२१ मंसिर २०८२, शनिबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

कास्की - KSK

वायु प्रदूषणको कारण पोखरा अन्तर्राष्ट्रिय विमानस्थल उडान ठप्प

२६ चैत्र २०८१, मंगलवार ११:३४

काठमाडौँ | दैनिक ३२ उडान हुने पोखरा अन्तर्राष्ट्रिय विमानस्थलबाट सोमबार एउटा पनि उडान भएन । आइतबार मुस्किलले आधाआधी उडान भयो । यसबाहेक सामान्य समयमा पुरानो विमानस्थलमा १० वटा नियमित उडान हुन्छ भने दर्जनौँ पटक हेलिकोप्टर उडान हुन्छ ।

मंगलबारको सेड्युल पनि ठप्प छ । छेन्दुबाट पोखरामा हुने सिचुआन एयरलाइन्सको चार्टर उडान बुधबारका लागि सरेको छ । बुधबार पनि उडान हुने ग्यारेन्टी छैन । मौसम खराबीका कारण विमानस्थलको तालिका बिग्रिएको हो ।`मौसम खराब छ । भिजिबिलिटी नै छैन,´ विमानस्थलका प्रबन्धक योगेन्द्र कुँवरले भने, `आज पनि फ्लाइट सेड्युल ठप्प छ ।´ आजभोलि बिहानको फ्लाइट लगभग स्थगित भएका छन् । जसले गर्दा यात्रुहरू दिनभरि विमानस्थल कुरेर फर्किन बाध्य छन् । पोखरामा विमान सुरक्षित उडानका लागि २७ सय र अवतरणका लागि सामान्यतः ३ हजार मिटर भन्दा बढी भिजिबिलिटी आवश्यक पर्छ । तर, हाल दिनभर बाक्लो तुवाँलोले गर्दा भिजिबिलिटी २ हजार भन्दा कम हुन थालेको छ । विमानस्थलका अनुसार कहिलेकाहीँ १ किलोमिटर भन्दा पनि कम हुन्छ ।

`उडान नहुनुको एक मात्र कारण भिजिबिलिटी हो । केही दिनयता पोखराको भिजिबिलिटी हजार-बाह्र सय मिटर छ,´ उनले भनिन्, `यति कम भिजिबिलिटीमा उडाउन सकिँदैन ।´ उनका अनुसार केही दिन यता पोखराको आकाशमा धुवाँ र धुलोको मात्रा अत्यधिक देखिएको छ ।अहिले पोखराको वायु गुणस्तर सूचकाङ्क रेड जोनमा पुगेको छ । मंगलबार बिहानैदेखि एक्यूआई १५० भन्दा माथि छ । यो चिन्ताजनक तथ्यांक हो । एक्यूआई ५० सम्म हुनु राम्रो मानिन्छ । ५० देखि १ सयसम्मलाई मध्यम मानिन्छ । एक्वुआई १ सय ५० सम्म पुग्दा संवेदनशील ठानिन्छ भने २०० सम्म पुगे अस्वस्थ हुन्छ । एक्वुआई ३०० पुग्नु जोखिमपूर्ण हो भने त्यसभन्दा माथि पुगेपछि घातक हुन्छ ।

प्रदूषणले घातक हद छुँदासम्म सरकार चुपचाप बसेकोमा डा. अनुप सुवेदीको चिन्ता छ । `यस्तो स्वास्थ्यलाई घातक हुने हदसम्म प्रदूषण बढेर स्थिर रहिरहँदा पनि कुनै हतार, व्यग्रता छैन, ओ सरकार ! कति हाइसन्चो हँ ?,´ उनले भनेका छन्, `यो तहको वायु प्रदूषण इमर्जेन्सी मानिनुपर्ने हो है । केही कुरा त तुरुन्तै गरिहाल्नुपर्छ होला नि यस्तो बेलामा, कि पर्दैन ?´ प्रदूषण नियन्त्रणका लागि डढेलो नियन्त्रण, बढी धुवाँ निकाल्ने कारखाना केही समयलाई बन्द गर्नुपर्ने, जीवाश्म इन्धनका गाडीहरू जोर बिजोर गर्नुपर्ने लगायत सुझाव उनको छ ।

उनका अनुसार नेपालमा वायु प्रदूषणका कारण बर्सेनि ४८ हजार व्यक्तिको निधन हुन्छ । यो वर्षदेखि तथ्याङ्क अझै बढ्ने सुवेदीले बताए । वायु प्रदूषण नियन्त्रणका लागि बृहत् नागरिक आन्दोलनले विज्ञप्ति निकालेर ध्यानाकर्षण गराएको छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
अध्यक्ष ओलीद्वारा नवयुग ई-बुलेटिन शुभारम्भ धादिङको धुनिबेसीमा एकै ठाउँमा सात सवारी दुर्घटना एनपिएलः पोखरा सामू चितवनले दियो सामान्य लक्ष्य नेपाल आँखा अस्पतालद्वारा दूरदराजमा सेवा पुर्‍याउने प्रतिबद्धता अफगानिस्तान–पाकिस्तान सीमामा भएको झडपमा चार जनाको मृत्यु विज्ञानलाई अर्थतन्त्रसँग जोड्नुपर्छः मन्त्री पुन एनपिएलः चितवन र पोखराबीच प्रतिस्पर्धा इन्डोनेसियामा बाढी र वर्षाले हजारौँ प्रभावित, मृतक सङ्ख्या बढ्ने जोखिम टुकुचालाई सफा बनाउन डेढ करोड लिटर क्षमताको प्रशोधन केन्द्र बन्दै एनपिएलः अर्धशतककोे सङ्ख्या ३३ पुग्यो निर्वाचनलक्षित वाचापत्र तयार गर्दै रास्वपा निद्राजन्य विकारको चुनौतीसँग लड्न सचेतना जरुरी छः उपराष्ट्रपति यादव एनपिएलः सुदूरपश्चिमले दियो विराटनगरलाई १४८ रनको लक्ष्य यूक्रेन–अमेरिका वार्ताः शान्ति प्रक्रिया रूसको भूमिकामा केन्द्रित नागरिकको जीवनस्तर उठाउने विकास आजको आवश्यकता होः राष्ट्रपति एनपिएलः सुदूरपश्चिम रोयल्स र विराटनगर किंग्सबीच प्रतिस्पर्धा निर्वाचन आयोगद्वारा राजनीतिक दललाई २० बुँदे निर्देशन काठमाडौँका यी स्थानमा आज काटिदैछ बिजुली एनपिएल : आज दुई खेल हुँदै एनपिएलः लुम्बिनीलाई एक सय ३३ रनको लक्ष्य