२०८२, २३ चैत्र सोमबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

मुख्य समाचार

हिउँ चितुवा गुफा जाने बाटोमा पदमार्ग निर्माण

२०८२, १९ असार बिहीबार १४:०१
काठमाडौँ । घरपझोङ-५ ठिनी गाउँ नजिकै रहेको हिउँ चितुवा गुफा जाने बाटोमा गण्डकी प्रदेश सरकारले पदमार्ग निर्माण गरेको छ । प्रदेश सरकारद्वारा सूचिकृत मुस्ताङका १० पर्यटकीयस्थलमध्ये हिउँ चितुवा गुफा पनि एक रहेकाले यहाँ पुग्ने पदमार्ग निर्माण गरिएको हो ।
यहाँको दुर्लभ मानिएको यस गुफाको संरक्षण, संवर्द्धन र प्रवर्द्धन गर्ने उद्देश्यले प्रदेशको पर्यटन तथा उद्योग कार्यालयमार्फत विभिन्न भौतिक संरचना निर्माण सम्पन्न गरिएको जनाइएको छ ।
यहाँस्थित पर्यटन तथा उद्योग कार्यालयले चालु आर्थिक वर्षका लागि वार्षिक स्वीकृत कार्यक्रमअन्तर्गत विनियोजित रु २० लाखबाट गुफा संरक्षण तथा पदमार्गलगायत संरचना निर्माण गरिएको कार्यालयका प्रमुख प्रेम पौडेलले जानकारी दिनुभयो । उहाँका अनुसार गुफा जाने बाटोको प्रवेशद्वारबाट गुफासम्म करिब तीन सय मिटर उकालोमा रेलिङसहित सिँढी निर्माण गरिएको छ ।
गुफा संरक्षणका लागि गुफा नजिकको भिरालो सतहमा तारजाली (ग्याबिन) वाल लगाइएको पौडेलले उल्लेख गर्नुभयो । ठिनी गाउँ नजिकैको भिरालो पाखोमा अवस्थित यस गुफाको संरक्षण तथा पदमार्गसहित अन्य आवश्यक पूर्वाधार निर्माण स्थानीय उपभोक्ता समितिमार्फत सम्पन्न गरिएको उहाँले जानकारी दिनुभयो ।
यसका अतिरिक्त पर्यटन तथा उद्योग कार्यालयले यस गुफालाई पर्यटक गन्तव्यका रूपमा पहिचान झल्किने गरी पर्यटक आकर्षित गर्न प्रवेशद्वारमा हिउँ चितुवाको एकथान माउ र बच्चाको मूर्ति निर्माण गरेको प्रमुख पौडेलले उल्लेख गर्नुभयो । उहाँका अनुसार हिउँ चितुवाको मूर्ति वारागुङ-४ तिरीका स्थानीय कालीगढ कुङ्गा गुरुङले निर्माण गर्नुभएको हो ।
समुद्री सतहबाट दुई हजार ९०० मिटरको अग्लो भिरालो सतहमा अवस्थित ठिनी गाउँ नजिकैको हिउँ चितुवा गुफालाई स्थानीय थकाली भाषामा ‘थेक्कुम’ भन्ने गरिन्छ । “यस गुफामा प्रसिद्ध भिक्षु उर्गेन पाल्साङले ध्यानसाधना गरेको स्थानका रूपमा लिने गरिएको छ  सोही कारण अझै पनि यहाँ ध्यान गर्ने कोठा छन् । गुफाका लागि बाटो बनाउने क्रममा अन्य दुई गुफा पनि फेला परेका छन् । योसँगै यहाँ तीन वटा हिउँ चितुवा गुफा छन्”, प्रमुख पौडेलले भन्नुभयो ।
मुस्ताङको ठिनी गाउँमाथिको उच्चलेकमा दुर्लभ तथा लोपोन्मुख हिउँ चितुवासहित अन्य वन्यजन्तुको बाँसस्थान छ । हिउँ चितुवाको अध्ययन अनुसन्धानकर्ताका लागि यस गुफाको नाम हिउँ चितुवा घोषित गरिएको उहाँको भनाइ छ ।
मुस्ताङ सदरमुकाम जोमसोमबाट पूर्वतर्फ करिब दुुई किलोमिटर टाढा पर्ने पर्यटकीय तथा धार्मिकस्थल ढुम्बाताल, कुछप तेरङ्गा गुम्बा र घरपझोङ किल्ला जाने रिङरोड सडकमा पर्ने ठिनी हिउँ चितुवा गुफाको पर्यटन प्रवर्द्धन गर्न र यहाँ आउने पर्यटकको बसाइँ लम्ब्याउन पर्यटकीय पूर्वाधार निर्माण गरिएको जनमुक्ति युवा क्लबका पूर्वअध्यक्ष सञ्जय थकालीले जानकारी दिनुभयो ।
उहाँका अनुसार गुफाभित्र ढुङ्गामा कुँदिएका तिब्बतीय अभिलेख रहेका छन् । गुफामा सयौँ वर्षपहिले भिक्षुले ध्यान गरेकाले यहाँ लुङ्ता (ध्वजा)हरू राख्ने गरिएको छ । गुफा रहेको स्थानबाट मुस्ताङको कालीगण्डकी करिडोर, जोमसोम, स्याङ, मार्फा, ढुम्बाताल, ठिनी गाउँ, धौलागिरि र निलगिरि हिमाललगायत आसपासका पहाड र खेतीयोग्य भू–भाग मनमोहक देखिन्छन् ।
प्रदेश सरकारअन्तर्गत पर्यटन तथा उद्योग कार्यालयले चालु आर्थिक वर्ष मुस्ताङका विभिन्न धार्मिक तथा पर्यटकीय गन्तव्यको पूर्वाधार निर्माण तथा स्तरोन्नतिका लागि ११ वटा आयोजना कार्यान्वयनमा ल्याइएको जनाएको छ ।
कार्यालयका अनुसार प्रदेशका विभिन्न स्थानमा पर्यटकीय पदमार्ग, क्याम्पिङ साइड, ध्यानकेन्द्र, पद्यसम्भव मूर्ति स्थापन तथा पूर्वाधार निर्माण, साइक्लिङ पदमार्ग, गुम्बा मर्मत, झोङ गुफा प्राङ्गण मर्मत तथा सुधार, हिउँ चितुवा पदमार्ग र धार्मिकस्थलका माने छोर्तेनलगायत पर्यटकीय गन्तव्य निर्माण भइरहेका छन् ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
नेप्से परिसूचक सोमबार ८३.३३ अङ्कले बढ्यो सामाजिक सुरक्षा पालना गर्न श्रम मन्त्रालयको आग्रह प्रतिनिधिसभाबाट तीनवटा अध्यादेश स्वीकृत राष्ट्रियसभामा आदिवासी जनजाति आयोगको प्रतिवेदन पेस राष्ट्रिय हितमा सहकार्य अनिवार्य छ: सांसद निशा डाँगी केपी शर्मा ओली र रमेश लेखकलाई बिनासर्त रिहा गरियोस् प्रतिनिधिसभा बैठक सुरु ओली र लेखकको बन्दी प्रत्यक्षीकरणको रिटमाथि सुनुवाइ सुरू ट्रम्पको चेतावनीपछि कच्चा तेलको मुल्य बढ्यो फेवाताल जग्गा प्रकरणमा ठगिँए, ठगी विरुद्ध कानुनी प्रक्रियामा अगाडि बढ्छु : गृहमन्त्री गुरुङ सुनचाँदीको मूल्य घट्यो श्रम स्वीकृति रोक्का र शुल्क कडाइको असर: वैदेशिक रोजगारको माग क्रमश खुम्चदै विदेश पठाउने भन्दै ७३ लाख ७० हजार ठगी गर्ने चार जना पक्राउ जिप दुर्घटना हुँदा १३ जना घाइते जुवातास खेलिरहेको अवस्थामा १९ जना पक्राउ स्वास्थ्यकर्मीलाई न्यूनतम पारिश्रमिक दिन मन्त्रालयको निर्देशन मतदाता नामावली भाेलिदेखि सङ्कलन गरिँदै घरको तीन तला माथिबाट खस्दा एक बालिकाको मृत्यु प्रधानमन्त्री शाहलाई अष्ट्रेलियाली विदेशमन्त्रीको बधाई रवि लामिछाने र ज्ञानेन्द्र शाहीबिच भेटवार्ता