२०८२, ३० फाल्गुन शनिबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

मुख्य समाचार

माओवादी केन्द्रका अध्यक्ष दाहाल मुस्ताङमा

२०८२, २९ जेष्ठ बुधबार १६:५६

काठमाडौँ | नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ आज म्याग्दीको बेनी हुँदै मुस्ताङ आउनुभएको छ । माओवादी केन्द्रको ‘जनतासँग माओवादी जनजागरण’ अभियानका क्रममा अध्यक्ष दाहाल, महासचिव देव गुरुङलगायत नेता कार्यकर्ता सडकमार्ग हुँदै मुस्ताङ आउनुभएको हो ।

उहाँहरूलाई मुस्ताङका प्रमुख जिल्ला अधिकारी विष्णुप्रसाद भुसाल, माओवादी जिल्ला समन्वय समिति इञ्चार्ज धीरेन्द्र विक, जिल्लास्थित सुरक्षा निकाय प्रमुखलगायत स्थानीय प्रतिनिधिले म्याग्दी र मुस्ताङको सिमानाका घाँसामा स्वागत गर्नुभएको थियो ।

अध्यक्ष दाहालले आजै राष्ट्रिय गौरवको आयोजना बेनी–जोमसोम ७४ किमी सडकको स्थलगत अवलोकन गर्नुभएको छ । साथै माओवादी अध्यक्षसहित नेताहरूले लामो समयदेखि निर्माण अलपत्र परेको मुस्ताङको थासाङ गाउँपालिका–३ र ५ जोड्ने लेते–कुञ्जो मोटरेबल पुलको स्थलगत निरीक्षण गर्नुभएको माओवादी केन्द्रका जिल्ला समिति इञ्चार्ज विकले जानकारी दिनुभयो ।

अध्यक्ष दाहाललाई थासाङस्थित कुञ्जो ताक्लुङ क्षेत्रका बासिन्दाले पुल नबेकोप्रति गुनासो राख्दै निर्माणको पहल गर्न आग्रह गरेका उहाँले बताउनुभयो । सोही क्रममा अध्यक्ष दाहालले पुल निर्माणलाई प्राथमिकतामा राखेर आफू र पार्टीले अधिकतम पहल गर्ने बताउनुभयो ।

अध्यक्ष दाहाल, महासचिव गुरुङलगायत नेताहरूले गण्डकी प्रदेशको पहिलो धौलागिरि प्राविधिक शिक्षालयको अवलोकन एवं निरीक्षण गर्नुभएको शिक्षालयका प्रधानाध्यापक खड्गबहादुर सुब्बाले जानकारी दिनुभयो । उहाँहरूलाई शिक्षालयको विस्तृत जानकारी दिँदै प्रअ सुब्बाले कार्यक्रमको सहजीकरण गर्नुभएको थियो ।

अध्यक्ष दाहाल शिक्षालय प्रवेश गर्दा त्यहाँबाट देखिने धौलागिरि हिमाल र निलगिरि हिमालको दृष्यावलोकन गर्न पाउँदा हर्षित भएको प्रतिक्रिया दिनुभएको प्रअ सुब्बाले उल्लेख गर्नुभयो ।

आजै अध्यक्ष दाहाललाई थासाङ गाउँपालिकाको कोवाङ, टुकुचे र घरपझोङ गाउँपालिकाको मार्फा, स्याङलगायत गाउँमा विभिन्न सरकारी तथा गैरसरकारी संस्था र स्थानीय नागरिकले स्वागत गरेका छन् । उहाँले मुस्ताङको माफौस्थित शीतोष्ण बागवानी विकास केन्द्र मार्फाको बागवानी फार्मको अवलोकन गर्नुभयो ।

अध्यक्ष दाहाललाई माओवादी केन्द्रका मुस्ताङका जिल्ला इञ्चार्ज कपिल लामासहित जिल्ला नेता तथा कार्यकर्ताले स्वागत गर्नुभएको थियो । उहाँले आजै जिल्ला समन्वय समिति र पालिका समन्वय समितिलाई शपथग्रहण तथा पार्टी प्रशिक्षण गर्नुहुने इञ्चार्ज कपिल लामाले बताउनुभयो । उहाँका अनुसार अध्यक्ष दाहालले जिल्लास्थित पार्टी कार्यालयका प्रतिनिधिसँग छलफल गर्नुका साथै नागरिक संवाद गर्नुहुने कार्यक्रम छ ।

अध्यक्ष दाहालले बिहीबार नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) मुस्ताङको पार्टी कार्यालयको भवन शिलन्यास गर्ने कार्यक्रम रहेको माओवादी केन्द्रका गण्डकी प्रदेश सदस्य ङुटुक गुरुङले जानकारी दिनुभयो ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
भैरहवामा ग्यासको अभाव हुँदा उपभोक्ता मारमा रास्वपाको सचिवालय बैठक सर्यो निर्वाचन समीक्षा र समानुपातिक सांसदको टुंगो लगाउन एमाले सचिवालय बैठक बस्दै साउदीमा इरानको भीषण आक्रमण, पाँच अमेरिकी विमान क्षतिग्रस्त कांग्रेस उठ्नेछ, जित्नेछ र देशलाई फेरि नेतृत्व गर्नेछ: देवराज चालिसे ज्ञानेन्द्र शाहीको चुनावी खर्च विवरण सार्वजनिक, खर्च २० लाख ५५ हजार इरानी नागरिकलाई आगमन भिसा नदिने गृह मन्त्रालयको निर्णय ऋषि धमलाको चुनावी खर्च विवरण सार्वजनिक, १२ लाख ६५ हजार खर्च कम्बोडियाबाट २१ नेपालीको उद्धार राहदानी सेवा करिब ३ हप्तासम्म बन्द हुन सक्ने, असोजभित्र चाहिनेलाई चाँडो लिन विभागको आग्रह भारतबाट ग्यास आइरहेको छ, अनावश्यक ग्यास भण्डारण नगर्नू: आयल निगम त्रिशूली नदीको किनारमा एक महिलाको शव फेला आजदेखि आधा सिलिन्डर ग्यास बिक्री सुरु ओलीका पिता मोहनप्रसादको पशुपति आर्यघाटमा अन्त्येष्टि केपी शर्मा ओलीलाई परेको पितृशोकप्रति सभापति थापाद्वारा दुःख व्यक्त इनिशा विक हत्या प्रकरणको विरोधमा काठमाडौँमा विद्यार्थीले गरे प्रदर्शन बोक्सीको आरोप लगाउँदै दुर्व्यवहार गरेको अभियोगमा दुईजना महिला पक्राउ स्थानीयको अवरोधले काठमाडौँ उपत्यकाको फोहोर विसर्जन रोकियो प्रतिनिधिसभा र राष्ट्रिय सभाका बैठक कक्षहरू तयार हुन अझै २ महिना लाग्ने ट्रक र कन्टेनर ठोक्किँदा कन्टेनर चालकको मृत्यु