२७ पुष २०८२, आईतवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

कास्की - KSK

पोखरा स्पोर्टस् अवार्डः चार विधामा मनोनयन सार्वजनिक

१७ बैशाख २०८२, बुधबार १५:५४

काठमाडौँ | नेपाल खेलकुद पत्रकार मञ्च गण्डकीले बर्सेनि आयोजना गर्दै आएको पोखरा स्पोर्टस अवार्डको नवौँ संस्करण यही वैशाख २६ गते पोखरामा हुँदैछ । मञ्चले आज अवार्डअन्तर्गत चार विधामा मनोनयन सार्वजनिक गरेको छ ।

वर्ष उत्कृष्ट खेलाडी महिलामा भलिबलका अरुणा शाही (म्याग्दी), फेन्सिङका कृपा गुरुङ (स्याङ्जा) र आइटिएफ तेक्वान्दोकी सुस्मिता थापा (बाग्लुङ) मनोनयनमा पर्नुभएको छ । यसैगरी वर्ष उत्कृष्ट खेलाडी पुरुषतर्फ भलिबलका विश्वास अधिकारी (नवलपुर), टेनिसका प्रदीप खड्का (कास्की) र फुटबलका सुमित श्रेष्ठ (कास्की) मनोनयनमा पर्नुभएको छ ।

उदीयमान खेलाडीतर्फ एथलेटिक्सका बादल कार्की (बाग्लुङ), भलिबलका जीतबहादुर सार्की (स्याङ्जा) र क्रिकेटमा रचना चौधरी (कास्की) तथा वर्ष उत्कृष्ट प्रशिक्षक विधामा टेनिसका निरज थापा (कास्की), रमेश केसी (स्याङ्जा) र फुटबलका राजेन्द्र तामाङ (कास्की) मनोनयनमा पर्नुभएको छ ।

अवार्ड कार्यक्रममार्फत वर्ष खेलाडी पुरुष, वर्ष खेलाडी महिला, वर्ष उत्कृष्ट प्रशिक्षक, वर्ष उदीयमान खेलाडी, लाइफटाइम अचिभमेन्ट अवार्ड, वर्ष उत्कृष्ट खेलकुद सङ्घसंस्था वा क्लब र वर्ष उत्कृष्ट खेल पत्रकारलाई अभिप्रेरित गर्ने उद्देश्यले बर्सेनि अवार्ड प्रदान गर्दै आइएको मञ्चका अध्यक्ष मानबहादुर घर्तीले बताउनुभयो ।

अवार्डको तयारीका लागि अध्यक्ष घर्ती संयोजक र राजाराम पौडेल सहसंयोजक रहेको मुल आयोजक समिति तथा विभिन्न १२ वटा उपसमितिका संयोजक समेत चयन गरेको छ ।

आर्थिक सङ्कलन उपसमिति संयोजकमा विमल तिवारी, प्रचारप्रसार उपसमिति संयोजकमा राजु गिरी, अन्तरराष्ट्रिय समन्वय उपसमिति संयोजक दीननाथ बराल, सङ्घसंस्था समन्वय उपसमिति संयोजकमा कृष्ण दवाडी र स्वयंसेवक परिचालन उपसमिति संयोजक प्रवीन मगर रहनुभएको छ ।

यसैगरी सांस्कृतिक कार्यक्रम उपसमिति संयोजक राजाराम पौडेल, स्वागत सत्कार उपसमिति संयोजक एकराज गिरी, फोटो तथा भिडियोग्राफी उपसमिति वसन्त सेर्पा, क्विक रेस्पोन्स उपसमिति संयोजकमा शशीकुमार पौडेल रहनुभएको छ ।

मञ्च व्यवस्थापन उपसमिति संयोजकमा सन्देश श्रेष्ठ, चिठीपत्र तथा निमन्त्रणा उपसमिति संयोजकमा कविता घर्ती मगर, मूल्याङ्कन तथा अनुगमन उपसमिति संयोजकमा रामकृष्ण ज्ञवाली रहेका मञ्चका महासचिव प्रशुराम आचार्य शर्माले जानकारी दिनुभयो । खेलाडी तथा खेल क्षेत्रमा क्रियाशीललाई ऊर्जा थप्न मञ्च गण्डकीले विसं २०७२ देखि हरेक वर्ष पोखरा स्पोर्टस् अवार्ड गर्दै आएको छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
निर्वाचनका लागि कर्णालीमा नौ हजार सात सयभन्दा बढी ‘म्यादी’ प्रहरीको माग आयल निगम प्रतिस्पर्धी बन्नुपर्नेमा मन्त्री सिन्हाको जोड निर्वाचनमैत्री वातावरण बनाउनमा अध्यक्ष ओलीको जोड ‘बालेन-रवि सहयात्राले निर्वाचन सुनिश्चित भएको छ’ ग्रिनल्याण्डसँग अमेरिकाले ‘सजिलो’ वा ‘कडा’ तरिका प्रयोग गर्नेछ : राष्ट्रपति ट्रम्प कठिन परिस्थितिमा पनि प्रहरी सुरक्षामा प्रतिबद्ध छः प्रहरी महानिरीक्षक कार्की चार खानी मजदुरको निस्सासिएर मृत्यु एमालेको दोस्रो केन्द्रीय कमिटी बैठक सुरु निर्वाचन सुरक्षामा कुनै ‘कम्प्रोमाइज’ हुँदैन, ढुक्क भएर निर्वाचनमा भाग लिनुहोस्ः सशस्त्र प्रहरी प्रवक्ता थापा इयू र भारत व्यापार सम्झौताको नजिक विशेष महाधिवेशन पक्षधरको आजको कार्यक्रम स्थगन नेपाल पत्रकार महासङ्घका पूर्वसभापति दाहालको निधन कम्पनीको कागजात दुरूपयोग गर्ने उप्रेती पक्राउ यस्तो छ आजका लागि तय भएको विदेशी मुद्राको विनिमयदर निर्वाचनमा सामाजिक सञ्जालबाट प्रवाह हुनसक्ने नकारात्मक सन्देशलाई रोकिने बारुदी सुरुङ तथा विस्फोटक पदार्थका विषयमा सरोकारवालासँग छलफल प्रधानमन्त्रीसँग निर्वाचन आयुक्तहरूको भेट : निर्वाचन आचारसंहिता माघ ३ गतेदेखि लागू हुने भेनेजुएलाका विपक्षी नेता मचाडोसँग आगामी हप्ता भेट्ने ट्रम्पको घोषणा कांग्रेसका झण्डाले सिँगारिए उपत्यकाका सडक दुबई उडेका युवक चार महिनापछि दिल्लीमा फेला