१ माघ २०८२, बुधबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

मुख्य समाचार

मुस्ताङको कोरला नाका पूर्ण रुपमा सञ्चालन

२३ भाद्र २०८२, सोमबार १३:०१

काठमाडौँ | उत्तरी चीनको स्वशासित क्षेत्र तिब्बतसँग सिमाना जोडिएको मुस्ताङको कोरला नाका पूर्ण सञ्चालनमा आएको छ । आर्थिक वर्ष २०८० कात्तिक २७ गते उपल्लो मुस्ताङका नागरिकलाई मात्रै बाह्रै महिना खुल्ला गरिएको यहाँको कोरला नाका आइतबारदेखि पूर्ण रुपमा सञ्चालनमा आएको मुस्ताङ भन्सार कार्यालयले जनाएको छ ।

यहाँको सो नाकालाई व्यापारिक मार्गका रुपमा विस्तार गर्न भन्सार विभागले विभागमा कार्यरत भन्सार अधिकृत रमेश खड्कालाई मुस्ताङ भन्सार कार्यालयको प्रमुखको रुपमा सरुवा गरेको छ । यसैगरी यहाँको भन्सार कार्यालयका लागि रसुवागढी नाकामा कार्यरत दुई नायब सुब्बा र एक कम्प्युटर अपरेटर गरी तीन जना जनशक्ति खटाइएको कार्यालय प्रमुख खड्काले बताउनुभयो । यहाँ साबिक एक जना कम्प्युटर अपरेटर रहेको र कार्यालयको मुख्य काम गर्ने पाँच जनशक्ति भन्सार जाँचका लागि तयारी अवस्थामा रहेको भन्सार प्रमुख खड्काको भनाइ छ । कार्यालयमा विभागले खटाएका सबै कर्मचारी आइतबारदेखि हाजिर भइसकेको उहाँले जनाउनुभयो ।

कोरला नाकाबाट चिनियाँ सामान आयात गर्न विभागले मुस्ताङ भन्सारलाई सक्रिय बनाउन थालेको छ । गत असारमा रसुवागढी नाका र साउनको पहिलो साता तातोपानी नाकामा बाढीपहिरोले चिनियाँ सामान नेपाल ढुवानीमा अवरोध सिर्जना भएपछि भन्सार विभागले यहाँको नाकालाई गतिशील बनाउने योजना अघि बढाएको हो । रसुवागढी नाका र तातोपानी नाकाको सडक अवरुद्ध छ । दुवै नाका बन्द भएपछि दसँै र तिहारजस्ता महत्वपूर्ण चाडपर्वका लागि चाहिने चिनियाँ सामान आयातमा समस्या परेपछि आयातकर्ता व्यापारीहरुले अर्थ मन्त्रालय र भन्सार विभागमा सामान ल्याउने वातावरण बनाइदिन अनुरोध गरेका थिए ।

सोही आयातकर्ता व्यापारीहरुको अनुरोधलाई मध्यनजर गर्दै विभागले यहाँको मुस्ताङस्थित नेपाल–चीन कोरला नाकालाई औपचापरिक रुपमा व्यापारिक मार्गका रुपमा सञ्चालनमा ल्याएको मुस्ताङ भन्सार कार्यालयका प्रमुख खड्काको भनाइ छ । रसुवागढी नाका र तातोपानी नाकामा बाढी पहिरोले समस्या आएपछि यहाँको कोरलानाका वैकल्पिक नाकाका रुपमा सञ्चालनमा ल्याउन खोजिएको भए पनि यहाँको नाकामा आयात निर्यातमा कुनै समस्या नपर्ने भन्सार कार्यालय प्रमुख खड्काले उल्लेख गर्नुभयो ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
के–पपको तालमा जापान–दक्षिण कोरिया निकटता कांग्रेस केन्द्रीय कार्यसमिति बैठक सुरु गाजामा युद्धविरामपछि सय भन्दा बढी बालबालिकाको मृत्यु : युनिसेफ काठमाडौँबाट चुनावी अभियान सुरु गर्दै एमाले चीनको व्यापार अधिशेष ऐतिहासिक उचाइमा ‘निर्वाचनलाई सफल बनाउनु हाम्रो दायित्व हो’ सुशासन र समृद्धिका लागि स्वजागरण कार्यक्रम पार्टीको एकता जोगाउन सभापति देउवा लचक इरानमा हिंसा बढ्दै, ट्रम्पद्वारा संयम अपनाउन आग्रह मोटरसाइकलको ठक्करबाट वृद्धाको मृत्यु, चालक घाइते सुनचाँदीको मुल्य उच्च विन्दुमा कांग्रेस विशेष महाधिवेशन : आज निर्वाचनको कार्यक्रम सुशासन कार्यान्वयन गर्न सानो प्रयास पनि पर्याप्त छ : सञ्चारमन्त्री खरेल लोकतन्त्रको आत्मा निर्वाचन : आयुक्त तुलाधर किसानको आक्रोश संसद्सम्म नेप्से परिसूचकमा सामान्य अङ्कको सुधार सावधान ! चुरोटभन्दा हानिकारक हुक्का इरानमा आंशिक छुट, मृतक सङ्ख्या ६४६ पुग्यो निर्वाचन समितिद्वारा निर्वाचन कार्यतालिका सार्वजनिक भरतपुरमा बृहत् चक्रपथ उद्घाटन