३ माघ २०८२, शुक्रबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

मुख्य समाचार

हिउँ चितुवा गुफा जाने बाटोमा पदमार्ग निर्माण

१९ असार २०८२, बिहीबार १४:०१
काठमाडौँ । घरपझोङ-५ ठिनी गाउँ नजिकै रहेको हिउँ चितुवा गुफा जाने बाटोमा गण्डकी प्रदेश सरकारले पदमार्ग निर्माण गरेको छ । प्रदेश सरकारद्वारा सूचिकृत मुस्ताङका १० पर्यटकीयस्थलमध्ये हिउँ चितुवा गुफा पनि एक रहेकाले यहाँ पुग्ने पदमार्ग निर्माण गरिएको हो ।
यहाँको दुर्लभ मानिएको यस गुफाको संरक्षण, संवर्द्धन र प्रवर्द्धन गर्ने उद्देश्यले प्रदेशको पर्यटन तथा उद्योग कार्यालयमार्फत विभिन्न भौतिक संरचना निर्माण सम्पन्न गरिएको जनाइएको छ ।
यहाँस्थित पर्यटन तथा उद्योग कार्यालयले चालु आर्थिक वर्षका लागि वार्षिक स्वीकृत कार्यक्रमअन्तर्गत विनियोजित रु २० लाखबाट गुफा संरक्षण तथा पदमार्गलगायत संरचना निर्माण गरिएको कार्यालयका प्रमुख प्रेम पौडेलले जानकारी दिनुभयो । उहाँका अनुसार गुफा जाने बाटोको प्रवेशद्वारबाट गुफासम्म करिब तीन सय मिटर उकालोमा रेलिङसहित सिँढी निर्माण गरिएको छ ।
गुफा संरक्षणका लागि गुफा नजिकको भिरालो सतहमा तारजाली (ग्याबिन) वाल लगाइएको पौडेलले उल्लेख गर्नुभयो । ठिनी गाउँ नजिकैको भिरालो पाखोमा अवस्थित यस गुफाको संरक्षण तथा पदमार्गसहित अन्य आवश्यक पूर्वाधार निर्माण स्थानीय उपभोक्ता समितिमार्फत सम्पन्न गरिएको उहाँले जानकारी दिनुभयो ।
यसका अतिरिक्त पर्यटन तथा उद्योग कार्यालयले यस गुफालाई पर्यटक गन्तव्यका रूपमा पहिचान झल्किने गरी पर्यटक आकर्षित गर्न प्रवेशद्वारमा हिउँ चितुवाको एकथान माउ र बच्चाको मूर्ति निर्माण गरेको प्रमुख पौडेलले उल्लेख गर्नुभयो । उहाँका अनुसार हिउँ चितुवाको मूर्ति वारागुङ-४ तिरीका स्थानीय कालीगढ कुङ्गा गुरुङले निर्माण गर्नुभएको हो ।
समुद्री सतहबाट दुई हजार ९०० मिटरको अग्लो भिरालो सतहमा अवस्थित ठिनी गाउँ नजिकैको हिउँ चितुवा गुफालाई स्थानीय थकाली भाषामा ‘थेक्कुम’ भन्ने गरिन्छ । “यस गुफामा प्रसिद्ध भिक्षु उर्गेन पाल्साङले ध्यानसाधना गरेको स्थानका रूपमा लिने गरिएको छ  सोही कारण अझै पनि यहाँ ध्यान गर्ने कोठा छन् । गुफाका लागि बाटो बनाउने क्रममा अन्य दुई गुफा पनि फेला परेका छन् । योसँगै यहाँ तीन वटा हिउँ चितुवा गुफा छन्”, प्रमुख पौडेलले भन्नुभयो ।
मुस्ताङको ठिनी गाउँमाथिको उच्चलेकमा दुर्लभ तथा लोपोन्मुख हिउँ चितुवासहित अन्य वन्यजन्तुको बाँसस्थान छ । हिउँ चितुवाको अध्ययन अनुसन्धानकर्ताका लागि यस गुफाको नाम हिउँ चितुवा घोषित गरिएको उहाँको भनाइ छ ।
मुस्ताङ सदरमुकाम जोमसोमबाट पूर्वतर्फ करिब दुुई किलोमिटर टाढा पर्ने पर्यटकीय तथा धार्मिकस्थल ढुम्बाताल, कुछप तेरङ्गा गुम्बा र घरपझोङ किल्ला जाने रिङरोड सडकमा पर्ने ठिनी हिउँ चितुवा गुफाको पर्यटन प्रवर्द्धन गर्न र यहाँ आउने पर्यटकको बसाइँ लम्ब्याउन पर्यटकीय पूर्वाधार निर्माण गरिएको जनमुक्ति युवा क्लबका पूर्वअध्यक्ष सञ्जय थकालीले जानकारी दिनुभयो ।
उहाँका अनुसार गुफाभित्र ढुङ्गामा कुँदिएका तिब्बतीय अभिलेख रहेका छन् । गुफामा सयौँ वर्षपहिले भिक्षुले ध्यान गरेकाले यहाँ लुङ्ता (ध्वजा)हरू राख्ने गरिएको छ । गुफा रहेको स्थानबाट मुस्ताङको कालीगण्डकी करिडोर, जोमसोम, स्याङ, मार्फा, ढुम्बाताल, ठिनी गाउँ, धौलागिरि र निलगिरि हिमाललगायत आसपासका पहाड र खेतीयोग्य भू–भाग मनमोहक देखिन्छन् ।
प्रदेश सरकारअन्तर्गत पर्यटन तथा उद्योग कार्यालयले चालु आर्थिक वर्ष मुस्ताङका विभिन्न धार्मिक तथा पर्यटकीय गन्तव्यको पूर्वाधार निर्माण तथा स्तरोन्नतिका लागि ११ वटा आयोजना कार्यान्वयनमा ल्याइएको जनाएको छ ।
कार्यालयका अनुसार प्रदेशका विभिन्न स्थानमा पर्यटकीय पदमार्ग, क्याम्पिङ साइड, ध्यानकेन्द्र, पद्यसम्भव मूर्ति स्थापन तथा पूर्वाधार निर्माण, साइक्लिङ पदमार्ग, गुम्बा मर्मत, झोङ गुफा प्राङ्गण मर्मत तथा सुधार, हिउँ चितुवा पदमार्ग र धार्मिकस्थलका माने छोर्तेनलगायत पर्यटकीय गन्तव्य निर्माण भइरहेका छन् ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
धरान उपमहानगर प्रमुख राई सम्मानित ‘भाषा, लिपी, कला र संस्कृतिको संरक्षणमा सहकार्य र समन्वय आवश्यक छ’ तनावबीच इरानमा हवाई क्षेत्र अस्थायी रूपमा बन्द शान्ति, सुशासन र विकासको जनआकाङ्क्षा पूरा गर्न निर्वाचन सफल पारौंः राष्ट्रपति कांग्रेस विशेष महाधिवेशनपछि नयाँ केन्द्रीय कार्यसमितिको बैठक अमेरिकाद्वारा ७५ देशका नागरिकका लागि आप्रवासी भिसामा अस्थाई रोक हप्तामा दश घण्टा भन्दा बढी भिडीयो गेम खेल्दा युवाको आहार र निद्रामा असर : अध्ययन नासाको पहिलो मेडिकल निकासीमा चार अन्तरिक्ष यात्री पृथ्वी फर्कँदै ठगी अभियोगमा पाँच जना पक्राउ राष्ट्रिय एकता कायम गर्नुपर्नेमा संयोजक दाहालको जोड ट्रक पल्टिँदा पाँचको मृत्यु,तीन जना घाइते सुनचाँदीको मूल्यमा सामान्य गिरावट कसैको शिर निहुरिन दिने छैन, कांग्रेसको शान राख्छुः नवनिर्वाचित सभापति थापा ‘सडकमा छाडिएको कुकुर अमेरिका पुग्यो’ बङ्गलादेशमा निर्वाचन अघि आगमन भिसा निशेध कांग्रेसका दुई महामन्त्री र सहमहामन्त्रीमाथि कारबाही नेप्से परिसूचकमा झिनो अङ्कको सुधार के–पपको तालमा जापान–दक्षिण कोरिया निकटता कांग्रेस केन्द्रीय कार्यसमिति बैठक सुरु गाजामा युद्धविरामपछि सय भन्दा बढी बालबालिकाको मृत्यु : युनिसेफ