2026-10-28 06:34 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

गण्डकी प्रदेश

छुआमाखोला बाढीले क्षतिग्रस्त कुलो तथा सडक मर्मत सुरु

2025-07-10
 उपल्लो मुस्ताङको लोमान्थाङ गाउँपालिकाले गत मगलबार साँझको भीषण बाढीले क्षति पु¥याएको कुलो तथा सडक लगायतकासंरचना मर्मत सुरुआत गरेको छ ।  बाढीले क्षतिग्रस्त स्थानमा त्यहाँका जनप्रतिनिधि, कर्मचारी र सुरक्षा निकायले बुधबार संयुक्त अनुगमन गरेका थिए । त्यसपछि आजदेखि त्यहाँ बाढीले क्षति पु-याएको सिँचाइ कुलो तथा अवरुद्ध शाखा सडक खुलाउन लोमान्थाङ गाउँपालिका जुटेको हो ।
उपल्लो मुस्ताङको लोमान्थाङ–४ सम्जुङ गाउँमाथिको लेंकबाट बग्ने छुआमा खोलाबाट अचानक लेदोसहितको भीषण बाढी आएपछि त्यहाँको सडक तथा पुलपुलेसा र सिँचाइ कुलो ध्वस्त भएको थियो । गाउँपालिका अध्यक्ष टसीनर्बु गुरुङले लोमान्थाङ –२ छोसेर र लोमान्थाङ–४ न्याम्डोक गाउँमा लेदोसहितको बाढीले किसानहरुको सिँचाइ कुलो ध्वस्त पारेको बताउनुभयो । बाढीले सिँचाइ कुलो ध्वस्त पारेपछि त्यहाँका किसानहरु निकै ठूलो समस्यामा परेको अध्यक्ष गुरुङको भनाइ छ । बाढीले लोमान्थाङ रिङरोड सडकअन्तर्गत आर्का –भार्सा जोड्ने सडक अवरुद्ध भएको बताउनुभयो ।
लोमान्थाङ गाउँपालिकाले त्यहाँ पु¥याएको क्षतिको अनुमगन तथा मूल्याङ्कन सुरु गरिसकेको छ । त्यहाँ गाउँपालिकाले गर्नसक्ने जति सबै काम तत्काल सुरु गर्ने गरी दुई वटा डोजर परिचालन गरिसकेको अध्यक्ष गुरुङको भनाइ छ ।
उपल्लो मुस्ताङमा वर्सेनि एक बाली मात्रै खेतबारी गर्ने प्रचलन छ । त्यहाँ उवा, फापर, तोरी र गहुँलगायतका वर्खेबाली लगाउने गरिएको छ । बाढीले त्यहाँको सिँचाइ कुलो लगायतमा क्षति पुगेपछि त्यहाँका किसानहरु निकै ठूलो समस्यामा परेको गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत विकास केसीले उल्लेख गर्नुभयो । त्यहाँ जतिसक्दो छिटोभन्दा छिटो बाढीले बिगारेको सिँचाइ कुलो मर्मत सम्भार गर्न र आर्का—भार्का जोड्ने सडक मर्मतका लागि दुई वटा डोजर फिल्डमा खटाइ सकेको उहाँले बताउनुभयो ।
‘‘गाउँपालिकाको आफ्नै एउटा डोजर छ, अर्को भाडामा लिएका छौँ”,  प्रशासकीय अधिकृत केसीले भन्नुभयो, “ईन्धन जोहो गर्दैछौँ, केही दिनभित्रै त्यहाँको क्षतिग्रस्त सिँचाइ कुलो मर्मत कार्य सम्पन्न गर्ने गरी अघि बढेका छौँ ।” गाउँपालिकाको विपद् व्यवस्थापन कोषमा ४० लाख बजेट रहेको र सोही बजेट त्यहाँ खर्च गरिने उहाँले बताउँनुभयो । मङ्गलबार साँझको छुआमा खोलाको बाढीले सात पुलमा क्षति पु¥याएको थियो ।
–––

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
गगन थापाको आग्रह: नेताहरूको भीआईपी संस्कृति अन्त्य गरौँ सुडानमा ड्रोन हमला: २१ जनाको मृत्यु, ४० भन्दा बढी घाइते मलेसियाको सूचीमा परेका २५ म्यानपावरमाथि विभागको छानबिन र अनुगमन सुरु ऊर्जामन्त्री श्रेष्ठ बैंकक प्रस्थान साउदी अरबको सुरक्षाका लागि बेलायतले खटाउने भयो टाइफून लडाकु विमान, यस्ता छन् विशेषता रास्वपा सभापति रवि लामिछाने पत्नीसहित भारत प्रस्थान, तीनदिने धार्मिक भ्रमण गर्ने लुम्बिनी विकास कोषमा आनी छोइङ डोल्माको नियुक्ति बदर गर्न माग गर्दै आन्दोलन जारी युरोपका ६ देशमा प्रदर्शन चर्कियो, फ्रान्समा १८ सय पक्राउ, इटालीमा विद्यालय कब्जा दसैँमा काठमाडौँ उपत्यकाभित्र सशस्त्र प्रहरीको निःशुल्क बस सेवा कांग्रेसका ३५ वर्ष मुनिका ७ युवा केन्द्रीय सदस्यमा निर्वाचित मलेसिया जाने श्रमिकसँग अतिरिक्त शुल्क असुलेको आरोपमा चार जना पक्राउ बाढीले बगाएको आरुघाट पुलको मर्मत सुरु, दसैँअघि सञ्चालन गर्ने लक्ष्य कर्णालीमा नुहाउने क्रममा १२ वर्षीया बालिका बेपत्ता रोजगारीको मूल्य काम गरेको समयले होइन, आम्दानीले निर्धारण गर्छ : ओली खगेन्द्र सुनारको अडिओ प्रकरणमा रास्वपाले गठन गर्‍यो छानबिन समिति संसद् आरोप–प्रत्यारोपमा केन्द्रित हुँदा जनसरोकारका मुद्दा कमजोर बने : खुश्बु ओली भदौमा मात्रै भित्रियो २ खर्ब २१ अर्ब रुपैयाँ रेमिट्यान्स पोखरामा मोटरसाइकलको ठक्करबाट पैदलयात्रीसहित दुई जनाको मृत्यु देउवा पक्षको महाधिवेशनमा केन्द्रीय नेतादेखि सांसदसम्म स्वतः प्रतिनिधि हुने व्यवस्था काठमाडौँको रानीपोखरीमा पुरुषको शव फेला