैको शिर निहुरिन दिने छैन, कांग्रेसको शान राख्छुः नवनिर्वाचित सभापति थापा ‘सडकमा छाडिएको कुकुर अमेरिका पुग्यो’ बङ्गलादेशमा निर्वाचन अघि आगमन भिसा निशेध कांग्रेसका दुई महामन्त्री र सहमहामन्त्रीमाथि कारबाही नेप्से परिसूचकमा झिनो अङ्कको सुधार के–पपको तालमा जापान–दक्षिण कोरिया निकटता कांग्रेस केन्द्रीय कार्यसमिति बैठक सुरु गाजामा युद्धविरामपछि सय भन्दा बढी बालबालिकाको मृत्यु : युनिसेफ